logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन१११३ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार(४ साल अघि)
मुक्तक

देवकी तिमल्सिना

हजुर इज्जत भए पो बेइज्जत हुने डर हुन्छ
नेताको भ्रष्टाचार गर्ने ठाउँमा मात्रै नजर हुन्छ
अगुवाहरु नै अराजक र भ्रष्ट बनेपछि अचेल
हिजो छुटेका सपनाहरुलाई भेट्ने रहर हुन्छ ।

पाखो बारी निखन्न र साहुको ऋण तिर्नका लागि
यस कारण उ बाध्य भयो मुग्लान छिर्नका लागि
आँसु र पसिना बेचेर के कमाउला कति कमाउला
विवशताहरुले तगारो हाल्छन् स्वदेश फिर्नका लागि ।

ए हजुर लौन उता छ कि यता छ सरकार
यस्तो लाग्छ यो देशमा खै कता छ सरकार
बाँधिएका छन् छेकिएका छन् यहि समाजमा
मान्छे मान्छेकै बीचमा असमानता छ सरकार ।