प्रभातफेरी अनलाइन२४८५ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार(४ साल अघि)
पौडेल विमन्सु
भन्दै थियो कसैले विश्वास गर्नु हुुन्न
इच्छा कुल्चेर आफ्नो सन्देश छर्नु हुन्न
बाचा दियौ तिमीले साँच्चै भन्यौ कि लाग्यो
दुख्दा रहर निमोठ्दा पनि कत्ति सर्नु हुन्न
बन्दैन कोही आफ्नो मनको उदार पनले
झाँगिन्छ वेदना झन् किन प्रेम भर्नु हुन्न
नव पालुवा पलाए तर बाग शुन्य देख्छु
किन फेरी भन्छ उसले सुख शान्ति मर्नु हुन्न
नबुझेर दुःख पाएँ नबुझी सम्बृद्धि देखेँ
किन लाग्छ जिन्दगानी नबुझेर तर्नु हुन्न ।