Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“क्यान्टोनमेन्टभित्र हाजिरीजवाफमा प्रथम हुँदाको अमिट क्षण”

प्रभातफेरी अनलाइन ७०५८ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
“क्यान्टोनमेन्टभित्र हाजिरीजवाफमा प्रथम हुँदाको अमिट क्षण”

रचना मोक्तान ” यात्री ”

 

चितवन, शक्तिखोर (जुटपानी) को घना जङ्गल । चारैतिर बडेमानका सालका रुखहरु ।  शिशिर यामको प्रवेशसँगै पँंहेलिएर झरेका सालका पातहरु । सहिदको रगतले लिपिएका आँगन झैं राता माटाका समथर भूभागहरु । कुनै शिल्पकारले बनाए झैं धमिराका ढिस्काहरु । यसैको पेरिफेरिमा रहेको सैन्य नियम अनुसार बनाईएको अस्थायी (क्यान्टोनमेन्ट) शिविर । वरिपरि चार प्लाटुन र बीचमा कम्पनी कार्यालय । यसैगरी चार कम्पनी र बीचमा बटालियन कार्यालय । चार बटालियनको एक व्रिगेड । जुन व्रिगेड तेश्रो डिभिजन कार्यालयको सेक्युरिटीको रुपमा कार्यरत थियो । अरु व्रिगेडहरु भन्दा नजिक डिभिजन कार्यालयसँगै जोडिएको । घना जङ्गललाई फाँडेर बनाईएका ठूला-ठूला परेड ग्राउन्ड । सैन्य तालिमको लागि बनाईएका विभिन्न अब्सट्रयाकलहरु ।  भलिबल फुटबल कोर्टहरु, ब्याटमिन्टन र टेनिस कोर्टहरु । आहा ! सम्झँदा पनि मनै फुरुंग हुने। यी सबै संरचनाहरु सिमित श्रोत साधनबाट जनमुक्ति सेनाले नै बनाएका थिए । यति सुन्दर संरचनाहरु बनाउन हाम्रो धेरै धेरै पसिना बगेको थियो । हारबोरिङ अनुसार सैन्य शिविर बनाउन पनि निकै समय लाग्यो। शुरुमा स्याउलाले बारेका पालका छाप्राहरु बनायौ । त्यसपछि बिस्तारै बाँस र काठपातको डाँडाभाटा लगाएर खरको छाप्रो बनायौं ।त्यसपछि फेरि काठको पट्टाईले बारेर माथि जस्ताको छानो लगाएर चिटिक्कको घरहरु बनायौं । बस्नलाई अलि ढुक्क भयो । दिनहरु क्रमशः बित्दै गयो । ठाँउ ठाउँमा भेटघाट गर्नको लागि वा आराम गर्नको लागि चिटिक्कको प्रतीक्षालायहरु पनि बनायौ । ती प्रतीक्षालयमा पत्रपत्रीका र राजनीतिक सम्बन्धि , साहित्यिक सम्बन्धि , विश्व कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी लेखिएका  धेरै पुस्तकहरु हुन्थ्यो। अलिकति फुर्सदिला भयो कि मेरा आँखाहरु यस्ता यस्तै किताबहरुमा पुगिन्थ्यो । साच्चै भन्नुपर्दा किताब भन्दा विश्वासिलो साथी कोही बनेन । म किताबसङ्ग खुबै गफिन्थे । रम्थे । हाम्रो क्याम्प वरिपरिको खाली जग्गामा विभिन्न जातका  तरकारी खेती र केराहरु पनि लगायौ । जसले गर्दा वरिपरिको वातावरणले रोमाञ्चक बनाउँथ्यो । बजारबाट किन्ने तरकारी अलि कम गर्‍यौं र उल्टै तरकारी बेच्न पनि थाल्यौं । क्यान्टोनमेन्टमा बस्न थालेपछि जनताबाट चाहिँ अलि टाढिएको आभाष भयो । त्यसलाई पूरा गर्न वरिपरिका बस्तीका जनता र हामी बीचको जोईन्ट कमिटी पनि बनायौं । हामी बीचको आवस्यक कुराहरूमा छलफल पनि गर्दै गयौं । हामी त अवस्य नै चेन अफ कमान्डमा चल्नुपर्थ्यो । कतिपय मान्छेहरु चेन अफ कमान्डमा रहन नसकेर पलायन पनि भए । यसरी पलायनको क्रम बढेसँगै हाम्रो नफ्रीमा केही घटबढ हुने नै भयो । कहिलेकाही मलाई पनि शिविर छोडेर भागी जाउँ कि जस्तो नलागेको हैन । हामीमा कहिलेकाही विचारमा  विचलन