logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन६९३ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार(४ साल अघि)
मुक्तक

प्रदीप सापकोटा
काभ्रेपलाञ्चोक

कलम न हो यसले धेरै थरी सिर्जना गर्दछ
उत्साह र उमंगले सिर्जित जागर भर्दछ
हो भाच्न सक्छौ चाह्यौ भने सजिलै यसलाई
तर याद राख यसैले बिद्रोहकि बारुद भर्दछ ।

भोक लागे आफ्नै जमिन खन्नु साथी
पसिनाले सिंचित गरि केही रोप्नु साथी
विदेसिनु मात्रै समस्याको समाधान होइन
आफ्नै देशमा सिर्जनाको श्रमसिप खोप्नु साथी ।

हासो अनि खुशीलाई शीत नदेख
आँसु अनि दुःखलाई गीतमा नलेख
हिम्मत भए अभावको पहाड फोर्न सकिन्छ
दुखी गरिब हुने कुराको रीत नदेख ।