Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

को पहिले ?

प्रभातफेरी अनलाइन २५१४ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
को पहिले ?

डा. विदुर चालिसे
काठमाडौं

– ‘कुखुरा !’
– ‘अण्डा !’
– ‘अण्डा !’
– ‘कुखुरा !’
साइन्टिस्टहरुको गर्धनको छाला पातलिएको थियो। तालुको रौं खुइलिएको थियो । तरपनि कुरोको चुरो खुट्किएको थिएन र भ्रमपूर्ण मान्छेहरु बेलाबेला प्रश्न झिकिरहन्थे।
–‘कुनै बस्तु जन्म्यो भने न्यसको जन्मदाता अबश्य हुन्छ !’
त्यसपछि मेरो जन्मदाता बाबुआमा थिए । बाबुआमाको जन्मदाता हजुरबा हजुरआमा थिए । हजुरबा हजुरआमाको जन्मदाता जिज्यु बा जिज्यु आमा थिए ।
प्रश्न उठ्यो ।
–‘सन्ततीको प्रथम जन्मदाता को त ?’
–‘सत्यासत्य प्रकृति ! ’
–‘प्रकृतिलाई कसले बनायो त ?’
–‘नियमित आकस्मिकताले ! ’
एकदिन पत्रिका पढिरहेको थिएँ ।
पत्रिकाका अक्षरहरु पढ्न थालेँ । क्रमशःपहिलो उत्पत्ती बारे लेखेको रहेछ । फेरि पढ्न थालेँ । रोचक लागेर मनमा खुल्दुली थियो ।एकै साथ मनमा विचार आयो ।
‘को पहिले ?’
आफ्नै आत्मप्रशंसामा चिच्याउन थालेँ । मन ढक्क फुलेर आयो । कनिकुथी औंला भाँच्दै ‘म पहिला ’भनेर कण्ठ गरें । पत्रिकाको पातो फर्काएर वाहियात विवरण थपक्क राखेँ । वास्तवमा – ‘हो पहिले को ?’
लघु आकारका मानिसहरुलाई कार्टुनमा सजाइएको थियो । कार्टुनको मुख च्यातिएको,नाक नकटो,खुट्टा लुलो बनाइएको थियो ।मनमा लाग्यो । – ‘ सायद पहिलो मानव यहि हो !’
मनमा अर्कै जङ्ग चल्यो । पहिलोवालाको नाम, थर, ठेगाना, उमेर, क्षमता, योग्यता, पेशा र परिवेश देखेपछि आफैलाई झन कार्टुनिष्ट पो पहिले भन्ने लाग्न थाल्यो । कराएँ ।
‘ यो पनि लघु विचार हो ! ’
पत्रिका पढेर टेवुलमा राखेको थिएँ । भान्सामा भात पकाउँदै गरेकी ललिताले धाक छोडेर मलाई हैरान पार्दै भनिन् ।
‘ माया तपाईको पहिले कि मेरो ?’
मैले मपाइत्व छाँटेर पुरूषत्व दम्भमा हकारेर उनलाई भनेँ !
– ‘ म पहिले नि मायामा त ! ’
उनले गलल्ल हाँसेर मलाई रित्तै पारिदिइन् । पहिलो माया गर्ने भइखाको म रित्तिदारित्तिदैं ओठमुख सुकाएर चुप लागेँ । उनले मलाई स्यावासी दिएर भनिन् !
–‘तपाई पनि लघु सोचको हुनुहुँदोरहेछ ! ’
–‘ किन र ?’
–‘ खोइ त को पहिलो भनेर जडि कुरा पत्ता लगाएको !’
मैले पनि सरम पचाउन नसकेर कार्टुनको मान्छेलाई सम्झिरहेँ । कार्टुनले पनि मलाई खुब सोधिरहेको थियो झैं लाग्दै गयो ।
–‘भन न भन को पहिले त ?’
मेरो तालुको रौं पनि खुइलिएर झर्न थाल्यो।त्यसपछि गर्धन पिट्न थालें ।
–‘ थाहा छैन् !’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0