Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राज्यको सम्पूर्ण शत्ति विफल भएको ठोर्कपा हवाई आक्रमण

प्रभातफेरी अनलाइन १००२२ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
राज्यको सम्पूर्ण शत्ति विफल भएको ठोर्कपा हवाई आक्रमण

जानुका धमला “सन्ध्या”

ठोर्कपा भन्ने बितिकै अहिलेको सम्झना भनेको आकाश बाट ४ वटा हेलीकप्टरको एकै साथ हमला गरेर जनमुक्ति सेनालाई तितरबितर पारेर हतियार प्रर्दशन कार्यक्रम रोकेको । जसमा एम आई १७,चिथा,सुपर पुमा जस्ता हेलीकप्टहरु प्रयोग गरेर जनमुक्ति सेना र मध्ये कमाण्डको नेतृत्वलाई नै ध्वस्त पर्न राज्य सत्ताको सम्पुर्ण फोर्स लागेको उनीहरु जनमुक्ति सेनालाई परास्त गर्न नसकेर खाली हात फकिएको दुश्मनको क्याम्पमा ठुलो भुइचालो गएको राज्यको सारा शक्ति प्रयोग गर्दा पनि राज्य सत्ताले हारेको जनताको सेनाको जीत भएको दिन ।
गौरबशाली पुराना दिनको यादहरुले मनमा एउटा तरंग पैदा गर्दछ कहिले कहाली लाग्दो बिगत सँग मितेरी लगाई दिन्छ त घरी युद्धमा भएको बलिदानका थुप्रोहरुलाई दिमागको दाहिने भागमा उथलपुथल ल्याईदिन्छ । युद्ध नापे तौलेका आकारमा हुँदैरहेन छ कहिले रुमानी बेगमा त कहिले शान्त समुन्द्र जस्तो । यसको आफनै सिमा वेग र गतिहरु हुदारेहछन । युद्धमा लासका चाङहरु चुलिने क्रमहरु निरन्तर थिए को कहाँ कति खेर शहिद हुने वा भौतिक रुपमा विछोडिने त्यो लेखाजोखान नै हुँन छाडेको थियो । माओवादी पाटीले पनि जनयुद्धले प्राप्त गरेको उपलब्धी पछि जनतामा आएको राजतन्त्र प्रतिको बितृष्णको भावलाई जनआन्दोलको माध्यबाट निकै कलात्मक हिसाबले जनºयुजनलाई निकै घनिभुत ढंगले अगाडि बढाउने योजनामा थियो । जनतामा एक प्रकारको उत्साह पक्कै थियो शदियौ देखी एकात्मक व्यवस्थाले थिचिएर थिलो थिलो भएको शरिरलाई पक्कै पनि उठाउन सकिन्छ माओवादी पाटीको राजनैतिक नाराले भनेर । माओवादी पाटीले सैन्य शैक्तिलाई एक पछि अर्काे गर्दे अन्तिम युद्धको चरणमा प्रवेश गर्न आदेश दिदै थियो ।
पश्चिममा ठुला ठुला लडाईहरु सफल भएका थिए पुर्वी कमाण्डमा भने पार्टी र जनमुक्ति सेनाले भने जस्तो उपलब्धी हात परेको थिएन तर बेथान स्मृति व्रिगेडले एक पछि अर्काे फौजी सफल्ता हात पार्दे काठमाडौ वरिपरी नै फौजी धक्का दिइरहेको थियो ।
पुर्वी डिभिजन अन्तर्गत भएका डिभिजन स्तरीय फौजी आक्रमणहरु पुर्ण रुपमा सफल हुन सकेको थिएनन तर वेथान स्मृति व्रिगेडले गरेको फौजी कारवाहीहरु भने एक पछि अर्काे गर्दे सफल भएका थिए यो व्रिगेडमा लाल र निपुर्ण सेनाहरु थिए । बेथान स्मृति व्रिगेडको आफनो कार्यक्षेत्रमा भए गरेका अधिकांस फौजी कारवाहीहरु सफल भएका थिए सिहारको बन्दीपुरबाट पुर्ण रुपमा