Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्य लेख्नु भनेको समाज, देश र जनमनकै हितका खातिर हुनुपर्दछ

प्रभातफेरी अनलाइन ४३४१ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
साहित्य लेख्नु भनेको समाज, देश र जनमनकै हितका खातिर हुनुपर्दछ

मोहन दुवाल

(वि.सं. २०२७ सालदेखि साहित्यिक पत्रकारिता गर्दै आएका यिनी २०४५ माघदेखि जनमत नियमित रुपले प्रकाशन गर्दै आएका सक्रिय साहित्यिक पत्रकार हुन् । वि.सं. २०२३ सालमा नै आफ्नो मातृभाषाबाट कवितासङ्ग्रह प्रकाशित गराएर लेखन क्षेत्रमा सक्रिय रहँदै आएका यिनका ३० वटा साहित्यिक पुस्तकहरु प्रकाशित भएको देखिन्छ । जनमतका विविध नामबाट साहित्यकारहरुको सम्मान, स्वागत र प्रकाशन गर्दै आएका यिनकै सक्रियतामा बनेपामा ‘जनमत वाङ्मय पुस्तकालय’ को स्थापना पनि भएको देखिन्छ । उनी कवि, समालोचक, निवन्ध लगायतका विधामा उत्तिक्कै कलम चलाउँछन् ।
प्रस्तुत छ प्रभातफेरी साप्ताहिकका निम्ति प्रदीप सापकोटाले मोहन दुवालसँग लिएको अन्र्तवार्ता )

 

प्रश्न ः सन्चै हुनुहुन्छ ?
उत्तर ः गम्भीर रोग अहिलेसम्म नलागेकोले सञ्चै छु ।

प्रश्न ः हाल तपाई कुन विधामा सिर्जना गर्दै हुनुहुन्छ ?
उत्तर ः पद्य÷गद्य दुवै विधामा निरन्तर लेखिराखेको छु । आवश्यकतावोध भएपछि जुनसुकै विधामा कलम चलाउँछु । हाल विशेष गरी प्रकाशनमा आउन बाँकी कृतिहरुको सम्पादन गर्दैैछु ।

प्रश्न ः यहाँको लेखन यात्राको पृष्ठभूमी अलिकति राखिदिनुस न ?
उत्तर ः वि.सं. २०२० सालमा मेरो कविता ‘मेरो सपना’ पत्रिकामा प्रकाशित भएको हो । २०२३ सालमा नेपालभाषाको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वां’ प्रकाशित भएको र हालसम्म कविता, मुक्तक, निबन्ध÷लेख, आलोचना÷समालोचना, व्यक्तिवृत्त, नियात्रा, बालसाहित्य, सम्पादकीयका गरी ३० वटा पुस्तकहरु प्रकाशित छन् । त्यसमध्ये नेपालभाषाका दुईटा कविता–कृतिहरु प्रकाशित भएका छन् ।
परिवारबाट नै प्रेरणा पाएर लेखन–कर्म सुरु गरेको हुँ । लेखन यात्रा सुरु गरेको पनि ६ दशक पूरा हुन लागेको छ । ३८ वर्ष अगाडि नै जनमत पत्रिकाकाको सम्पादन कार्यमा लागेकोले लेखन यात्रा र कर्म त स्वतः सक्रिय रहने भई नै हाल्यो । त्यसैले मेरो लेखन यात्राको पृष्ठभूमिमा म लेखिरहन्छु र लेख्न पाउँदा गौरव अनुभव पनि गर्छु ।

प्रश्न ः तपाईको साहित्य लेखनको आदर्श चाँहि के हो ?
उत्तर ः जीवन र जगत्का लागि अझै भनौं मानव समुदायका हीतका लागि साहित्य लेख्न मन पराउँछु । मेरो साहित्यको आदर्श भनेको नै ‘मान्छे र जगत्’ नै हो ।

प्रश्न ः कोही साहित्य स्वान्तसुखाय लेखिन्छ भनिन्छ नि यसको राजनीतिसँग सम्बन्ध हुँदैन भनिन्छ । यहाँलाई के लाग्छ ?
उत्तर ः साहित्य समाज, देश र जन–मनकै हीतखातिर लेखिनु पर्दछ । आफ्नो स्वार्थ र सुखका लागि साहित्य लेख्छु भन्नेहरु समाज र देशका लागि हुनै सक्दैनन् । समाज, देश र जनमनबाट सम्मान पाउन समाज, देश र जनमनकै हीतखातिर साहित्य लेखिनु पर्छ ।

प्रश्न ः अलिकति प्रसंग बदलें । राजनीति र साहित्यको सम्बन्ध कस्तो हुन्छ र साहित्यले राजनीतिबाट प्रभावित हुनैपर्ने नियती हुन्छ र ?
उत्तर ः राजनीति र साहित्य भनेको फरक खालको विषयवोध गर्ने दृष्टि र विषयवस्तु हुन् । राजनीति दृष्टि साहित्यमा हुने गर्छ अर्थात् राजनीतिक बिम्ब साहित्यमा संप्रेषित हुन सक्छ । यसको अर्थ साहित्य राजनीतिबाट प्रभावित हुनै पर्छ भन्ने हुँदैन । नेताको भाषण साहित्य होइन तर त्यही भाषणबाट विषयवस्तु टिपेर कलात्मक शैली र भाषामा साहित्य लेखिन सक्छ तर राजनीतिलाई साहित्य बनाउने कल्पना गर्नु र साहित्यलाई राजनीति बनाउने धृष्टता बोक्नु र बोकाउने प्रयास गर्नु उचित हुँदैन । यसरी सोच्न थाल्यौं भने साहित्यको सौन्दर्य र गरिमा घट्ने हुन्छन् ।

प्रश्न ः जनमत बांगमय प्रतिष्ठान नेपाली भाषा साहित्यको लागि लामो समयदेखि निरन्तर र अविचलित छ । यो कसरी सम्भव भयो ?
उत्तर ः नेपाली भाषा–साहित्यलगायत नेपालमा बोलिने र लेखिने अन्य भाषा–भाषीको पनि सम्वद्र्धन, विकास, संरक्षण र प्रचार–प्रसारमा जनमत वाङ्मय प्रतिष्ठान नेपालको सक्रिय सहयोग रहँदै आएको र रहने विषयमा विश्वस्त गराउन चाहन्छु । जीवनमा धेरै गरियो । जिल्लाको राजनीतिमा कम्युनिष्ट भएर धेरै खालका सङ्घर्षहरुमा भाग लिएको विगत इतिहास ऐतिहासिक रहेको मात्र होइन उल्लेखनीय छ । समाजसेवामा पनि ‘काभ्रे बहुमुखी क्याम्पस’ को स्थापना, निर्माण, ंसंरक्षण र विस्तारमा आफूसक्दो लागियो मात्र होइन हालसालसम्म नेतृत्वकारी भूमिकामा रहेर सेवा पु¥याइरहेको छु । थुप्रै खालका सङ्घ–संस्थामा हालसम्म पनि सेवारत छु । यसैगरी शिक्षक आन्दोलनमा काभ्रेकै नेतृत्वमा सङ्लग्न रही राष्ट्रिय शिक्षक आन्दोलनमा पनि सक्रिय योगदान र सङ्घर्षमा डटेको विगत इतिहास बिर्सन नहुने इतिहास हुन गएको छ । यस्तै खालका विविध आयामहरुमा आफू सङ्लग्न रहेर सेवा गर्दा–गर्दै पछि साहित्यमा रस बस्यो । यसकै परिणतिमा जनमत वाङ्मय प्रतिष्ठान नेपालको जन्म भयो । निःस्वार्थ भावना, निरन्तर लगाव, अविचलित मनबाट नै भएको सिर्जना हो – ‘जनमत वाङ्मय प्रतिष्ठान नेपाल’ । के मात्र हुन सक्दैन निरन्तर र अविचलित मन बोकेर यात्रामा कुदेपछि !

प्रश्न ः यहाँको विचारमा अबको साहित्य कस्तो लेखिनुपर्छ ?
उत्तर ः आफूले बुझेअनुसारका स्पर्शहरु मनमा साँचेर निरन्तर लेखनमा लाग्ने थुप्रै साहित्यकारहरु छन् । मान्छेको भावनामा सत् रोप्न, खराब र कुरीति मास्न र अप्ठ्यारा सबै कुराहरु फाल्न÷निमिट्यान्न पार्न साहित्य लेखिनु पर्छ । मान्छेलाई मान्छे बनाउने मान्छे बन्न सक्ने भावना–उत्सर्ग भर्न साहित्य सिर्जना हुनुपर्छ ।

प्रश्न ः यहाँको साहित्यमा मन पर्ने विधा कुन हो ?
उत्तर ः समसामयिक विषयमा कविता लेखिरहन्छु । मेरा हजारौं कविताहरु पत्र–पत्रिकामा प्रकाशित छन् । बा¥हवटा काव्य कृतिहरु प्रकाशित छन् – त्यसैले कविता विधा मेरा लागि मनपर्ने विधा भएको छ । यसैसँग गाँसिएर मलाई मन परेको विषय सम्झिएर निबन्ध–प्रवन्ध पनि लेखिरहन्छु ।

प्रश्न ः काभ्रेबाट राष्टमै चर्चामा रहेका तपाई बरिष्ठ साहित्यकार हुनुहुन्छ । आफ्नो जिल्लाको साहित्यको अवस्था बारे थोरै चर्चा गरिदिनुस न ?
उत्तर ः काभ्रे जिल्ला साहित्य लेखन, साहित्यिक प्रकाशन, साहित्यिक अभियानका लागि प्रख्यात मानिन्छ । जनमतका साहित्यिक आयामहरु, शब्दयात्राका निरन्तर भइराखेका साहित्यिक प्रयासहरु अक्षरमार्गका उत्साहीत साहित्यिक प्रयत्नहरु, सयपत्रीका स्रष्टा दम्पति राष्ट्रिय सम्मानहरु, जूनकीरी, पनौती साहित्य समाज लगायत अन्य साहित्यिक संस्थाहरुका ऊर्जाशील कदमहरु सबै राष्ट्रमा देखाउन मिल्ने साहित्यिक ऊर्जाशील स्पर्शहरु हुन् ।

प्रश्न ः अन्त्यमा, यहाँलाई थप केहि भन्न मन छ कि सर ?
उत्तर ः साहित्यमा गुटबन्दी गर्ने, जबरजस्ती राजनीतिका गोटी बनाउने प्रयत्नहरु निरुत्साहीत तुल्याई दिनुपर्छ । राजनीतिक पार्टीको स्वार्थमा लेखकहरु प्रयोग हुनु हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0