Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताका पाँच मुक्तक

प्रभातफेरी अनलाइन १३९५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
साताका पाँच मुक्तक

राजन सिलवाल, खोपासी

 

१.

आफ्नै जिन्दगीको रथ तान्न सकेको छैन

मान्नु पर्नेहरु धेरै छन् मान्न सकेको छैन

किताब सयौँ पढियो, हिँडियो लाखौँ पाइला

मृत्युभन्दा पर के छ, जान्न सकेको छैन ।

२.

यहाँ मर्न पनि, बाँच्न पनि लाम भेटिन्छ

सिंंगो जिन्दगीले गर्न नसक्ने काम भेटिन्छ

उस्तै नै लाग्छ मलाई जिन्दगी र सिक्का

एक पाटोमा नाम अर्कोमा बदनाम भेटिन्छ ।

३.

हामी भविष्य खोज्दै खोज्दै यो धरती सारा जान्छौँ

देशको माया लाग्छ सुस्ता, चाँदनी–दोधारा जान्छौँ

के छ कुन्नि त्यस्तो आँसुमा र आँसुजस्तै पानीमा ?

विकट छ, विकास छैन र पनि डोल्पा र रारा जान्छौँ ।

 

४.

जो जहाँ छौँ, इमान्दार छौँ कि छैनौँ भन्ने कुरा हो

देशको नुनप्रति बफादार छौँ कि छैनौँ भन्ने कुरा हो

सम्मान पनि दिएको देखिन्छ, विभुषण र पदक पनि

मुख्य सवाल होनहार छौँ कि छैनौँ भन्ने कुरा हो ।

 

५.

खुसी हुनु छैन मलाई कुनै फूलमाथि टेकेर

सोच्दिनँ नदीभन्दा माथि छु, पुलमाथि टेकेर

हृदयदेखि नै नमन गर्न मन लाग्छ मलाई

जो उठ्ने गर्छन् विगतका भूलमाथि टेकेर ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0