आउनु  स्वाभाविक थियो। किनकि हामी निकास बिनाको जिन्दगी जीउनु निकै कठिन कुरा थियो । तर सर्वहारावादी विचारले जित्न सकेर मात्रै हामी रहन सक्यौं । आशै आशामा दिन बित्यो । महिना  बित्यो र वर्षहरु पनि बित्न थाले । जनमुक्ति सेनालाई कैदीको जस्तो दिनको ६० रुपैयाँ भत्ताले सबै आवस्यकताहरु पूरा गर्न गाह्रो थियो । सामान्य व्यक्तिगत आवश्यकता समेत कहिलेकाही पूर्ती गर्न सकिँदैनथ्यो। तैपनि हामी सहनशील भएर पार्टीको निर्देशन शिरोपर गरेर बसिरह्यौं । क्यान्टोनमेन्टमा सैन्य तालिम मात्र नभएर विभिन्न अतिरिक्त  कृयाकलापहरु पनि गर्दै आएका थियौं । जसमा बौद्धिक स्तर बढाउनको लागि हाजिरीजवाफ प्रतियोगीता , चेस प्रतियोगिताको आयोजना हुन्थ्यो । यति मात्र नभएर भलिबल , फुटबल , ब्याटमिन्टन र टेबुलटेनिस जस्ता खेलहरुको प्रतियोगिता हुन्थ्यो ।  आफ्नो क्षमता र रुचि अनुसार खेलहरुमा भाग लिन पाइन्थ्यो।
ठ्याक्कै गते चाहिँ सम्झिन सकिएन । २०६४ साल फाल्गुन महिना तिरको कुरो हो । कल्याण – अनिश स्मृति व्रिगेड कार्यालयले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्‍यो । म सानैदेखि लेख , पढ र साहित्यमा रुचि राख्ने स्वभावको थिएँ । त्यसैले पनि होला बटालियनबाट म पनि छनोटमा परेँ ।चारवटा बटालियन सहभागी थियो ।  प्रत्येक टिममा चार-चार जनाको समूह थियो । कम्पनी कमान्डर ग्रुप लिडर थिए । हाम्रो ग्रुप लिडरमा कम्पनी कमान्डर क. सुनिल थिए । नियमपूर्वक हाजिरीजवाफ प्रतियोगिता शुरु भयो । प्रतिस्पर्धा घमासान भयो । प्रश्न व्रिगेड  कार्यालयमा कार्यरत कम्पनी कमान्डर क. प्रतिभाले सोधेकी थिईन । समय बटालियन सह कमान्डर क. कर्मले हेरेका थिए । कहिलेकाही उत्तर नमिल्दा मन खिन्न हुन्थ्यो । आफ्नो समूहको भन्दा अर्को समूहको नम्बर बढी आउँदा हारिन्छ कि भनेर मनमा छट्पटी चल्थ्यो । प्रश्नहरु प्राय: युद्ध र राजनीति सम्बन्धी नै हुन्थ्यो । मार्क्सवादी दर्शन, भूगोल, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, मार्क्सवादी साहित्य, युद्ध र शान्ति, जनयुद्धको बेला भएको ठूल्ठूला युद्धहरु, भिडन्तहरु,  राज्यसत्तासँग गरेको पटक-पटकको शान्तिवार्ता, राजनीतिक घटनाक्रम सम्बन्धि नै हुने हुन्थ्यो । राणाकालीन समयमा भएको विभिन्न सुधारको कामहरुको बारेमा पनि सोधिन्थ्यो । उत्तर कहिले मिल्थ्यो त कहिले मिल्दैनथ्यो । यो स्वभाविक थियो । आफ्नो समूहले मिलाउन नसक्ने जस्तो प्रश्न आएमा अर्को समूहलाई पास गरिन्थ्यो । हाम्रो समूहको नेतृत्व कम्पनी कमान्डर क. सुनिलले गरेका थिए। (हाल उनी सेना समायोजन भएर काभ्रे जिल्लाको पाँचखाल आर्मी व्यारेकमा कार्यरत छन् ।) त्यतिबेला हामी सबैजना अन्डर एस. एल. सि. पास गरेका मात्र थियौँ । बीचमा पढाई छाडेर महासमरको यात्रामा होमिएकाहरुको जिन्दगी यस्तै थियो । तैपनि फुर्सदको समयमा विभिन्न ज्ञानबर्द्धक पुस्तकहरु  अध्ययन गरेकै भरमा विभिन्न शीर्षकमा घन्टौं राजनीतिक वैचारिक बहसमा सरिक हुन्थ्यौ। हाजिरी जवाफमा हामीले अङ्क थप्दै गईरहेका थियौं । यसैगरी क.आस्थाको समूहले पनि हामीलाई पछ्याउँदै आइरहेको थियो । कहिले हामी अगाडि र कहिले उनीहरू अगाडि हुने क्रम जारी रह्यो । एवं रीतले पहिलो राउन्ड सकियो । पहिलो राउन्डको नतिजा सार्वजनिक गर्दा  क. सुनिलको समूह ( हाम्रो समूह) १९ नम्बर ल्याएर पहिलो । क. आस्थाको समूहले १७ नम्बर ल्याएर दोस्रो । क. शृङ्खलाको समूह ११ नम्बर ल्याएर तेस्रो । र क, शङ्करको समूहले ९ नम्बर मात्र प्राप्त गरेको नतिजा सुनाउँदा  हामी खुशीले बुरुक बुरुक उफ्रियौं ।