सफल गर्न नसकेको कारवाही पछि भने बेथान स्मृति व्रिगेडले कमाण्डो माइनिङ्ग एम्वुसहरु भने सफल भएका छन नार्के,घर्तीछाप साँखु दधिकोट सिन्धुपाल्चोकको बाह्रविसे दोलखाको खरिढुङ्ग,मुडेमा दारे्रगौडामा गरेको फायारिङ्ग एम्वुस कमाण्डोले शाही अमेरिकी सेना जो आफुलाई उडने पनि सक्ने सेनाको रुपमा परिभाषित गरेको थियो तेही सेनालाई थाल पारेर उडनै नसक्ने गरी फौजी दनक दिए पछि उनीहरु फेरि कहिल्यै उठेनन त्यो ठाँउबाट र जनतामा गरेको धरपकड र अन्याचार पनि कम भयो ।
फायरिङ्घ एम्वुस कमाण्डो लगायतको सफल कारवाहीले बेथान स्मृति व्रिगेडको सदस्य हुनुमा असाध्यै गर्व लाग्थ्यो । प्रतिकृयाबादी राज्य सत्ताको वरिपरि भएको फौजी कारवाही र बेथान स्मृति व्रिगेडले हासिल गरेको एक पछि अर्काे फौजी सफलताले उत्साह र नयाँ जोस प्राप्त गर्ने कुरा स्वभाबिक हुँदो रहेछ एक लडाई लडने सिपाहीलाई ।
दाह्रेगौडाको सफल कारवाही पछि पुर्वाœचल उपब्युरोले बेथान स्मृति व्रिगेडको जनमुक्ति सेनालाई स्वागत कार्यक्रम राख्ने निर्णय गरेको रहेछ । सेनासंगको बिभिन्न मोर्चामा जीत हासिल गरेको हामी सामरिक हिसाबले पनि अर्थ दुरगामी महत्व राख्ने र दुश्मालाई हामी तिमीहरुकै वरिपरी छौ भनेर सन्देश दिने हेतुली कार्यक्रमको आयोजन सिन्धुपाल्चोक जिल्लाको ठोर्कपा स्थित बाध भैरव मा.वि.मा हुने खबर हामीलाई कमाण्ड कमिसारहरुले जानकारी गराए । रोलकलमा कमाण्डर कमिसारले सानका साथ भने हामी राजधानी काठमाण्डौबाट एक दर्जन पत्रकार बोलाउछौ र जनमुक्ति सेनाले लडेको फौजी मोर्चाको विजयको संदेश विश्वभर दिन चाहान्छौ र सर्वहारा वर्गको लागि हामी अर्काे युद्धको घोषणा गर्ने छौ । युवा बेलाको जोस हो जस्तै लाग्यो दुश्मनलाई त कच्याक कुचुक पार्न सकिन्छ भन्ने आत्म विश्वास पनि हुने रहोछ त्यो बेला शरिरमा उम्लेर बग्ने रगतले पनि तेही संकत गथ्यो । डर लोभ मोह त्रास केही थिएन मात्र एकथान जिन्दगी तेही पनि सर्बहारा बर्गको लागि सुम्पिएको भाषणमा यही भन्ने गर्थे नेताहरु हामी तेही कुराहरु पत्याउदै गयौ लडाई लडयौ सच्चाईका साथ ।
बहादुर सिपाही कर्तब्यनिष्ठ क्रान्तिकारी बटालियन कमाण्डर चतुरमान वाइबा क.अनिसलाई गुमाए प्राप्त गरेको आधुनिक हतियार जी ३६ सहितको हतियार प्रर्दशनले मनमा कताकता बिजयको अनुभुति थियो भने कमाण्डर गुमाउनुको पिडा पनि तेतिकै । मनको एक कुनाले भन्यो सवै कुरा त पाउला तर एक कुशल कमाण्डर फेरि पाउने छैन । भौतिक बिछोडमा पनि युद्धमा होमिएका सिपाहीहरु कोमल मन भावनाहरु सँग रमाउन नपाउने समय रहेछ त्यो ।
निर्मम र कठोर हुनपर्ने आँशु लुकाएर देखाउटी भने पनि हासो देखाउने ठाँउ रहेछ युद्धस्थल । आँशु पिएर बाँच्ने विवसकथा रहेछ रणमैदान ।
