पौडेल विमन्सु
भन्दै थियो कसैले विश्वास गर्नु हुुन्न
इच्छा कुल्चेर आफ्नो सन्देश छर्नु हुन्न
बाचा दियौ तिमीले साँच्चै भन्यौ कि लाग्यो
दुख्दा रहर निमोठ्दा पनि कत्ति सर्नु हुन्न
बन्दैन कोही आफ्नो मनको उदार पनले
झाँगिन्छ वेदना झन् किन प्रेम भर्नु हुन्न
नव पालुवा पलाए तर बाग शुन्य देख्छु
किन फेरी भन्छ उसले सुख शान्ति मर्नु हुन्न
नबुझेर दुःख पाएँ नबुझी सम्बृद्धि देखेँ
किन लाग्छ जिन्दगानी नबुझेर तर्नु हुन्न ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |