राधेश्याम लेकाली
१. सत्ताको आडमा जे गरेपनि हुँदोरैछ
बस्त्रै नलगाई सडकमा हिंडेपनि हुँदोरैछ
नीजि स्वार्थको लागि देशसँग गद्दारी गर्नेहरुले
यो देशको सम्पदा जे जे पनि बेचे हुँदोरैछ ।
२. जो कोही छन् आज बेइमान
जो कोही बेच्छन् आज इमान
उनीहरु नै आज सम्मानित छन्
जो गरिरहेछन् हाम्रो अपमान ।
३. निरंकुशताले विद्रोह र पछि युद्ध जन्मायो
युद्धले पीडा, यातना र अराजकता जन्मायो
कति सहने निरीहले दुई शक्तिको द्धन्द्ध ?
मोह, ईष्र्या र षड्यन्त्रले देशलाई सत्तम बनायो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |