Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पूर्वी कमान्डको सैन्य भेला (शिशाचौर) को सम्झना

प्रभातफेरी अनलाइन ७६२० पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (४ साल अघि)
पूर्वी कमान्डको सैन्य भेला (शिशाचौर) को सम्झना

डम्बर थामी “अनुपम”

“मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।” – क. माओ

उक्तोक्ति चिनियाँ जनवादी क्रान्तिका नायक तथा सर्वहारावर्गका महान नेता क. माओ त्सेतुङको हो । उनको यो सारगर्भित भनाइले हाम्रो हृदयमा साहस, सौर्य र वीरताको ज्वालामुखी फुटेर आउँछ । अनि राता–ताता क्रान्तिकारी लाभाहरु फिंजारिन्छन । यस्तै–यस्तै अजम्मरी, प्रेरणादायी, उत्साहमयी विचार बोकेको उक्तिबाट प्रभावित भएर हामी पनि रापिलो मुक्तिसंग्राममा प्रमोहित भएका थियौं । मुक्तिसंग्रामको त्यो चुनौतीपूर्ण लम्बे अभियानमा काँधमा बन्दुक र पिठ्युँमा गोली बारुदको झोला बोकेर स्वतस्फूर्त रूपमा सहर्ष सरिक भएका थियौं । नेताहरूको भाषण त झन् अहिले नै तुरुन्तै जनवाद आईहाल्ला कि जस्तो थियो । (जनवाद त आयो कि आएन ? तिनै क्रान्तिका ठेकेदारहरुलाई थाहा होला ! दिनमा उदाउने घाम र रातमा उदाउने चन्द्रमालाई थाहा होला !) शुरु शुरुमा त जनयुद्ध एक झिल्को चिनगारी झैं थियो । कालान्तरमा शनैः शनै ः बढ्दै–बढ्दै गएर भीषण डढेउलोको रुप लियो । सामन्त, जाली फटाहाहरुको ऐसको स्वर्गमाथि कालो धुवाँको मुस्लो उड्यो । जाली फटाहाहरु अत्यन्तै तिल्मीलाए । सगबगाए । गरिबमारा सरकार र उसका सुरक्षा अङ्गका साँढेहरु पनि डुक्रिदै हिंडे । चरम दमनमा उत्रिए । नेपाली मौलिकतामा मौलाएको मुक्तिसंग्राम पनि क. माओकै सैन्य विज्ञानमा आधारित थियो । ‘गाउँबाट शहर घेर्ने !’ ‘दीर्घकालीन सशस्त्र जनयुद्धको माध्यमबाट राज्यसत्ता कब्जा गर्ने ।’ यो अकाट्य रणनीति थियो । ‘जनता माटो हुन्, सम्पूर्ण काडरहरु बिज हुन् । त्यसैले जनतामा अंकुरानुपर्छ र झांगिनुपर्छ ।’ भन्ने भनाइले त झन् जुरुक जुरुक बनाउँथ्यो । सही र सत्य कुरा पनि यही नै थियो ।
यसरी मुक्तिसंग्राममा प्रभाती सूर्यको किरण जस्तै भर्भराउँदो युवा दस्ताहरु पनि स्वतस्फूर्त रूपमा प्राणको बाजी लगाएर सहभागी भएका थिए । शान्त समुद्रमा अनायास उठेको भीमकाय ज्वारभाटा झैं क्रान्तिको रापताप संसारभरि फैलिएको थियो । सैन्य फर्मेशन पनि वाई.सि.एल., लडाकु दस्ता, स्क्वायड, प्लाटुन, कम्पनी हुँदै डिभिजनसम्म पुगेको थियो । हतियार पनि खुकुरी र भरुवा बन्दुकबाट ३–०–३, एस. एल. आर., एल.एम.जी., जि.पि.एम.जी. हुँदै ८१ एम.एम. मोर्टारसम्म पुगेको थियो । र लडाइँ पनि छापामार युद्धबाट मोर्चाबन्दी युद्धसम्म पुगेको थियो । युद्ध रणनीति पनि रणनीतिक रक्षा, सन्तुलन हुँदै आक्रमण–प्रत्याकमणसम्म पुगेको थियो । इतिहासको यो उस्तादी–चमत्कारी, प्रलयकारी प्रक्रिया थियो । यसै पेरिफेरिमा रहेर मैले यहाँ जनयुद्धमा सैन्य विकास र विस्तार भएको एक महत्त्वपूर्ण दिनलाई स्मरण गर्न गईरहेको छु ।