स्कुलहरु प्राय शान्त र एकान्त ठाँउमा हुन्छन तेसैले त स्कुललाई ज्ञान भुमिको रुपमा चित्रण गरिएको हो । बाघ भैरब मा.वि पनि तेस्तै ठाँउमा थियो । चेहेरे दोभानबाट खुलेको कच्ची मोटरबाटो लौरे हुँदै बाङ्घथलीसम्म पुगेको प्राकृतिक सुन्दरता तेती कै थियो । सबै इलाकाहरु माओवादी पाटीको कब्जामा थियो । केही जनयुद्ध प्रति खराब सोच राख्ने मानिसहरु पनि थिए त्यहाँ हुनु स्वभाबिक पनि हो । सुराकी गरेको आधारमा त्यहाँ तत्कालिन ठोर्कपा गाविसको सचिब ठाकुर प्रसाद भण्डारीलाई कारवाही पनि गरेको रहेछ माओवादी पाटीले । जनयुद्धले उनीहरुको लुटको स्वर्गमा धावा बोलेको थियो तेसैले पनि उनीहरुलाई जनयुद्ध मन नर्पनु स्वभाबिक कुरा हो । चुनाबको बेलामा अग्नी प्रसाद सापकोटले अंगालो हालेर भोट माग्दै गरेको दृष्टी पनि हेर्न लायकै नै थियो । संसदिय ब्यवस्थामा समाहित भए पछि वर्गीय दृष्ट्रीकोण सकिए पछिको राम्रो उदारण यो पनि हो ।
स्वागत कार्यक्रम बाघ भैरब माबिमा गर्ने कुराको निधो भए पछि त्यो इलाकामा माओवादी पाटी र जनमुक्ति सेनाको चहल पहल शुरु हुनु स्वभाबिक थियो ठुलो सैन्य फर्मेशन जिल्ला पाटी र केन्द्र देखिको नेता सम्मको जमघट अनि विजय समारोह । गाँउबाट लखेटिएका सामन्तहरुलाई पनि लाग्यो बदला दिन बेला यही हो । उनीहरुले सबै सुचनाहरु उनीहरुको मालिकको अड्डामा पु¥याका रहेछन ।
हाम्रो टोली देउराली डाँडाँबाट ठोर्कपा तर्फ अगाडी बढयो । म व्रिगेड कार्यालयमा थिए । सबै साथीमा बिजय सन्देशले छुट्टै उत्साह थपेका थियो बेथान स्मृति व्रिगेडको मातहतमा ३ बटा व्रिगेड थियो १३आंै,१४आंै र १५आंै बटालियन । व्रिगेड कमाण्डर गोविन्द बहादुर बटाला जिवितले सबै बटालियनको कमाण्डर कमिसारलाई आ—आफनो आर्क विन्यास गरिदिएका थिए । बटालियन कमाण्डर सह—कमाण्डरहरुले युद्धको सम्भावनालाई पनि मध्ये नजर गरेर आफनो बटालियनको फोर्सलाई विन्यास गरेको थिए इन्फेन्ट्री आटीलरी र सपोर्ट ग्रुप १३औं बटालियन कमाण्डर अनिसको शहादत भएको कारण सह—कमाण्डर तेज बहादुर दोङ उर्जाले गरेका थिए एलमी टिमको जिम्मा कमरेड सविनको थियो उनी तत्कालीन व्रिगेडका सह—कमाण्ड थिए । जनतामा निकै उत्साह थियो कार्यक्रम हेर्नको लागि । जनमुक्ति सेनाले एक पछि पीटिको पोजिसनको रियल्सल गर्दे थियो । वाङ्घथली,लौरे देउराली ठोकर्पा वरपरका सर्वसाधारण मानिसहरु पनि जनमुक्ति सेनाको परेड र कार्यक्रम हेर्न निकै उत्साहित थिए । त्यो कार्यक्रमलाई तत्कालीन कमाण्ड इन्र्चाज बर्षमान पुन ब्युरो इन्चार्ज अग्नी प्रसाद सापकोटले सम्बोधन गर्ने कुरा थियो ।