पुनः दोस्रो राउन्डको शुरु भयो । पहिले झैं  लगातार प्रश्नहरु सोध्ने काम भयो । समूह भित्रकोले उत्तर मिलाउन नसकेर प्रश्न बाहिर जाँदा जसले मिलाउछ उसले एउटा चकलेट र एउटा कलम पुरस्कार पायो । प्रतियोगिता निकै रमाइलो थियो । तर हार्ला कि भनेर मन त्रसित पनि थियो । हाम्रो प्रतिस्पर्धी समूह पनि निकै शक्तिशाली थियो ।  कहिले  बराबर अङ्क प्राप्त हुन्थ्यो । कहिले उनीहरूको  समूह अगाडि । कहिले हाम्रो समूह अगाडि हुँदै समय बित्दै गयो । कार्यक्रमको अन्तिम अन्तिममा आएको जानकारीको साथै यति वटा मात्र प्रश्न पत्र बाँकी छ !  भनेर सूचना दिदा मुटु एक तमासले ढुक ढुक भईरहेको थियो । हामी सहभागी भएको समूहले कुनै पुरस्कार पाएन वा जित्न सकेन भने मेरो मन निकै लामो समयसम्म खलबलिने ग्यारेन्टी थियो। यसपालि पनि  जित्नैपर्छ भन्ने उद्देश्य थियो । मन खिन्न भयो । किनकि अंकतालिकामा हाम्रो नम्बर दोस्रोमा थियो । प्रश्नकर्ताले अब अन्तिम प्रश्न भन्दै प्रश्न सोधे ! “नेपालमा  सति प्रथाको अन्त्य कसले र कहिले गरेको थियो?” उत्तर दिने पालो हाम्रो समूहको थियो मलाई उत्तर सजिलै आउथ्यो अनि मैले हतार हतार लेखेर समूह नेतृत्व क. सुनिललाई दिए । उत्तर थियो “चन्द्र शमसेर । वि. सं. १९७७ ।  राइट एन्सर । पररर ताली बज्यो । ओहो ! अंकतालिकामा नम्बर हेरेको त बराबर पो भयो । वरिपरि रहेका दर्शकहरूले भने “ड्र भयो ड्र । अब अर्को  एक प्रश्न थप” भनी हुटिङ लाउन थाले । कोहीले आस्था आस्था  त कोहिले सुनिल सुनिल भनेर पक्ष विपक्षमा सपोर्ट लिन थाले । निर्णयक मन्डलको खासखुस सल्लाहपछि जानकारी भयो । “अब एक मात्र थप प्रश्न । यो प्रश्न क.आस्थाको समूहलाई ” भन्दा सासै रोकिएला जस्तो भयो । हुन त खेलमा हारजित स्वीकार गर्नैपर्छ । तर हार स्वीकार गर्न निकै गाह्रो भईरहेको थियो । अहिले पनि हार स्वीकार गर्न निकै कठिन पर्छ । हार्नुपर्दा महिनौसम्म मेरो मानसिकतामा असर पर्छ । किशोर अवस्थामा या  विद्यार्थी जीवनमा पनि विभिन्न अन्तर विद्यालय प्रतियोगितामा भाग लिन जान्थ्यौ । पहिलो, दोस्रो, या तेस्रो स्थान हासिल गरेरै आउथ्यौ । अनि पहिलो र दोस्रो हुन नसक्दा मन अमिलो  पारी अनुहारमा पीडाको बादल बोकेर विद्यालय फर्किन्थ्यौ । अनि स्कुलको गुरुहरुले सम्झाउनु हुन्थ्यो । “खेलमा यस्तो त भै हाल्छ नि निरास नहौ । फेरि जित्ने गरि तयारीमा जुट । अर्को पटक तिम्रो समूह तिमीले प्रथम स्थान हासिल गर्नेछौ।” निराश भएको बेला गुरुले आशावादी हुन सिकाउनु हुन्थ्यो । हौसला दिनु हुन्थ्यो । त्यही बेलाको याद आयो । यादले घचघच्याइ रह्यो । म कताकता हराइरहेको वा टोलाइरहेको देखेर होला नजिकै बस्ने क.बसन्तीले झकझकाइ दिईन । “ओइ! के भो? किन एकोहोरो ? अब प्रश्नको पालो उनीहरुको हो । ध्यान दिएर सुन । उनीहरुले मिलाएन भने जित हाम्रै हो ।” म सपनाबाट बिउँझे झै झस्किएँ ।