पूर्वी कमान्डको सैन्य फर्मेशनको विकास र विस्तारको ऐतिहासिक प्रसंगहरुको सम्झना गर्नु पर्दा शुरुका दिनहरूमा जिल्ला स्तरीय स्क्वायड टोलीहरुले नै फौजी या गैर फौजी कार्वाहीहरु गर्थ्यो । माइनिङ, सेवोटेज र सानातिना रेडहरु पनि स्क्वाएडले नै गर्थ्यो । विशेष गरी त्यतिबेलाको गुरिल्ला स्क्वायडको सैन्य रणनीति ‘हान र भाग’ (ज्ष्त बलम च्गल) नै हुन्थ्यो । किनकि हामी रक्षात्मक अवस्थामा थियौं । रेड (च्बष्म) हरु पनि कमाण्डो स्टाईलको हुन्थ्यो । विस्तारै क्वालिफाईड स्क्वायडहरु जोडेर पूर्वी कमान्डले २०५५ सालको अन्ततिर सैन्य संरचना प्लाटुन स्तरको बनायो । र २०५५ सालको ’किलो शेरा टू’ (क्भबचअज बलम प्ष्िि) ज्यानमारा अप्रेसनपछि एउटा आक्रामक टोली एस.टि.एफ. बनायो । त्यही एस.टि.एफ. ले क्रमशः फौजी ढोकाहरु खोल्दै गयो । एस.टि.एफ. बनेपछि काभ्रे जिल्लाको भिमखोरी चौकी रेडदेखि रामेछापको दोरम्बा ईलाका प्रहरी चौकी रेडसम्म आईपुग्दा निकै ठूलो फौजी ज्ञान र अनुभव हाँसिल गरिसकेको थियो । दोलखाको मेलुङ र सिन्धुलीको जरायोटार मोर्चा चाहिँ केही कारणवस असफल भएको थियो । तर यो स्थितिसम्म आईपुग्दा पनि दुश्मन झन उत्तेजित भएर आएको अवस्था थियो । हत्या र दमनका शृङ्खलाहरु मच्चाईरहेको थियो ।
२०५६ साल मंसिर १५ गते दोलखाको मेलुङ मोर्चा असफल भएपछि हामी काभ्रेको म्हाभारतिर लाग्यौं । म्हाभार पुग्नु भन्दा अगाडिको समयमा चौंरीको बाँझेमा आधार ईलाकाको घोषणा । बीच बाटोमा महिला र पुरुषको फरक–फरक सेक्सनको घोषणा । महिला ब्यारेक र पुरुष ब्यारेक छुट्टाछुट्टै बनाउने घोषणा, हतियार विन्यास ! आदि कामहरू भए । (यी विषयवस्तुको बारेमा आगामी दिनहरूमा चर्चा गर्ने नै छु ।) करिब चार, पाँच महिना म्हाभार ईलाकातिरै काम गरेपछि २०५६ साल चैत्र महिनामा म जिल्ला संगठन समिति दोलखाको जिल्ला सदस्य भएर जिल्ला फर्किएँ । त्यतिबेलाको मेरो जिम्मेवारी फौजी रुपमा सेक्सन कमान्डर र राजनीतिक रूपमा जिल्ला सदस्य थियो । तर पनि एस.टि.एफ.(मुख्य फोर्स) ले गर्ने प्रत्येक फौजी कार्वाहीहरुमा म सहभागी हुने मौका पाउँथें । पूर्वी कमान्डको ईन्चार्ज भएर क. मोहन वैद्य (किरण) आएपछि पार्टी र सेनाको काम अलि व्यवस्थित हुन थाल्यो । २०५६ साल चैत्र महिनामै दोलखा जिल्लाको पाँडेखानीमा क. किरणको प्रमुख आतिथ्यमा राजनैतिक प्रशिक्षण सम्पन्न भयो । त्यो प्रशिक्षण सम्पन्न भएपछि सोलुको जूनवेंशी ईलाका प्रहरी चौकी कब्जा गरेर पुनः फौजी कार्वाहीको ढोका खोल्यौं । त्यसपछि अभियानात्मक रूपमा किराँतीछाप, ठोकर्पा, जरायोटार र दोरम्बा चौकी रेड ग¥यौं । बीच बीचमा सफल एम्बुशहरु पनि भए । यस मध्य जरायोटार मोर्चा पूर्ण रूपमा सफल हुन सकेन । यसरी हामी जीत र हारको प्रक्रियाबाट गुज्रियौं । तर पनि हाम्रो फोर्स विभिन्न चुनौतीका बाबजुद निरन्तर रूपमा लडिरहेकै थियो । दोरम्बा सफल रेडपछि पूर्वी कमान्डमा सैन्य फर्मेशनको विकास र विस्तारको टड्कारो आवस्यकता देखियो । यतिबेलासम्म पश्चिम कमान्डले कम्पनीहरु निर्माण गरिसकेको थियो ।
सैन्य फर्मेशन र पार्टी संगठनलाई पनि मात्रा र गुणमा अब्बल बनाउन । २०५७ साल मंसिर १ गते । साबिक लामिडाँडा गा.वि.स. वडा नं ९ को शिशाचौर भन्ने ठाउँमा पूर्वी कमान्डको सैन्य भेला र पार्टी संगठनको राजनैतिक प्रशिक्षण कार्यक्रमको आयोजना भयो । त्यतिबेला लापिलाङ र लामीडाँडा हाम्रो आधार ईलाका नै थियो । पार्टीका हरेक गतिविधिहरु यही गाउँठाउँमा हुन्थ्यो । (हाम्रो गाउँ लापिलाङ, गुजर्पा त झन् क्रान्तिकारीहरुको ब्यारेक जस्तै थियो । सैन्य तालिमदेखि लिएर हतियार बनाउने काम पनि हाम्रै गाउँमा हुन्थ्यो ।) त्यो प्रशिक्षण कार्यक्रममा पूर्वी कमान्डका सबै जिल्लाका जिल्ला सेक्रेटरीहरु, ज.व.स. र मोर्चाका संयोजकहरु, एस.टि.एफ., प्लाटून र स्क्वायड सहितका कमान्डरहरुको भव्य सहभागिता रहेकोे थियो । प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक थिए क. मोहन वैद्य (किरण) । क. किरण हाम्रो गाउँमा पहिलो पटक आएका थिए । त्यतिबेला जनवादी गायक क.माईला लामा र मणि थापा पनि आएका थिए ।
कालिन्चोकको काखमा अवस्थित । सम्मुखमा हिउँको सेतो च्यादर ओडेको गौरीशंकर हिमाल । तुसारे शिशिरको चिसो–चिसो बतास । नाकैमुनि ईलाका प्रहरी कार्यालय सिंगटी । तामाकोशीको एकोहोरो सुसाई । तर पनि मुक्तिकामी जनता र छापामारहरुको सुरक्षा घेरामा गर्मागर्मी बहस । सबै जिल्लाहरुको उत्साहजनक फौजी र गैरफौजी रिपोर्टिङ । प्रमुख अतिथिबाट रिपोर्टिङको संश्लेषण । र भावी रणनीति र कार्यनीतिको बारेमा दिशानिर्देश गर्ने काम भयो । त्यतिबेला मुख्य सम्पर्क स्थान हाम्रो घर थियो । हाम्रो घरमा आईपुगेका कमरेडहरुलाई प्रशिक्षण स्थलसम्म पु¥याउने काम हाम्रो गाउँको संगठनले गरेको थियो । हिमालदेखि तराईका कमरेडहरु सहभागी भएको त्यो प्रशिक्षण तीन दिनसम्म चल्यो । राजनीतिक प्रशिक्षण र सैन्य भेला पनि एकैसाथ सम्पन्न भयो ।
त्यही सैन्य भेलापछि पूर्वका केही जिल्लाहरुमा प्लाटूनको विकास भयो । प्लाटुनको विकास नभएका जिल्लाहरुमा जिल्ला स्तरीय गुणात्मक स्क्वायडहरु, एस.टि.एफ. हरु गठन भयो । प्लाटुनहरु घोषणा भएका जिल्लाहरुमा सिन्धुली+सर्लाहीमा क.प्रमोदको कमान्डमा एउटा प्लाटून । काभ्रे+रामेछापमा क.सन्जीवको कमान्डमा एउटा प्लाटुन । सिन्धुपाल्चोक+दोलखामा क. मुक्तिको कमान्डमा एउटा प्लाटून । सोलु+ओखलढुंगामा क. प्रभातको कमान्डमा एउटा प्लाटुन गरी जम्मा चार प्लाटूनको औपचारिक फर्मेशनको घोषणा भयो । र समानुपातिक रूपमा हतियार विन्यास पनि भयो । प्लाटुनहरु घोषणा भएपछि सबै प्लाटुनहरु सापेक्षिक फौजी कार्वाहीहरु गर्नको लागि आ–आफ्नो कार्यक्षेत्र लाग्यो । र स्क्वायडहरु पनि आ–आफ्नो कार्यक्षेत्रतिर लागे । बीच बीचमा आ–आफ्नो सापेक्षता र क्षमता अनुसार फौजी कार्वाहीहरु पनि भए । सबै प्लाटुनहरुले फौजी श्रेष्ठता हासिल गर्दै गए । पछि त्यही प्लाटुनहरु जोडिएर अस्थायी कम्पनीको सैन्य संरचना बन्यो । त्यही अस्थायी कम्पनीले पुनः दोलखा जिल्लाको मैनापोखरी ईलाका प्रहरी चौकी रेड गरेर अलि ठूलो पैमानामा फौजी कार्वाहीको ढोका खोल्यो । मैनापोखरी मोर्चापछि लामीडाँडाकै बजेनीमा मैनापोखरी मोर्चाको समीक्षा सहित १० दिने फौजी प्रशिक्षण पनि भयो । त्यसपछि फेरि ओखलढुंगाको खानीभन्ज्याङ फौजी कार्वाही सफल पारेर स्थायी कम्पनीको घोषणा भयो ।
यसरी इतिहासलाई फर्केर हेर्दा क्रान्तिकारी कदमका पल पलका ऐतिहासिक यादहरु उकुच पल्टे झैं बल्झिरहन्छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0