महेश थापा, वडा सभापति
पनौती नगरपालिका वडा नं. ४, नेपाली कांग्रेस
नेपाली कांग्रेसमा महेश थापा चर्चित र स्थापित अनुहारका रुपमा लिने गरिन्छ । सामाजिक रुपमा मुलुकमा आइपर्ने कुनै पनि दैविक प्रकोपमा आफूलाई अग्रपंक्तिमा उभ्याउने एउटा सशक्त योद्धाको भूमिकामा देखिने थापा जसले ०७२ सालको भूकम्प होस् वा कोभिड–१९ द्वारा प्रभावित नागरिकका दर्दनाक पिडामा मलमपट्टि लगाउन अग्रसर थापाको नाम नसुन्ने कमै होलान् । सिंगो नगर समेटिएन होला तर वडा, जिल्ला हुँदै मुलुकका विभिन्न भागमा स्कूले नानीहरुका लागि कापी, कलम, पोशाक, झोला र खाजा समेतको व्यवस्थापनमा अग्र रुपमा रहँदै आएका थापा दैविक प्रकोपको अवधिमा राहत सहित बस्ती बस्तीमा पुग्नु उहाँको दिनचर्या बन्यो । हो, तिनै थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नै पार्टीभित्र प्रजातान्त्रिक अभ्यासमा कडा प्रतिस्पर्धाका साथ अगाडि आउन सफल भए । उनै थापासँग समसामयिक विषयमा रहेर प्रभातफेरी प्रतिनिधि बिपशना शाक्यले गर्नुभएको कुराकानीका सार पाठक सामु पस्कने जमर्काे गरेका छौं । स.
१. तपाईंले राजनीतिक रुपमा छिट्टै फड्को पार गर्नुभएको होइन ?
मेरो राजनीतिक लगावको हिसाबले त त्यस्तो लाग्दैन । जहाँ समपर्ण हुनुपर्छ, त्यहाँ स्वभाविक परिणाम आउनु नौलो होइन । पार्टीपंक्तिको लगानीले परिणाममुखी नै बनाएको छ । त्यो आज आएर यथार्थमा परिणत भएको मैले महसुस गरेको छु । अझै धेरै संघर्ष गर्न बाँकी छ, जसलाई सार्थक रुप दिन आ–आफ्नो तर्फबाट कुनै किसिमको कमी हुन दिने छैन भन्ने प्रण यसै सञ्चार माध्यमबाट प्रतिबद्धता जाहेर गर्दछु ।
२. भन्नाले ?
सवाल के हो भने नेपाली कांग्रेसलाई अब्बल बनाउनु नै हो । त्यो भनेको पार्टी परिणाममा छैन । उही जनताका मन मष्तिष्कमा मात्रै छ । यहाँ अंक गणितीय खेल हुन्छ । यसले जबसम्म काम गरिरहन्छ, तबसम्म लगानीको अर्थ व्यवहारिक रुपमा देखिँदैन । यसो भन्दैमा कांग्रेस कमजोर छ भन्न खोजेको भने पक्कै होइन । विपक्षीका लागि कांग्रेस जंगे पिल्लर नै भएर रहेको छ । पनौती नगरको सवालमा केही प्राविधिक कारणले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहन बाध्य भएको यथार्थ स्वीकार्नुपर्छ । मैले यिनै कुराहरुलाई समेट्न खोजेको हुँ ।
३. भर्खरै वडा सभापतिमा निर्वाचित हुनुभएको छ, वडाको विकास र कांग्रेसलाई स्थापित गर्ने सवालमा के के योजनाहरु अगाडि सार्नुभएको छ ?
स्वभाविक रुपमा नेतृत्वमा आइसकेपछि योजनाहरु आउनुपर्छ । त्यो नेतृत्वको दायित्व, कर्तव्य र जिम्मेवारी पनि हो । कसो गर्दा कांग्रेसलाई जनमुखी बनाउन सकिन्छ, त्यसैगरी चल्ने हो । त्यहाँ नेतृत्वको कुनै व्यक्तिगत स्वार्थ हुनेछैन । हुनेछ त केवल सामूहिक सामाजिक दायित्व र भूमिकामा रहनेछ । यो वडा स्वभाविक रुपमा अंक गणितीय हिसाबमा विपक्षीको दब्दबा रहेको वडाको रुपमा लिइन्छ । यो अवधिमा के कस्ता कामहरु भए त्यसका बारेमा एक एक हिसाब जनताका माझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछ । चार वर्षका नीति तथा कार्यक्रमले यस वडामा कति परिवर्तन भयो त्यसको समीक्षा सहित राम्रा र नराम्रा गतिविधिलाई चिरफार गर्दै अगाडि ल्याउने छु । मेरो प्रष्ट योजना भनेकै वडाको विकासका लागि गुरु योजनाका साथ वडावासीमा जानेछु । विपक्षीले पदको दुरुपयोग गरेर अनियमितताको पर्खाल ठड्याएका छन् । त्यसको भण्डाफोर गर्नु कांग्रेसको धर्म पनि हो । विकास निर्माणका नाममा जुन किसिमको अनियमितता मौलाएका छन्, अत्यन्तै दुःखद पक्षका रुपमा लिनुपर्ने हुन्छ । यस किसिमका हर्कतहरुको अन्त्यका लागि कांग्रेस कटिबद्ध छ । त्यसका विरुद्ध कांग्रेसले जनपरिचालन गर्नेछ । त्यो जिम्मेवारी पूरा गरेर प्रत्येक वडावासीको मन मष्तिष्कमा हाम्रो कांग्रेस, राम्रो कांग्रेस बनाउने लक्ष्य सहित जिम्मेवारी मलाई पार्टीपंक्तिले सुम्पिएको छ । मेरो कार्यकालमा यो वडालाई नमूना वडाको रुपमा स्थापित गर्नेछु । कुनै पनि पक्षमा विभेदकारी भूमिका रहनेछैन । यो आभाष वडावासीलाई मैले दिलाउने छु । विपक्षीहरुको भूमिकालाई लिएर हेर्ने हो भने पछिल्लो समय भूखण्डीकरणले हाम्रो वडा आक्रान्त हुन पुगेको छ । त्यसबाट सीमित व्यक्ति मोटाएका छन् । त्यसका विरुद्ध कांग्रेस सशक्त आवाज बुलन्द गर्दै त्यसभित्र भएका अनियमितताका बारेमा वडावासीलाई सुसूचित गराउनेछु । जसले पदको दुरुपयोग गरेर वडावासीलाई गुमराहमा राख्ने काम गरेका छन् । त्यसका विरुद्ध नेपाली कांग्रेस फलामे चिउरा भएर निस्कनेछ । त्यतिबेला बल्ल महसुस गर्नेछन् वडावासीले कांग्रेस के हो र के रहेछ भनेर ।
विपक्षले जिम्मेवारी बहन गरेको पनि साँढे चार वर्ष बितिसकेको छ । यो अवधिमा भ्रष्टाचारले जर्जर बनाएको छ । कांग्रेसले ति गलत तत्वहरुलाई पर्दाफास गरेर भण्डाफोर मार्फत् सशक्त रुपमा ति गतिविधिका विरुद्ध आवाज उठाउने छ । विधि, नीति भन्दा माथि गएर आफ्ना भरौटे पोस्न बनाइएका योजनाका बारेमा धावा बोल्नेछ । चुनाव केन्द्रित योजनाका बारेमा हिजो पनि आपत्ति गरेको थियो, आज पनि गर्छ र भोलि पनि गर्नेछ । जहाँ आवश्यकता हो, त्यहाँको पहिचान गरी पहिलो प्राथमिकता दिनुपर्ने ठाउँमा आफ्ना खल्तीका गौंडेहरुको चाहनाहरु पूरा गर्नेगरी नीति तथा कार्यक्रम मार्फत् विनियोजित योजनाहरुका बारेमा कांग्रेसले खबरदारी गर्नेमा दुई मत रहन्न । यो नै नेपाली कांग्रेसको मुख्य योजनामा पर्दछ । अझै पनि उपल्लो कर्णालीझैं वडा नं. ४ वासीले विकास निर्माणका लागि हात थाप्नुपर्ने जुन विभेदपूर्ण सोचले भरिएको नेतृत्व छ, त्यसका विरुद्ध कांग्रेसका उपस्थिति स्पात भएर आउनेमा विमति रहन्न । यो कार्यकालमा विकासका नाममा राजनीतिक चलखेल चर्काे भएको यर्थाथ हो । नेपाली कांग्रेस विकासका नाममा हुने राजनीतिक विभेद अन्त्य गर्न समर्पित छ । कांग्रेसले यसको सुरुवात वडा नं. ४ बाट गर्नेछ भन्ने अठोट वडावासीमा मैले राख्न चाहेँ ।
४. यसो भनिरहँदा विपक्षीको के कुरा ! तपाईंकै पार्टीभित्रबाट असहयोगका ज्वारभाटा मडारिएको पाइन्छ, यसका बारेमा तपाईंको तर्क के छ ?