             “आजको हाजिरी जवाफको अन्तिम प्रश्न ।  प्रश्न कमरेड आस्थाको समूहलाई ।” “प्रश्न ध्यान दिएर सुन्नु होला । प्रश्न यस प्रकारको छ “चर्चित नमिता सुनिता हत्याकाण्ड कति सालमा र कहाँ घटेको थियो ? समय १५ सेकेन्ड मात्र ! “मैले बिहान  मात्रै त्यहीँ हत्याकान्डबारे पढेर गएकी थिएँ । उनीहरुको समूहबाट सही उत्तर नआओस् भनी सोचिबसें । यत्तिकैमा  घन्टी टिनिनी बज्यो । त्यो समय सकिएको जानकारी थियो । त्यसपछि त्यो प्रश्न हाम्रो समूहलाई सोध्नु अगावै मैले कपिमा ०३७ साल कास्कीको पोखरामा भनी सफा अक्षरमा उत्तर लेखेर क. सुनिलको अगाडि राखी सकेको थिएँ । क. सुनिल जुरुक्क उठे र कपिमा हेर्दै “०३७ साल कास्कीको पोखरा” भनेर बस्न नपाउदै “राइट एन्सर” भनी प्रश्न कर्ताले भनिन । गडगडाहाट ताली बज्यो। खुसीको सीमा रहेन । विद्यार्थी जीवनपछिको पहिलो बौद्धिक लडाइँमा प्रथम स्थान हासिल गर्न सफल भयौं । यतिका खुसी त भूमिगत भएपछि कुनै पनि लडाइँमा भएकै थिएन । चाहे त्यो कम क्षती र धेरै हतियार कब्जा गरेको सफल आक्रामण काभ्रेको दाह्रेगौडा लडाईंमा होस ।
          निर्णायक मन्डलले निर्णय सुनायो र पालैपालो पुरस्कार ग्रहण गर्न मन्चमा बोलायो । व्रिगेड सह  कमान्डर क.शरदले रातो टीका  लगाए । क. जीवितले पुरस्कार प्याक गर्ने झिलिमिली प्लास्टिकले बेरेको एक पोका पुरस्कार मेरो हातमा थमाइ दिए । म खुसीले गदगद भएँ । बटालियन कमान्डरहरुले क. अनुपको बटालिएनलाइ बधाई भनी कमान्डरहरु एक आपसमा हात मिलाउदै थिए। हामी पनि सामूहिक भावनामा खुब रम्यौ । प्रतियोगिता यसरी नै सम्पन्न भयो । बटालियनमा आएर पनि हामी कसले कतिवटा प्रश्न मिलायौ भनेर छलफल गर्‍यौं । पुरस्कार के के रहेछ ? भनेर खोलेर हेर्न थाल्यौ । पुरस्कारको पोको मेरो भागमा “हार्ड कभरवाला बाक्लो डायरी, एक प्याकेट राम्रो डटपेन,म्याक्सियम गोर्कीको चर्चित आमा उपन्यास , क. आहुतीद्वारा लिखित रातोघर उपन्यास ।” रहेछ । आहा ! त्यो पुरस्कार अहिले पनि साथमा जतन गरि राखेको छु । आज पनि कल्याण – अनिस स्मृति व्रिगेडद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगीतामा सहभागी भइ प्रथम स्थान हासिल गरेको प्रथम पुरस्कार भनी लेखेको डायरी साथमै छ । हामीसँग साथमा रहने भनेको यस्तै सम्पत्ति मात्र रहेछ । अनि अमिट यादहरु मात्र रहेछ । आज कहाँ पुग्यो त्यो बेलाको जुझारु कमान्डरको टोली । त्यो बेलाको एक आदेशमा मर्न तयार हुने योद्धाहरु ! आज कहाँ  पुगे ? माओवादी पार्टी र जनमुक्ति सेना निर्माण गर्ने मूल नेतृत्व पंक्तिहरु ? उनीहरूलाई नै थाहा होला ! हिजोको योद्धाहरुसँग हुने भनेको यस्तै अनुभूतिको अजम्बरी पहाडहरु मात्र हुने रहेछ ।
        यसरी कलम र बन्दुकको लुकामारीसँगै आज त्यही इतिहासको एक कठघराको फड्के किनारामा उभिएर विगतप्रति घोत्लिरहेछु । अस्तु !!
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0