कार्यक्रम सानदार हुनेमा सबै खुशी थियौ जम्मा जम्मी राजधानीबाट १००किलो मिटरको दुरीमा हुन लागेको यो विजय उत्सबले राजदरबार,सिंह दरवारमा पनि ठुलै हलचल पैदा हुने कुरामा किन्चीत तै थिएन । बाटोमा धर्मराज थापा अपिल,दिपक घिमिरे हिमाल,नारायण बानिया दिपेस म लगाएको सम्पुर्ण हेड क्वाटर टिम नै संगै थियो । बाटोमा हासो ठट्टा पनि भयो अहिले यसरी हास्दै गएको छौ आउने बेलामा स्टेचरमा फकिर्नु परयो भने वा शहिद भइयो भने ? अपिलको यो कुरा हामी सबैले मजाक्मै राख्यो हिमाल भने हे दाई विजयमा जान लागेको बेलमा पनि के यस्तो कुरा गरेको होला † दिपेश भन्दै थिए चिन्ता नलिनुस बोक्ने हामी छौ यदि शहिद भयौ चपरी मुनिको बास न हो तेही पनि गाडन भ्याइयो भने । हामीले हासो ठट्टामा भनेको कुरा २ घन्टा पुग्न नपाई अपिलको भनाईले सारर्थकता पायो उनी एच एम जी को गोली तिघ्रामा लागेर गम्भीर घाइते भए ।
कार्यक्रम स्थल नजिकै पुग्यो स्थानीय पाटी र जनता मिलेर बाघ भैरब मा.वि.लाई सुन्दर बेहुली जसरी सिंगारेका थियो । युद्धमा भएको कयौ पिडाहरु विर्साउने तयारी भएको थियो त्यो दिन कतै जनमुक्ति सेना मार्चपास गरिरहेका कतै कलाकारहरु नाचगान कतै काठमाण्डौ बाट आएको कान्तिपुरका रिपोर्टर भोजराट भाट संग जापानीज पत्रकार कियोको ओगुर लगायतका पत्रकारहरुले फोटो खिचिरहेका थिए । कतै खाना तयारी भएको खवर आइरहेको थियो भने कतै पाक्दै थियो । साच्चै त्यो सुन्दरता र तामझामले एउटी चेलीलाई विवाह गरेर अरुको घरमा पठाउने लागेको जस्तो ।
कोही बारीको पाटामा बसेर खाना खाईरहेको थिए हेर्ने आँखालाई पनि त्यो दृश्य सुन्दर थियो । कार्य बिभाजन अनुसार हामी व्रिगेड कार्यालयका स्टाफहरु पनि आ—आफनो काममा ब्यस्त भयौ म भिडियो क्यामेरा चार्ज गर्न र खाना तयारी भए नभएको एकिन गरेर क्षेत्रीय कार्यालय पनि कहाँ बसेको छ बुझेर आउन भनेर भन्नु भयो कमिसार गंगा कार्की विश्वले । कार्यक्रम स्थल पिपल बोटको चौतारीमा झोला छोडेर स्कुल भन्दा तल गाउँमा गए । खाना तयारी हुँदै थियो क्षेत्रीय कार्यालय बसेको घर ठोस गरेर बाटोमा आउदै थिए त्यो बेलासम्म व्रिगेड कमाण्डर कमिसार ब्युरो कार्यालयमा जानको लागि नजिकै आउदै गरेको देखे । बर्षमान पुन अग्नि सापकोटा र ओनसरी बसेको घर देखाइ दिए त्यो समय अरु कुराकानी केही भएन । म सङ भिडियो क्यामेरा थियो खाना खाने समयसम्म क्यामेरा पनि चार्ज गर्छु भनेर सोचे । यहि समय आकाशमा काठमाडौ तर्फबाट चिता हेलिकप्टर आएर बाघ भैरब स्कुल कार्यक्रम स्थल लौरे ठोकर्पासम्माको एरियालाई २ फन्को लगाएर फर्कियो तेसको करिब आधा घन्टा पछि फेरि चिता हेलिकप्टर २ वटा सुपर पुमा आइस्ल्यान्डर हेलिकप्टर कार्यक्रम स्थल नजिक आएर अन्धाधुन्ध टुइन्च मोटार एच एम जी ८१को सेल रकेट लन्चर बर्साउन शुरु भयो । एक छिन अघिसम्म बेहुली