प्रभातफेरी अनलाइन१०४७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार(४ साल अघि)
‘हे इश्वर!’
‘भन्नोस मृतात्माज्यू !’
‘मेरो सपना अधुरै रहे पनि मलाई अपहरण शैलीमा यहाँ किन ल्याइयो?’
‘कसैको सपना जीवन्त तक पुर्ण हुँदैन्।’
‘तर मलाई अधुरो सपनाले घोची रहेछ ।’
‘कस्तो सपना थियो?’
‘प्रहरी भएर पनि एकजना खुँखार अपराधीलाई न्यायको कठघरामा उभ्याउन सकिनँ। मैले देशलाई दिएको वचन अपुरो रह्यो इश्वर।‘
‘हे मृतात्मा,तपाईंको सपना कहिल्यै पुरा हुन सक्दैन्।पुरा हुन तपाईंको पुर्नजन्म हुनुपर्छ।त्यो बेलासम्म त्यो अपराधी नर्कलोक पुगिसकेको हुनेछ ।’
‘होइन इश्वर,म यही स्वर्गलोक मै मत्र्यलोकको अधूरो सपना पूर्ण पार्न चाहान्छु।’
इश्वरले छक्क पर्दै सोधेः‘को हो त्यो मृतात्मा ?’
‘हजुरकै सुसारे मेरो पिताश्री,देशको महाभ्रष्टचारी नेता देशभक्त हुन् इश्वर।’
१आनन्द पाईरहेका थिए।
सुसारे मृतात्मा भने इश्वरलाई हेरेर मुसुक्क हाँस्यो।
इश्वरले तुरुन्तै भेला डाकेर भ्रष्ट मान्छे त्यहाँ आउनुको कारण कोट्याए।
स्वर्गलोकको प्रशासनिक प्रमुख घोस्सेर बोल्यो‘यो देशमा भ्रष्ट भएपनि इश्वर भक्त थियो इश्वर।’
स्वर्गलोकको प्रशासनिक प्रमुखको कुरा सुनेर पुरै सभा स्तब्ध बन्यो।
टंक बहादुर आले मगर
लिम्चुङ्बुङ गाउँपालिका, हाल ः त्रि.न.पा, उदयपूर