Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माटो दिवसलाई अवसरको रुपमा प्रयोग गर्दै पनौती

प्रभातफेरी अनलाइन १४६५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (४ साल अघि)
माटो दिवसलाई अवसरको रुपमा प्रयोग गर्दै पनौती

काभ्रे । ‘माटोको अम्लीयकरण रोकौं, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नाराका साथ विश्व माटो दिवस २०७८ लाई पनौती नगरपालिकाले नगरवासीहरुलाई अवसरको रुपमा लिएर उपयोग गर्न आग्रह गरेको छ । माटोमा दिनप्रतिदिन अम्लीयपनले उत्पादनलाई क्षयीकरण गरिरहेको अवस्थामा कृषि तथा पशुपंक्षी शाखा र माटो तथा मल परीक्षण प्रयोगशालाको संयुक्त आयोजनामा संचालित माटो जाँच शिविर सम्पन्न गरेको छ ।
कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने कार्यक्रमका प्रमुख अतिथि पनौतीका नगर प्रमुख भिम न्यौपानेले पनौती नगरलाई सम्वृद्ध बनाउन कृषि र पशुपालनमा उन्नत तवरले बिकास गरेर मात्र सम्भव भएको उल्लेख गर्नुभएको थियो । नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा माटो परिक्षण र कृषि चुन वितरण गरिएको र आगामी दिनमा पनि कृषि र पशुपालनका हरेका कार्यक्रममा नगरपालिकाले कृषकसँग हातमा हात मिलाउँदै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
उक्त शिविरमा नगरभित्रका ४ सय ३ माटोको नमुना परिक्षण गरी सोको लागि आवश्यक पर्ने कृषि चुन निशुल्क वितरण समेत गरिएको पनौती नगरपालीका कृषि तथा पशु शाखा प्रमुख एवं कृषि विज्ञ मणि सापकोटाले जानकारी गराउनुभएको थियो ।
पनौती नगरपालिकाको आयोजनामा यस क्षेत्रका खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको कारण नै यस किसिमका शिविरहरु सञ्चालन गर्नुपरेको विज्ञ सापकोटाको दाबी छ । तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औंल्याएको जानकारी विज्ञ सापकोटाले गराउनुभएको थियो । गत आइतबार बिश्व माटो दिवसको अवसरमा पनौती नगरपालिकाको प्रांगणमा आयोजित बृहत माटो जाँच शिविर तथा कृषि चुन वितरण गरिएको थियो ।
पनौतीका १२ ओटै वडाका विभिन्न क्षेत्रका ४ सय भन्दा बढी माटोको नमुना परिक्षणमा जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडाका डाक्टर जनार्दन खड्काले बताउनुभएको थियो । त्यसपछी माटोमा प्रांगारिक पदार्थको मात्र पनि कम पाईएको डाक्टर खड्काले जानकारी दिनुभएको थियो । साथै उहाँले नेपालमा खेतियोग्य जमिनको ५० प्रतिशत भन्दा बढी माटोमा अम्लीय समस्या रहेको बताउनुभएको थियो । बागमती प्रदेशमा ७० प्रतिशतसम्म माटोमा अम्लीय समस्या रहेको सो अवसरमा डा. खड्काले जानकारी दिनुभएको थियो ।
कृषि तथा पशु विकास समितिका संयोजक गुणनाथ सापकोटाको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी तथा प्राविधिकहरुको उपस्थितिमा उक्त शिविर सम्पन्न भएको थियो ।
त्यसैगरी कृषि ज्ञान केन्द्रका तर्फबाट तेज प्रसाद दवाडीले माटोको अम्लीयकरण रोक्न सकियो भने पनि कृषि उत्पादनमा दोब्बर वृद्धि हुने बताउनुभएको थियो । माटोको अम्लीयपनाको रोकथामको लागि कृषि चुन प्रमुख औषधि रहेको सो अवसरमा बताउनुभएको थियो । संकलित नमुना विश्लेषण गर्न उपकरणहरू जडित घुम्ती प्रयोशालाबाट माटोको पी.एच प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फोरस र पोटासको परिक्षण गरिएको थियो । माटो दिवसको अवसरमा माटो तथा मल परिक्षण प्रयोशाला हेटौडाको तर्फबाट १० मेट्रिक टन र पनौती नगरपालिकाबाट १० मेट्रिक टन कृषि चुन र केहि कृषि तत्वहरु निःशुल्क वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0