बाहिरबाट हेर्नेहरुका लागि यि अभिव्यक्तिहरु यथार्थ होलान् तर कांग्रेस एउटा प्रजातान्त्रिक संस्कारमा हुर्किएको नेपालकै पुरानो पार्टी हो । जसले यो मुलुकमा प्रजातान्त्रिक संस्कार आफूले मात्र सिकेन, अन्य राजनीतिक पार्टीलाई समेत सिकाएको छ भन्दा फरक पर्दैन । त्यहीँभित्र हुर्किएका हामी, हाम्रा लागि हाम्रो संस्कारमा हुर्कनु नौलो होइन । जुन प्रक्रिमा सामेल भयौं, त्यो कांग्रेसको गहना हो । यो सुन्दर गहनालाई गलत रुपमा परिमार्जित गर्न खोज्नु गम्भीर भुल हो भन्ने कांग्रेसको ठम्याइ छ । कांग्रेस–कांग्रेस बिचमा हिलो छ्यापेर केही स्वार्थ पूरा गर्न सकिन्छ कि भन्ने दिवा सपना रच्नेहरुले चालेको भ्रम मात्र हो भन्छु म त । बरु स्मरण रहोस्, आज त्यही कांग्रेसको अनुशरण गर्दै अन्य राजनीतिक पार्टी त्यही प्रक्रियामा अगाडि बढ्दैछन् भने कसरी यो परिपाटी गलत हुन सक्छ । प्रजातान्त्रिक संस्कारलाई स्थापित गर्नु अपराध हो ? किमार्थ यि आशंकाले स्थायित्व लिन सक्नेछैन । यो सवालमा मसँगै प्रतिस्पर्धामा रहने आदरणीय मित्र पनि अर्काे विचारबाट आएका होइनन् । यही पद्धति र संस्कारमा बाँधिन्छु भनेरै प्रतिस्पर्धामा आउनुभएको हो । मेरो मित्र र ममा कुनै भिन्नता छैन । मात्र एउटा प्रक्रियाले पहिलो र दोस्रो बनायो, फरक यति हो । त्यसैले विपक्षीले दिवा सपना यो सवालमा नदेख्दा हुन्छ । कांग्रेसमा फरक मत छ, त्यसबाट फाइदा लिउँला भनेर, कांग्रेस, कांग्रेस नै हो । ऊ कमाउनिष्ट बन्न सक्दैन । जनताका आँखामा छारो छरेर भ्रमको खेती कांग्रेसले गर्नु छैन । कांग्रेस जे गर्छ, त्यही भन्छ । नहुने र नसक्ने सपना कांग्रेसले बाँड्दैन भन्ने विश्वासलाई स्थापित गर्नु नै हामी कार्यकर्ताको धर्म हो । कांग्रेसको आफ्नो इतिहास छ । त्यसैले राष्ट्रियता, समाजवाद नेपाली कांग्रेसका गहना हुन् । तिनको जर्गेना गर्नु हामी कांग्रेस कार्यकर्ताको दायित्व हो । त्यसको भावार्थ नेपाली जनतामा पु¥याउने दायित्व हामी कार्यकर्ताको हो । त्यसैले हामी कार्यकर्ता त्यसतर्फ दत्तचित्त भई समर्पित हुनेछौं ।
५. के अब कांग्रेसमाथि बेला बेलामा थोपरिने आलोचना मुक्त हुन्छ भन्ने विश्वास जनताले लिन सक्छन् ?
सक्नुहुन्छ । इतिहासमा के भए त्यता जानेछैनौं । त्यसबाट पाठ सिक्दै वर्तमान र भविष्य कोर्नेछौं । जहाँ आलोचनाको सवाल छ, आलोचनाले नै कुनै पनि व्यक्ति वा पार्टीलाई सकारात्मक बाटोतर्फ डोहो¥याउँछ । आलोचना आउने किसिमका गतिविधिहरु सकेसम्म हुन दिने छैनौं । हामी कार्यकर्ताको दायित्व पनि हो । म वडा सभापतिको हैसियतमा वडावासीलाई आश्वस्त पार्न चाहन्छौं, अब कांग्रेसले राजनीतिक आलोचना बाहेक अन्य किसिमका आलोचना भन्ने एकादेशको कथामा सीमित हुनेतर्फ लाग्नेछु । जहाँसम्म वडाको सवाल छ, त्यहाँ नमूनायोग्य पात्रका रुपमा कांग्रेसको उपस्थिति रहनेछ । जो वडावासीको आँखामा राती गेडीको रुपमा कांग्रेस स्थापित हुने वातावरण सिर्जना गर्ने दायित्व नेपाली कांग्रेसको १४औं महाधिवेशनले मलाई सुम्पिएको छ । यो नेतृत्वले विश्वास गरौं, सिंगो नगरलाई अनुकरणीय परिणाममा ल्याउने छ । जसले आजसम्म झेल्दै आएका असहज गतिविधिको अन्त्य गर्नेछ भन्ने विश्वास नेपाली कांग्रेसले राखेको छ । यो अठोट म एक्लैबाट पूरा हुनेछैन । यसका लागि १४औं महाधिवेशनबाट निर्वाचित तथा पराजित कार्यकर्ताहरुको सद्भावबाटै सम्भव हुनेछ । यसको विकल्प पनि छैन ।
६. अन्तमा, सोध्न छुटेका भन्नैपर्ने केही वाक्यांशहरु छन् भने राखिदिनुस् ।
खासै छ जस्तो त लाग्दैन । समेटिए भन्ने नै लाग्छ । फेरि पनि पनौती नगरमा मौलाएको विकृति बारेमा वडा नं. ४ बाट भण्डाफोरको आरम्भ हुनेछ । पनौती नगरलाई निर्वाचित नेतृत्वले होइन, कर्मचारीतन्त्रले चलाएको प्रष्टै देखिन्छ । कर्मचारी नै रानजीतिका मतियार भएका छन् । उनीहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारी के हो नेपाली कांग्रेसले बुझाउने छ । पार्टीका हनुमानका रुपमा मतदाताका घरमा पुगेर मतदाता शिक्षा दिने काम कर्मचारीले गरिरहेका छन् । यो गम्भीर र आपत्तिजनक गतिविधिका विरुद्ध कांग्रेस सशक्त रुपमा लागिपर्नेछ । नेतृत्वको गुणगान गाउँदै दिवा सपना बाँड्दै मतदाताहरुमा भ्रमको खेती गर्नु कहाँसम्मको नैतिककता रहेछ भन्ने कुरा यहाँ पोखिराख्नु नपर्ला । त्यस्ता कर्मचारीहरुले बुझ्न जरुरी छ । हिजो राजा, महाराजाका अनुयायीहरुले पनि त्यस्तै चाप्लुसी गरेका थिए । आज उनीहरुको अवस्था कहाँ पुग्यो ? त्यस्तै आज एमालेकै राज चल्छ पनौतीमा भन्नेहरुले इतिहासलाई एकपटक मध्यनजर गर्नु जरुरी छ । कति दिन जुठो–पुरो खाएर हिँड्छौ ? तिमीहरुप्रति मेरो खबरदारी हो । यदि यसलाई फेरि पनि लत्याउने काम ग¥यौ भने निस्कने परिणाम गम्भीर पनि हुनसक्छ । यसैले आजका दिनसम्म जुन किसिमको चलखेल गर्दै आएका छौ, त्यसभन्दा अगाडि अब