जसरी सिंगारीएको बाघ भैरब माबी छिन भरमा रण मैदान युद्ध भुमिका परिणाम भयो । जनमुक्ति सेनाले उनीहरुको आक्रमण लाई जबाफी फायले हायलकायल भनाए उनिहरुको उदेश्य दार्हे गौडामा गुमाएको ठुलो परिमाणको हतियार लाई फिर्ता लैजाने र क्षेत्रीय कार्यालय देखि ब्रीगेड कार्यालयलाइ ध्वस्त बनाउनु थियो । जनमुक्ति सेनाले दुश्मनको आधुनिक हतियार र उसको फाइटर बिमान सङ सानका साथ लडेको हो । ठोकर्पामा जनमुक्ति सेनाले हारेको हुँदै होइन तर प्रतिक्रियावादीको सेनाले भने ठुलो धक्का बेहोरेकै पक्का हो ।
पहिलो आक्रमण भए पछि म साथीहरूले फायरिङ गरेको ठाउँ तर्फ अगाडि बढे ४ ,५ कान्ला तल बस्तीमा क्षेत्रीय कार्यालयका कमरेडहरु थिए म यतिखेर सम्म खुल्ला ठाउँमा आइपुगिसे हेलिकप्टरले माथिबाट अन्धाधुन्ध गोली र बमहरु फालिरहेको थियो । गाउँमा भएको भए पनि उनीहरुले जनताको घर लाई तार्गेट बनाएका थिएनन । कार्यक्रम बिथोल्न र हतियार कब्जा गर्ने नेतृत्वलाई सिद्धउने रणनीति थियो । यदि उनीहरुलाई जिम्मेवार नेताहरु कुन ठाउँमा छन भन्ने पनि एकिन भएन त्यो कारण पनि मुल नेतृत्व बच्न सफल भयो । युद्ध भीषण चलिरहेको थियो त्यो समय म एक्लै रहनु सैन्य दृस्ठिकोणले राम्रो होइन दुश्मन छानीछानी खोजीखोजी तार्गेट गरेर हामीलाई निशान लगाउदै थियो म उसले गरेको फायरिङ्गको दिशा परिवर्तन गरेको मौका छोपेर स्कुल भन्दा माथी रहेकोे गोविन्द बहादुर बटालाले कमाण्ड गर्नु भएको एल एम जी ग्रुपमा पुगे । जीबित सङको युद्धको अनुभबको हिसाबले हेर्ने हो भने कहिकतै पनि कमजोरी पाइदैन । उनी युद्धको लागि जन्मिएका कुशल सिपाही हुन युद्धमा उनले जति बहादुरीता देखाए इमानको साथ लडाई लडे शान्ति प्रक्रिया पछि भने कहिले पनि पाटीको अग्र पंक्तिमा बसेर काम गर्ने अवसर पाएन पाटी नेतृत्वले उनलाई त्यो लायक नदेख्न सकेन ।
स्कुल नजिकै चर्पीमा एटिवानको सेल झर्यो हामी रुखको कभर लिएर उसको फायरिङको असर नपर्ने गरि फायरिङ गरिरहेका थियौ । जीवन देबकोटा श्रोत सङ भएको एल एम जी ले हेडक्वाटरलाई सुरक्षा दिनको लागि निर्देशन भयो बिकास सङ भएको एल एम जी बाट भने प्रभावकारी फायरिङ हुन सकेको थिएन । हतियारधारी सबैले आफुसङ भएको हतियारले नजिकै बाट फायर गर्न आएको दुश्मनलाई ताकी ताकी फायरिङ गरिरहेका थिए । यो समय म कमान्डर जिबित सह कमान्डर सबिन कमिसार बिश्व र सह कमिसार भीष्म पत्रकार भोजराज भाट जापानी पत्रकार कियोको ओगुरा लगायत अरु पनि साथी नजिकै भएको किराना पसलमा थियौ अर्को एटिवानको सेल हामी बसेको नजिकै रुखमा लाग्यो त्यो फायर पनि सहि निशानामा लागेन उनिहरुको रुखको हाङ्गमा लागेर भुइँमा खस्यो । हामी बसेको घर चर्कियर माटो बुर्रर खस्यो । पत्रकार दुबैको होस ठाउँमा थिएन । कियोको जापानी भाषामा भगवानलाई गुहारी रहेकी थिइन मलाई बचाउ । शाही सेनाको कमान्डरले हामी बसेकै घरलाई टार्गेट बनाएर यहाँ हान त्यहाँ हान भनेर आइस्ल्याण्डर हेलिबाट कासन गरिरहेको थियो यो हेलीको काम भनेको टाढाको वस्तु वा निसानालाई निजिकबाट नियाल्नेर ठाँउ एकिन गर्ने रहेछ । फायरिङ टोलिकाहरु चाहिँ त्यहाँ त बालबच्चा आइमाई मात्रै छन साब हामी सङ भएको संचार सेट मार्फत हामी यो कुरा सुनिरहेका थियौ । तेसो भए यति डिग्रीको एङलमा जि ३६ गन भएको ठाउँमा हान हतियार कब्जा गर । कमान्डर जिबित र कमिसार बिश्व टोलिलाइ निर्देश दिदै थियो क सबिन र जीबित फेरि फिल्डमै गएर कमाण्ड गर्न भनेर निस्किए । पत्रकार भाट हामी संगै जाने निधो गरे कियोको भने फर्कने इच्छा गरिन उनलाई सुरक्षीत स्थानसम्म पुरयाउने जिम्मा क अबिनासको टिमको थियो उनिलाई चेहेरबाट गाडी चढारेर काठमाडौ पठाइदिए छ । उनी काठमाडौ पुगेर ठोकर्पामा बाँचेर फर्किएको र जनमुक्ति सेनाले गरेको जबाफी फायरिङको बारेमा अन्तर्राष्ट्रिय स्थरमा संचार माध्यमा रिपोर्टिङ गरिन भाटले त कान्तिपुर पत्रीकाको पहिलो पेजमा नै आफ्नो फोटो सहितको समग्र रिपोर्ट गरेको थिए ।
८१ को सेल जमिनसङ जोडले ठोकिए पछि आगोको मुस्ला निस्कियो त्यो आगोले भयानक रुप लिदा नजिकै भएको सल्लाघारीमा डडेलो लाग्यो । आकाशमा चिथा,सुपर पुमा,एम आई १७ हेलिकप्टर घुमिरहेको थियो कहाँ बाट बढी क्षेती गर्न सकिन्छ भनेर छलफल गरिरहेका थिए हामी उनीहरुको कुरा सुन्दै थियौ । जनमुक्ति सेना डटेर उनिहरुको फायरिङको प्रतिकार गर्दै थिए तेहि समय क उर्जा सङ भएको एल एम जीले नजिक आएको दुश्मनको हेलिकप्टर लाई निशाना लगाउने काम भयो होलिको पुच्छर पटिको भागमा क्षेती भयो । प्राबिधिक समस्या आयो भन्दै त्यो चिथा हेलिको कमाण्डर चिच्याउदै काठमाडौ फर्कियो ।
एम आई १७ मा भएको क्षति पछि अरु हेलिहरुले गरेको आक्रमण कम प्रभावकारी भयो जंगलमा लागेको डडेलोको कारण पनि उनीहरुले जमिनको दृश्य राम्रो सँग देख्न सकेनन । दुश्मनको हेलिकप्टर केही शान्त देखियो तेहि मौका छोपेर कमाण्डर इन्चार्ज देखि ब्यूरो इण्चार्जहरुले छुट्टाछुट्टै एरिया तिर जाने निर्णय अनुसार बिभाजन भयौं । युद्धमा सेकेन्ड समय र पहलकदमिको कुरा हुन्छ समय र युद्धको पहल कदमी लिन जनमुक्ति सेना र कमान्डरहरु सफल भए । तेहि मौका छोपेर बर्षमान पुन ओनसरी घर्ती र कृष्ण प्रसाद सापकोटा आगो लागेको जंगलको बाटो उकालो लागे । ब्युरो इन्चार्ज कन्चन भने सुरक्षागार्ड सहित लौरेको जंगल तर्फ । नजिक बाट फायरि◊ गरिरहेको चिथा सुपरपुमा आइस्लाण्डरले अग्नी सापकोटा भएको तर्फ भिषण बमबाड गरयो त्यो समय जीबन देवकोट कमरेड स्रोतले सिमलको बोटको कभर लिदै एल एम जीले प्रभावकारी फायर गरिरहे जंगल नजिकै पुुगेको सापकोटालाई हातमा एच एम जी गोलीको छर्रा लागेर घाइते भए यस्ता हजारौ चुनौतिलाई पचाएर संसद भवन भित्र छिरे पछि भने त्यो त्याग समपर्ण बलिदानको सपनाले सार्थकता भने पाएन परिवारबाद कै वरिपरिको रमाइलो देखियो ।
युद्ध स्थलमा भने ८१ को सेल लागेर घरहरु भत्कीए गाई बाख्रा गोरु जलेर काला भएका थिए । गाँउ पुरै आतंकित थियो देउराली भन्œयाङ्ग तर्फ जादै गर्दा भक्तराज थापा अपिल चिथा हेलिकप्टरबाट हानेको एच एम जीको गोली तिघ्रामा लागेर भुइमा ढले भगवती प्रधान प्रविणा गोले रविका लामा लालदिप अमृत आचार्य उमेश लगायत १३औं बटालियको साथीहरु धेरै घाइते भए । क.अन्जान,क रंजित क.संजीबले शहादत प्राप्त गरे । म लगायतका साथीहरु घाइते साथीहरुलाई बोकेर देउराली भन्œयाङ्क तर्फलाग्यो हामी देउराली भन्œयाङ्गमा मात्रै के पुगेका थियौ फेरि हेली हामी भएको ठाँउतिर आयो र हवाई फायर गर्न थाल्यो घरको छाना छानाबाट फायरिङ्ग गरिरहेको थियो बिरामी साथीहरुको सुरक्षाको लागी हामी फेरि जंगल तर्फ लाग्यो । हवाइफयरको लागि जंगल सुरक्षित स्थान हो हेलीले कताबाट हानेको हो थाहा हुन्छ र उसले फायरिङ्ग गर्ने दिशा पत्ता लगाएर कभर लिएर गोली छेक्न सकिन्थ्यो ।
घाइते कमरेडहरुलाई उपचार जीम्मा सम्बन्धीत जिल्ला पाटीहरुलाई दिइयो । स्थागित भएको कार्यक्रमलाई फेरि गर्र्ने निणर्य अनुसार वाङ्गथलीको स्कुलमा धुमधामका साथ स्वागत कार्यक्रम भयो अग्निी सापकोट र बर्षमान पुनले जनमुक्ति सेनालाई शुभकामना दिदै भनेको थिए कमरेडहरु यो संसार हाम्रो हो जीत सिंगो संसार हारे एउटा जिबन । साच्चै हो रहेछ संसार जितेर हारेका जनमुक्ति सेनाहरु त उनीहरुको लागि युद्धको बेलामा दुहुनो गाईरहेछन दुध आउन जेल खाए अनि काटन दिएको जस्तो पो । जनमुक्ति सेनाले बहादुरी पुर्वक नलडि दिएको भए उनी शान्ति प्रक्रिया पछि पटक पटक मन्त्री भए तर जनमुक्ति सेना युद्धमा लागेको गोली छर्राको उपचार नपाएर छटपटाइ छटपटाई मरे यो कारुणिक दृष्ले उनीहरुलाई छोएन । अर्को रोचकता के भने तेही भिडन्तमा परेका दुई नेता ओनसरी घर्ती र अग्नि प्रसाद सापकोट देशका सभामुख भए तर उनीहरुलाई ज्यानको बाजी थापेर बचाँउन जनमुक्ति सेना झाडी र खाडिमा जीबन बिताउन बाध्य छन । ठोर्कपाको भिडन्तमा जनमुक्ति सेनाले आफनो बहादुरीताको साथ लडयो दुश्मनको आधुनिक हतियारसँग बरु प्रतिकृयाबादीका सेनाहरुले भने ठुलै धक्का महशुष गर्न बाध्य भएको पक्कै हो । युद्धको सकार नकार पक्षलाई आत्मसाथ गर्दे जनमुक्ति सेना अर्काे फौजी तयारीमा लाग्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0