Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्सको अभियानलाई आत्मसाथ गरेर जानेछौं ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन २१६३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
लायन्सको अभियानलाई आत्मसाथ गरेर जानेछौं ः प्रमुख न्यौपाने

बिपशना शाक्य

किमाडोल (काभ्रे) । लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक ३२५ बि१ नेपालका डिष्ट्रिक गभर्नर लायन विश्वेश्वर आचार्यको लक्ष्यअनुसार मुलुकका १४ वटा गाउँहरुलाई नमूना गाउँ बनाउने अभियानका साथ सुरु गरिएको लायन्स उद्यमी नमूना गाउँ काभ्रेको शुक्रबार शुभारम्भ गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले लायन्स क्लबले शुभारम्भ गरेका उत्कृष्ट समाज रुपान्तरणका कार्यहरुलाई निरन्तर आत्मसाथ गरेर अगाडि लैजाने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा प्रमुख न्यौपानेले लायन्सको यो योगदानलाई खेर जान दिने छैनौं भन्ने प्रतिबद्धता जाहेर गर्दै कुन किसानको घरमा कति उत्पादन भयो भनेर अभिलेख राख्ने काम नगरपालिकाले राख्नेछ र सोही अनुसार सम्बन्धित किसानलाई सम्मान गर्दै उर्जाशील बनाउने कार्यमा नगरपालिका कटिबद्ध रहेको खुलासा गर्नुहुँदै कुनै पनि किसानलाई त्यस्ता कुनै किसिमका समस्या आइपरे नगरपालिकाको कृषि शाखा कार्यस्थलमा सघाउन तयार रहेको स्मरण गराउनुहुँदै संस्थागत ढंगबाट अगाडि बढ्दै जाने र लायन्सको यो साझेदारीलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनका लागि नगरपालिकाको तर्फबाट कुनै किसिमको कसुर बाँकी नराख्ने प्रमुख न्यौपानेले उद्घाटनका क्रममा प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
उक्त शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक गभर्नर लायन आचार्यले प्रत्येक बस्तीमा लायन्सको उपस्थिति गर्दै लायन्स पनि हाम्रो साथी हो भन्ने सन्देश प्रवाह गर्नकै लागि उद्यमी नमूना गाउँका रुपमा यो बस्तीलाई छनौट मात्र गरिएको छैन, व्यवहारिक रुपमा उपादयेता समेत प्रस्तुत गर्ने जमर्काे सहित आज नमूनाको रुपमा केही सामग्री लिएर आएका छौं । आशा छ, आगामी दिनमा अझ धेरै किसिमका जीवनोपयोगी सामग्री सहित बस्तीमा आइपुग्नेछौं र लायन्सको उद्देश्य भनेकै आत्मनिर्भरतर्फ अग्रसर बनाउने नै हो । जसको कारण समृद्ध परिवार, समृद्ध समाज हुँदै समृद्ध मुलुकको लागि यो अभियान कोसेढुंगा सावित हुनेमा आफूहरु आश्वस्त रहेको गभर्नर लायन आचार्यले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।
सम्बोधनकै क्रममा डिष्ट्रिक गभर्नर लायन आचार्यको थप कथन थियो– नेपाली जनहरुलाई उद्यमी बनाउने अभियानका साथ लायन्स तपाईंहरुको बस्तीमा आएको छ । यसलाई कसरी उपयोग गर्नुहुन्छ, त्यो तपाईंहरुमा निर्भर रहन्छ । सम्झनुस्, आज लायन्स काँचो माटोको रुपमा आएको छ । तपाईं कस्तो किसिमको भाँडा बनाउनुहुन्छ, त्यसैमा तपाईंको विवेक निर्भर हुन्छ । त्यसैले सुरुवाती दिनहरु त्यति सहज नहोलान् तर सकारात्मक सन्देश छोड्नेमा डिष्ट्रिक लायन्स प्रतिबद्ध छ । लायन्सको दिनको १ रुपैयाँको लगानीलाई आज हामीले यहाँहरु सामु ल्याएको छौं । यो कुनै विदेशी डलरको चलखेलबाट आएको होइन, नितान्त अपनत्व ग्रहण गर्दै १६ हजार लायन्सको योगदान लिएर यो बस्तीमा आएका छौं । जसले यहाँका ३० परिवारलाई राहत मिल्ने विश्वास डिष्ट्रिक लायन्सले लिएको गभर्नर लायन आचार्यले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।
डिष्ट्रिक क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाईंले कार्यक्रममा लायन्स लिन आएको होइन, दिन आएको हो । उपयोग कसरी गर्ने भन्ने यहाँका किसानहरुको व्यवहारमा निहित रहनेछ । लायन्स सदैव साझेदारी ढंगबाट अगाडि बढ्न तयार छ । गाउँ–गाउँमा लायन्सको उपस्थिति हुनुपर्छ भन्ने उद्देश्य सहित यो अभियान लिएर आएको लायन हुमागाईंले बताउनुभएको थियो ।
उक्त शुभारम्भ कार्यक्रममा डिष्ट्रिक चिफ एडभाइजर लायन राजेन्द्र कुमार बताजु, लायन पवन थापा, पशु विज्ञ मणिप्रसाद सापकोटा, कुशादेवी क्याम्पस चिफ शशीकुमार बोलखे, डा. अञ्जु बराल, डिष्ट्रिक चिफ प्रो. लायन उदय नेपाल, डिष्ट्रिक एडमिनिष्ट्रेटर लायन अरुण लामिछाने, लायन वेलफेयर बैंक चिफ लायन मिलन थापा, एसडिजि चिफ लायन आरबि अधिकारी, डिष्ट्रिक को–चिफ एडभाइजर लायन हरिप्रसाद मर्हत्ता, लायन निरा बज्राचार्य, लायन पार्वती खरेल पाण्डे, पाटीखोरिया कृषि सहकारी संस्था लि.का अध्यक्ष लक्ष्मण हुमागाईं, प्राज्ञ सोमप्रसाद हुमागाईं, वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी लगायतका वक्ताहरुले लायन्सले उठाएका र समाज रुपान्तरणमा खेलेका भूमिकाको बारेमा प्रशंसा सहित आ–आफ्ना प्रतिबद्धताहरु कार्यक्रममा राख्नुभएको थियो । कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन आचार्यले विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याए बापत विभिन्न किसिमका अन्तर्राष्ट्रिय पिनद्वारा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको थियो । यसरी सम्मानित हुनेमा लायन पार्वती खरेल, जोन चियर पर्सन लायन प्रकाश श्रेष्ठ, पशु विज्ञ मणिप्रसाद सापकोटा, लायन मधुसुदन गुरागाईं, लायन प्रल्हाद शर्मा हुमागाईं लगायत सम्मानित हुनुभएको छ ।
शुभारम्भ कार्यक्रममा विभिन्न जातको बिउबिजन, किटनाशक विषादी, फिल्टर, स्प्रे पम्प र हाते ट्याक्टर वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0