जाने कोसिस ग¥यौ भने नेपाली कांग्रेसले धावा बोल्नेछ । त्यसबाट निस्कने परिणामको जिम्मेवार गलत गतिविधिमा संलग्न तिनै कर्मचारी हुनेछन् । त्यस्तै नेतृत्वले विकासको नाममा भोटको राजनीति गर्ने गरेका छन् । त्यसतर्फ कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नेतृत्वले जनमतको दुरुपयोग गरेर अनियमितता गरेको छ । अब त्यसो हुन दिने छैनौं । राजनीतिलाई कमाइ खाने भाँडो बनाउनदिने छैनौं । यस्ता गतिविधिका विरुद्ध कांग्रेसको सशक्त प्रतिकार हुनेछ । राजनीतिक अविष्ट पूरा गर्न जालझेलको खेती भएको छ । त्यसका विरुद्ध कांग्रेस बस्ती–बस्तीमा पुग्नेछ । किसानका नाममा जुन राजनीति भएको छ, त्यसका बारेमा प्रत्येक किसानलाई सुसूचित बनाइनेछ । यो दायित्व कांग्रेसले निभाउने छ ।
किसानको समृद्धिको नाममा भएका पाडापाडी वितरण होस् यो बोका, बाख्रा, गाई वितरणका सवालमा देखिएका अनियमिततालाई पारदर्शी ढंगबाट सार्वजनिक गर्नु आजको आवश्यकता भएका छ । त्यसको लागि पारदर्शिताको खाँचो हुन्छ कि हुँदैन ? त्यसतर्फ जनमत गम्भीर छ । कांग्रेस ति गतिविधिका बारेमा खबरदारी गर्दै किसानका नाममा भएका अनियमितताका बारेमा खबरदारी गर्नेछ । सवाल किसानको समृद्धिलाई भोटमा नसाटियोस्, त्यसलाई भोट माग्ने आधार बनाउनु गलत हो । चुनावमा भोट दिनुपर्छ नि भन्दै किसान केन्द्रित योजनाहरु बाँड्नु कतिको जायज हो भन्न खोजेको हुँ । यतिसम्म कि यदि भोट नदिने भए पाडी फिर्ता लगिन्छ भनेकोसम्म सुन्न आएको तथ्य हाम्रा सामु छ । त्यसैले पारदर्शीता देखिएन भनेको हो । किसानका नाममा राजनीति गरेर किसानलाई परिबन्दमा पार्ने खेल नगर्न नेपाली कांग्रेस एमाले नगर नेतृत्वलाई यसै संवादबाट चुनौती दिन चाहन्छ । फेरि पनि यस किसिमका कमी कमजोरी भएको खण्डमा जुनसुकै परिस्थितिको सामना गर्न कांग्रस पछि पर्दैन । यस किसिमका गलत परिपाटीका विरुद्ध ४ नं. वडाका मतदातालाई सचेत रहन कांग्रेसको आग्रह पनि छ । यस किसिमका गतिविधिका विरुद्ध मतदाताहरु सचेत हुँदै गएका छन् भन्ने विश्वास कांग्रेसले लिएको छ । आसन्न स्थानीय निर्वाचनमा त्यसको हिसाबकिताब मतदाताले राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै अन्त्यमा कांग्रेसका भावना जनतासमक्ष पस्कने अवसर दिनुभएकोमा तपाईंको लोकप्रिय सञ्चार माध्यम प्रभातफेरी र तपाईं सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गर्दै जस्तो नाम उस्तै काम गर्दै जनतालाई सुसूचित गराउनु हुनेछ भन्ने अपेक्षा सहित निरन्तरता र स्वतन्त्र अभिव्यक्तिको शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |