डम्बर थामी “अनुपम”
“बहादुर बन । जोखिम उठाउ । अनुभवको स्थान अरु कसैले भर्न सक्दैन ।” – पाउलो कोएल्हो
उल्लेखित स्मरणीय भनाई (२४ अगस्ट, १९४७) मा ब्राजिलको रियो दि जेनेरियोमा जन्मेका प्रख्यात लेखक तथा उपन्यासकार पाउलो कोएल्होको हो । उनी कठोर धार्मिक क्याथोलिक परिवारमा जन्मेका थिए । उनको परिवारले उनलाई क्याथोलिक धर्म र आस्थामै विश्वास राखोस र धार्मिक पारिवारिक घेराबाट अन्यत्र नजाओस् भन्ने चाहन्थ्यो । तर उनी फरक स्वभावका थिए । उनले त्यो कठोर धार्मिक पारिवारिक घेरालाई तोडेर बाहिरी संसारमा विचरण गरे । स्वतन्त्रताको अनुभूति गरे । गाँजा समेत पिए । हिप्पी पनि बने । तर बाहिरी संसारको अनुभवहरु बटुल्दै अन्ततः उनी नामि लेखक साहित्यकार बने । सन् १९८६ मा उनले अटोबायोग्राफीमा आधारित ‘द पिलग्रिमेज’ भन्ने पुस्तक प्रकाशन गरे । त्यसको ठिक एक वर्षपछि फेरि सन् १९८७ मा ‘द अलकेमिस्ट’ भन्ने उपन्यास प्रकाशन गरे । जुन उपन्यास निकै प्रख्यात भयो । र अन्तर्राष्ट्रिय बेस्ट सेलरमा प¥यो ।
यसरी ऊनी होनहार बहादुर नबनेर जोखिम नउठाएको भए । विभिन्न देशहरूको भ्रमण नगरेर एकै ठाउँ कुँजिएर बसेको भए । उनले बाहिरी संसार देख्न सक्दैनथे । जब पारिवारिक चौघेरालाई तोडेर बाहिर निस्किए तब उनीमा असीमित चेतना जागृत भयो । हो यसरी नै हामीले पनि व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर निश्चित सामाजिक बन्धनलाई तोडेर महासमरको त्यो कठिन यात्रा तय गरेका थियौं । जनयुद्धको चुनौतीपूर्ण यात्रामा लामबद्ध भएका थियौं । पंक्तिबद्ध भएका थियौं । परिवर्तन भनेको त आफैंबाट शुरु गर्नुपर्छ । क्रान्ति गर्नु भनेको भोजभतेर गर्नु जस्तो होइन भन्ने कुरालाई असाध्यै मनन गरेका थियौं । हजारौं योद्धाहरुको बलिदानले रक्ततडागः जम्दै गए पनि समाजवादको कमल फूलाउने संकल्प गरेका थियौं । यसरी महासमरको कष्टपूर्ण भूमरीमा हाम फाल्दा अवस्य नै चुनौतीको गह्रुंगो पहाडले टाउकोमा कचक्कै किचेको थियो । थिचेको थियो । र मार्नु र मारिनुको दोसाँधमा उभ्याएको थियो । यही शिलशिलामा मैले यहाँ यस्तै प्रसंगको सटिक स्मरण गर्न गईरहेको छु ।
२०६० साल जेठ महिनामा दोलखा जिल्लाबाट सैन्य फर्मेशन (जनमुक्ति सेना नेपाल, चौधौं बटालियन ए कम्पनी कमिशार) को जिम्मा लिएर जाँदा समय परिवेश अनुसार म नितान्त नयाँ थिएँ । अनुभवजन्य ज्ञानको कमीले गर्दा शुरुमा हाम्रो कम्पनीले धेरै ठूलो उतारचढाव भोग्नुप¥यो । क्षति व्यहोर्नुप¥यो । दोरम्बा नृशंस हत्याकाण्डदेखि नै हामीले असंख्य चुनौतीका पर्खालहरु पार गर्नुप¥यो । म पनि पार्टी संगठनबाट सैन्य संगठनमा जाँदा बदलिँदो नयाँ परिवेश अनुसार योजना बनाउन नसक्ने केही कमजोरीहरु रहे नै । ममा अवस्य नै केही अन्यौलता परेकै हो । किनकि म मैनापोखरी मोर्चामा गम्भीर घाइते भएर सैन्य फर्मेशन छोड्दाको स्थिति र पुनः जोडिँदाको स्थिति आसमान र धर्ती बीचको फरक भईसकेको थियो । तैपनि सैन्य संगठनका जिम्मेवार कमरेडहरु बटालियन कमिशार क. कृपाश्वार, कमान्डर क. जीवित, सहकमान्डर क. रामजी र कम्पनी कमान्डर क. निर्मल अनि रामेछाप जिल्ला ईन्चार्ज क. ललितसँग छलफल, बहस र समन्वय गरेर योजनामा अगाडि बढ्ने प्रयत्न गरें । वस्तुवादी योजना निर्माणको सवालमा शुरुमा केही अन्योलता रहे पनि पछि जिल्ला र क्षेत्रको सापेक्षता अनुसार योजना बनाएर अगाडि बढ्ने कोशिश गरें । कम्पनी कमान्डर क. निर्मलसँग अझ घनीभूत रूपमा छलफल गरें । संखुवासभा जिल्लाको चैनपुर मोर्चाको जीउँदो सहिदको रूपमा चिनिने क. निर्मल निष्ठा, इमानदारी र लडाइँको हिरोको पर्याय थिए । यस्ता होनहार, बहादुर योद्धाहरु वर्गसंघर्षको दौरानमा विरलै पाईन्छन ।
दोरम्बा हत्याकाण्डपछि एकाएक युद्धबिराम पनि भङ्ग भयो र देशैभरि फौजी धक्काहरु भए । सर्लाही जिल्लाको बयलबासमा चौधौं बटालियनको एस.टि.एफ. ले पनि कमाण्डो रेड गरेर पहिलो मोर्चा खोल्न सफल भयौं । कम्पनी कमिशार भएर जाँदाको यो मेरो दोस्रो फौजी मोर्चा थियो । त्यो कमाण्डो रेड शानदार रूपमा सफल भएपछि हामी फेरि जिल्लाको फौजी गतिविधिमा सक्रिय भयौं । दोरम्बा हत्याकाण्ड पछि दुश्मन केही समयसम्म चुपचाप बस्यो । ‘पर्ख र हेर’ को नीति लियो । कतै पनि चलमलाएन । दोरम्बा हत्याकाण्डले हामी निकै आक्रोशित भएका थियौं । शोकलाई शक्तिमा बदल्ने प्रण गरेका थियौं । त्यसैले हामीले प्रतिरोधको विभिन्न योजना बनायौं । तर त्यो योजना कतै पनि सफल हुन सकेन । हामी हाम्रो कार्यक्षेत्रमै खेलिरहँदा २०६० साल कार्तिक महिनाको अन्तिमतिर एक्कासि दोरम्बा बजार भन्दा अलि माथिको डाँडामा चिता हेलिकप्टरबाट सेनाहरु ल्याएर क्याम्प नै खडा ग¥यो । एक दुई पटक अग्लेश्वरको डाँडा र गाल्बाको अग्लो डाँडाबाट एल.एम.जि. ले हेलिकप्टरलाई हान्यौं पनि । तर केही भएन । चिता हेलिकप्टर त्यति मजबुत तरीकाले बाहिरबाट रडैरडले जेलिएको हुँदोरहेछ । त्यहाँ जबर्जस्त सेनाले क्याम्प खडा गरेपछि हामीलाई ठूलो अवरोध भयो । त्यो ठाउँ हाम्रो लागि पनि निकै सामरिक महत्त्वको थियो । पूर्वी पहाडी जिल्लाहरुदेखि भित्री मधेस अनि तराईका जिल्लाहरुसम्म जोड्ने हाम्रो रुट नै बन्द हुन पुग्यो । र त्यहाँ क्याम्प खडा गरेपछि मेरो कम्पनीको एक जना बहिनी कमरेड प्रतीक्षा (बेली श्रेष्ठ) लाई पट्रोलिङ जाँदाखेरि सेनाले समात्यो । प्रत्यक्षदर्शी जनताको भनाइ अनुसार कमरेडलाई रातभरि खुल्ला चौरमा नाङ्गै बनाएर यातना दिएछ । बिहान भईसकेपछि ब्यारेक भन्दा अलि पर लगेर गोली हानी मारेछ । र कयौं दिनसम्म लास देखाएर हामीलाई एम्बुश पार्न खोजेको रहेछ । पछि लास गलेपछि गाउँलेहरुले कमरेडको शबलाई पूरिदिएछन । यो घटनाले पनि हाम्रो रगत आक्रोशले पेट्रोल झैं सल्किरहेको थियो । त्यसैले त्यो ब्यारेकमा दिनदिनै एउटा ग्रिनेडसम्म भए पनि पड्काईरहने योजना थियो । पड्काईरह्यौं पनि । हामीले पड्काउँदा उसले पनि दुई चार फायर गथ्र्यो । भेरिलाईट बाल्थ्यो सकिन्थ्यो । यस्तै चक्र चलिरहेको थियो ।
२०६० साल मंसिर ९ गते हामी एम्बुशको योजना बनाउन रामेछापको गजे डाँडामा पुग्यौं । प्राविधिक तयारीहरु ग¥यौं । माइनहरु बनायौं । हाते ग्रिनेडहरु बनायौं । हामीसँग भएका सबै हतियारहरु सफाइ ग¥यौं । त्यतिबेला हाम्रो कम्पनीमा लिडिङ उईपन (भिबमष्लन धभबउयल) को नाउँमा एउटा एस.एल.आर. मात्रै थियो । अन्य अटो हतियारहरु अर्को कमाण्डो एक्सनको लागि अन्यत्रै लगिएको थियो । मंसिर ९ गते राति दोरम्बा धारागाउँ भन्दा अलि माथि एम्बुश राखेर एउटा गुम्बामा खाना पकाउँदै थियौं । धारागाउँको डाँडामा आएर सेनाले एल.एम.जि. फायर ग¥यो । भेरिलाईटको सेलहरु हान्यो । तल दोरम्बा क्याम्पबाट माथि–माथि शैलुङ डाँडातिर ८१ एम.एम. मोर्टार सेलिङ ग¥यो । क. जमिन र क. कोशिशलाई एम्बुशमा राखेका थियौं । तर दुश्मन धारागाउँ भन्दा माथि आएन । त्यहाँबाट ब्यारेकतिरै फर्कियो । हामी पनि गुम्बाबाट निस्केर माथि खोलाखर्क बजारतिर लाग्यौं । त्यो ठाउँमा पहिलेदेखि नै सानो बजार थियो । केही पसल र जाँड भट्टिहरु थिए । हामी बजारमा एकछिन सुस्तायौं । भिडन्त गर्ने योजनाबारे थप सल्लाह ग¥यौं । हिउँ परेर अत्यन्तै चिसो थियो । तातो चिया पिउँदा पनि जाडो हराउन सकेन । जे भए पनि ब्यहोर्नै पथ्र्यो ।
केही चिउरा दालमोठ किन्यौं । त्यतिबेलाको हाम्रो प्रमुख खान्की नै चिउरा दालमोठ थियो । सबै जना अलआउट भएर पोजिशनमा बस्यौं । बिहान मिर्मिरे उज्यालो भयो । रातभरिको जाडोले सबैको हातगोडा सा¥है कठ्यांग्रिएको थियो । रगत जमेर नीलो भएको थियो । तैपनि हामी शैलुङ्को टुप्पोबाट फेरि तलतल झर्दै आयौं । ईन्टलिजेन्स परिचालन गरेर एम्बुश टोलीलाई चनाखो पारेर हामीले सबै टोलीलाई पोजिशनमा राख्यौं । कम्पनी कमान्डर क. निर्मलले निकै पहलकदमी लिए । सबै एसाल्ट टोलीलाई ठिक ठिक पोजिशनमा अलर्ट गराए । मैले पनि एउटा एसाल्ट कमान्डको जिम्मा लिएँ । किनकि राजनैतिक कमिशारहरुले पनि राजनीतिक र फौजी दुबै मोर्चा सम्हाल्न सक्ने क्षमता राख्नुपथ्र्यो त्यो बेला । नभए माताहतका योद्धाहरुले गफ मात्र छाँट्नेहरुलाई पत्याउँदैनथे । हाम्रो तर्फबाट ईन्टलीजेन्सहरुलाई पनि व्यापक रूपमा परिचालन गरेका थियौं । जब बिहानको एघार बज्न लागेको थियो तब मधुरो–मधुरो घाम लाग्न थाल्यो । त्यति नै बेला हाम्रो ईन्टलीजेन्स र ओ.पि. ग्रुपले दोरम्बा ब्यारेकबाट हामी भएतिर सेनाको टोली एल.एम.जि. पनि बोकेर बढ्दै आएको जानकारी दियो ।
त्यसपछि हामी थप सशक्त भएर सबै एसाल्ट ग्रुपहरू आ–आफ्नो पोजिशन लिएर बस्यौं । एम्बुश टोलीलाई पनि चनाखो हुन भन्यौं । नभन्दै साँढे एघार बजेतिर दुश्मन हाम्रो एम्बुश पोईन्टमा आईपुग्यो र साथीहरूले एम्बुश बिस्फोट गरे । माइनको आवाज धेरै ठूलो सुनियो । बिस्फोटमा परी एक जना सेना घाइते भए । थप फोर्स मगाएर घाइतेलाई ब्यारेकतिरै बोकेर लगे । बाँकी रहेकाहरु अन्धाधुन्ध फायरिङ गर्दै माथितिर उक्लन थाले । एल.एम.जि. र ईन्सासको अटो फायरलाई नै कभर बनाउँदै उनीहरू फायर एण्ड मूभको तरीकाले हामीतिर बढ्दै आए । हामी भन्दा माथि शैलुङ डाँडातिर ८१ एम. एम. पनि लगातार सेलिङ गर्न लागे । हामी उभिएको धर्ती निकै थर्किरहेको थियो । शैलुङको जङ्गल बम बारुदको धुवाँले कुहिरीमन्डल भयो । डाँफे, मुनाल, रानीचरी, मलेवा, चखेवा र विभिन्न चराचुरुङ्गीहरु उड्न लागे । मृग, घोरल, कस्तुरी, चौंरी गाइहहरु पनि तर्सिएर भाग्न लागे । शैलुङ्को टुप्पोमा रहेका लहरै उभिएका छ्योर्तेन नजिकैका लुङ्दारहरुले विजयको सन्देश दिंदै हामीलाई हात हल्लाईरहे । भिडन्त जारी नै रह्यो । हामीले रुख, ढुङ्गा, माटोको ढिस्को, डाँडो, खोल्सा, लहरा, पहराको प्राकृतिक आड लिंदै जवाफी फायर गरिरह्यौं । ठूलो भिडन्त जारी रह्यो । कुनै बाँच्ने ठेगान नभए जस्तो लाग्दै थियो । उनीहरू अझ आक्रामक रूपमा माथितिर फायरिङ गर्दै आए । अगाडि टू ईन्च मोर्टारको सेल पनि हान्दै आए । हामी हाईपोस्ट कब्जा गर्दै माथि चुट्टिमा आईपुग्यौं । चुट्टिमा आधा घण्टा जति त टिक्यौं । भीषण फायरिङ गरिरह्यौं । डि.सि.पि. सेल पनि हानीरह्यौं । तर उनीहरूको एकोहोरो फायरिङ्ले हामीलाई टिक्न दिएन । अनि आकाशमा फेरि हेलिकप्टरले फन्को लगाउन थाल्यो । सीमित हातहतियार र साहसले भिडन्त गरेको हाम्रो टोलीको साहस उच्च भए पनि युद्ध सामग्रीहरु, बुलेट, एम्युनेशनहरु सकिंदै गएकोले हामी रिट्रीट हुन बाध्य भयौं ।
त्यसपछि हामी त्यो शैलुङ डाँडाको चुट्टी छोडेर जब ओरालो लाग्यौं । दुश्मनले त्यो चुट्टी कब्जा ग¥यो । र हामीतिर निरन्तर फायरिङको वर्षा गरिरह्यो । टू ईन्च मोर्टारको सेल हानीरह्यो । टाउको माथि–माथि आकाशमा हेलिकप्टरले फन्का मारिरह्यो । हामीले हाम्रो फोर्सलाई एकत्रित गर्दै जङ्गलै जङ्गल हिंडेर बेलुकी रामेछाप जिल्लाको गौस्वारामा आएर सेल्टर लियौं । त्यो लडाइँमा सबै साथीहरू बहादुरीपूर्वक लडे । मेडिकलका बहिनीहरु क. कुमारी र क. लक्ष्मी पनि उच्च साहसकासाथ लडे । त्यसपछि हामीले भिडन्तको समीक्षा पनि ग¥यौं । भिडन्त ठूलो भए पनि हाम्रोतर्फ केही पनि क्षति भएन र आउने मोर्चाहरु अझ सशक्त ढंगले सम्हाल्ने प्रण ग¥यौं ।
त्यो भयानक भिडन्त जिन्दगीमा कहिल्यै पनि बिर्सन सक्दिन । स्मरण रहोस् अहिले आएर थाहा पाईयो कि त्यहाँ राजदलको फोर्स लगिएको रहेछ । तीन दिनको अप्रेसन भनेर लगिएको फोर्सलाई क्याम्प खडा गरेर राखिएको रहेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |