देवकी तिमल्सिना
हजुर इज्जत भए पो बेइज्जत हुने डर हुन्छ
नेताको भ्रष्टाचार गर्ने ठाउँमा मात्रै नजर हुन्छ
अगुवाहरु नै अराजक र भ्रष्ट बनेपछि अचेल
हिजो छुटेका सपनाहरुलाई भेट्ने रहर हुन्छ ।
पाखो बारी निखन्न र साहुको ऋण तिर्नका लागि
यस कारण उ बाध्य भयो मुग्लान छिर्नका लागि
आँसु र पसिना बेचेर के कमाउला कति कमाउला
विवशताहरुले तगारो हाल्छन् स्वदेश फिर्नका लागि ।
ए हजुर लौन उता छ कि यता छ सरकार
यस्तो लाग्छ यो देशमा खै कता छ सरकार
बाँधिएका छन् छेकिएका छन् यहि समाजमा
मान्छे मान्छेकै बीचमा असमानता छ सरकार ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |