Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई मुक्तक संग्रह सार्वजनिकःसबै क्षेत्रका व्यक्तित्व एउटै मञ्चमा

प्रभातफेरी अनलाइन २७१७ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
दुई मुक्तक संग्रह सार्वजनिकःसबै क्षेत्रका व्यक्तित्व एउटै मञ्चमा

पनौती । अपरान्हको समय । वरिष्ठ साहित्यकारदेखि नगरप्रमुख मात्र नभएर साहित्यका सर्जकहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । साहित्यका पाठक,पत्रकारहरु देख्दा लाग्थ्यो बगैंचामा फुलेका रंगीचंगी फुलहरु । अपूर्वको जमघट समाजसेवाको क्षेत्रमा लागेका अगुवाहरु पनि साहित्यको सुगन्धलाई नजिकवाट नियाल्दै गरेको दृष्य साँच्चै रमाइलो थियो । पनौती आफैंमा एउटा ऐतिहासिक एवं साहित्यको दृष्टिकोणले उर्वर भूमी पनि हो । न त आज कुनै राजनीतिक दलको आमसभा न त कुनै विकासे कार्यक्रम । त्यहाँ त नियात्राकार,समालोचक एवं कवि प्रदीप सापकोटा र कवि पूर्णबहादुर श्रेष्ठको मुक्तक कृति लोकार्पण कार्यक्रम हुँदै थियो ।

पनौती नगरप्रमुख भीम न्यौपाने,वरिष्ठ कवि साहित्यकार मोहन दुवाल, नगर उपप्रमुख गीता बन्जारा,वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा,साहित्यकार सुर्यप्रसाद लाकोजु,कवि एवं पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा,चिकित्सक एवं साहित्यकार डा.सुमन ताम्राकार,नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका संयोजक नारायण ढुंगाना,गायक एवं कवि विजयराम कर्माचार्य,शिक्षासेवी रामप्रसाद अधिकारी,संस्कृतिविद तुईकाजी ताम्राकार,आदि मञ्चमा विराजमान थिए ।

प्रदीप सापकोटाको ‘मनको वारपार’ तथा पूर्ण बहादुर श्रेष्ठको ‘पूर्णपात्र’को विमोचन प्रमुख अतिथि नगर प्रमुख सहित मञ्चमा आसिन साहित्यका विशिष्ठ व्यक्तित्वहरुले गरे । प्रफुल्ल मुद्रामा आफूले कोरेका केही कविताका हरफ सहित सहभागी सबैलाई स्वागत गरे पनौती न.पा. का निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले । प्रमुख अतिथि नगर प्रमुख भीम न्यौपानेले श्रष्टाहरुलाई माया गरौं,भाषा साहित्यको सम्मान गरौं भन्ने भावनाले नगरमा आफूले सदैव काम गरेको वताए । बिशिष्ठ अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रेली भूमीले आज दुईवटा मुक्तक कृति पाएकोमा आफु खुशी भएको बताए । मनको वारपारको वारेमा समालोचक डा.लेख प्रसाद निरौलाले तथा पूर्णपात्रको बारेमा कवि सूर्यप्रसाद लाकोजुले टिप्पणी गर्दै देश प्रेमका भावनाहरु प्रखर रुपले आएका मुक्तक भएको बताए ।मुक्तकमा कतै आक्रोस कतै विद्रोह र कतै प्रेमिल भावको अभिव्यक्ति पाएको जनाए । अर्का कवि रामसुन्दर देउजाले शुभकामना सहित मुक्तक सुनाए ।

समकालीन साहित्य प्रतिष्ठान,वेलायतले प्रकाशित गरेका दुई मुक्तक कृतिहरु लोकार्पण कार्यक्रममा कृतिकारद्धय प्रदीप सापकोटा र पूर्णबहादुर श्रेष्ठले आफ्ना मनका भावहरु व्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका महासचिव तथा समालोचक डा.लेखप्रसाद निरौला र सञ्चालन कवि नरेन्द्रकुमार नगरकोटीले गरेका थिए । यसअघि यात्राका इन्द्रेणी रंग नियात्रा प्रदिप सापकोटाले प्रकाशित गरिसकेका छन् भने पूर्णबहादुर श्रेष्ठको आज प्रकाशित पहिलो कृति हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0