Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“थामी जातीको संक्षिप्त परिचय”

प्रभातफेरी अनलाइन १३२८६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (४ साल अघि)
“थामी जातीको संक्षिप्त परिचय”

सुमित्रा थामी “अविरल”
दार्जिलिङ

साखालेकाई आप्रा बचिन्टे अनि सेवा !
जब एउटा शिशुले आमाको गर्भबाट संसारमा पाइला टेक्छन् ,मलाई लाग्छ उसले एउटा हत्केलामा मृत्युु अनि अर्को हत्केलामा आफ्नो जात, धर्म, संस्कार संस्कृति बोकेर आएका हुन्छन्, जसलाई जन्मसिद्ध अधिकार भनिन्छ ।
हुन त कुनै पनि जातिको ईतिहास दुई पन्नामा सिमित हुन्न जसलाई केहि क्षणभित्र केलाउन कहाँ सकिन्छ र ?? अपितु एकदमै संक्षिप्त बुँदाहरूलाई हजुरहरू समक्ष पस्किन गईरहेकी छु ।
केहि क्षण तपाईहरूको बहुमुल्य समयलाई मेरो मुट्ठीमा रोक्ने दुस्साहस गरेँ ।
उत्पतिः यापती छुकु अनि सुनारी आजीका सन्तानलाई थामी अथवा थाङमी भनेर चिनिन्छ ।
आ–आफ्नो जातिको पुर्ख्यौली इतिहास केही लिखित त केही दन्त्य कथामा अवस्यै जिवित रहेको तपाईं हामी साक्षी छौँ ।
यस्तै थामी जातिको आफ्नै मातृभाषा छन्, जसलाई “खाम” भनिन्छ ।
थामी जातिको जातिय भेषभुषा ः भाङ्ग्रा सिस्नुको बोक्रा (अल्लो) बाट तयार पारिएको धागोबाट बनिन्छ । जो आरौबाट धागो तयार गरिन्छ ।
पुरूष जातिको पोशाकलाई ः भाङग्रा अनि नारी जातिका पोशकलाई फ्याङग्रा अनि डाम्ठी पनि भनिन्छ । पुरूषको शिरमा लगाइने फेटालाई–पगरी भनिन्छ ।
पुरुषको मुख्य हतियार अथवा आभुषण खुकुरी हो, जसलाई “आइकुचा” भनिन्छ ।
नारी जातिले शिरमा लगाइने सानो बर्कीलाई मुज्यात्रो भनिन्छ ।
लाछालाई = सामपुरी
पैसाको हारी वा माला जसलाई ः लाङी
त्यस्तै रातो माला जसलाई ः पुवाँलो लगाइन्छ ।
हातमा लगाइने बालालाई ः ठोका
औंठीलाई ः साइमुन्द्रो भनिन्छ,
कानमा लगाइने झुम्कालाई ः लुर्का भनिन्छ ।
थामी जातिले प्रकृतिको पुजा गर्ने गर्दछन् । मुख्यतः मंसिर महिनामा उँभौली र जेठमा उँधौली भनेर भूमे पुजा गर्ने गर्दछन् जसलाई महान चाडको रूपमा पनि मनाइन्छ ।
घरको कुल बाह्रा देवा भनी मान्ने प्रथा छ, जसलाई बर्षमा एकपल्ट पुज्ने गरिन्छ ।
थामी जातिको शुभ–अशुभ कर्म सबैमा धार्मिक गुरूको (जसलाई झाँक्री वा गुरुआपा भनिन्छ) महत्वपूर्ण भुमिका हुन्छ ।
उसो त धार्मिक गुरूआपा कसरी चयन गरिन्छ त …?
मनमा उठ्ने प्रश्न र जिज्ञासा
भनिन्छ … थामी जातिका गुरुआपाहरूमा एउटा अलौकिक सत्य र शक्ति हुन्छ । उहाँहरूले अन्य धर्मका गुरुहरूले झैं पुस्तक पढेर ज्ञान आर्जन गरेर गुरु बनेका हुँदैनन् । उहाँहरूमा तेस्रो शक्ति हुन्छ, उनिहरूले फलाकेको (मुन्धुम) साधारणत थामी भाषादेखि भिन्न हुन्छ, जसलाई देवलोक भाषा भनिन्छ ।
जसलाई थामी भाषाको संस्कृत भाषा भनी मान्न सकिन्छ । थामी जातिमा ब्राह्मण पनि हुन्छन् जसलाई “खामी” भनिन्छ ।
थामी जातिलाई नारी प्रधान जात पनि मानिलिन सकिन्छ, कारण थामी जातिमा पुरुष–नारीद्वयको थर हुन्छ । जो छोरालाई बाबुको थर अनि छोरीलाई आमाको थर दिइने गर्दछ ।
अहिले सम्मको थामी जातिको इतिहास पल्टाएर हेर्दा पुरुषको थर ६५ वटा र नारीको ७ वटा मुख्य मानिन्छ भने ११ वटा थरलाई अमान्य तर अस्तित्वमा रहेको पाइन्छ ।
थामी समुदायको जन्म संस्कारलाई हेर्दा शिशु जन्मेपछि सुडेनी अथवा नर्सले नाभि काटीदिएपछि मनतातो पानीमा तितेपातीले नुहाइ दिन्छन । संगसंगै आमालाई पनि सरसफाई गरि सुत्केरी कोठामा लगिन्छ । जहाँ सुत्केरीलाई पराल ओछ्याएर परालमा सुताइन्छ ।
आवस्यक भोजन खुवाए पछि कुरा (खुराक) फूलको गानोलाई पानीमा तितेपाती राखी गुरुआपाले मन्त्रद्वारा सुत्केरी चोख्याउने चलन छ । छोरालाई ७ दिन र छोरीलाई ५ दिनमा न्वारान गरिन्छ ।
महिनाको अन्तिम दिनमा शुभकार्य तथा मृत्यु (शोक) परेमा जन्मेकै दिन पनि न्वारन गरिन्छ । न्वारानको दिन शिशुको मावलीको उपस्थिति अनिवार्य ठहरिन्छ ।
विवाह संस्कार ः थामी जातिको अन्य संस्कार एवम् रितिरिवाज जस्तैं विवाह विधिको आ–आफ्नै महत्व र विशेषताहरू छन् । थामी जातिमा तीन तरिकाको विवाह हुन्छ, मागी विवाह, चोरी विवाह अनि छोरा–छोरी जन्मेपछि विवाह । यस प्रकारको बुढ्यौली विवाह थामी जातिको अनौठो विवाह हो । यी विवाहहरूको विधिहरू पनि विभिन्न प्रकारका छन ।
मृत्यु संस्कार ः थामी समुदायको मृत्यु संस्कार पनि अन्य समुदाय भन्दा भिन्न हुन्छ । थामी समुदायमा बालकको मृत्यु संस्कर आमाको दूध मात्र खाने तर खाना नखाएका नवजात शिशुको मृत्यु भएको छ भने .. ओडारमा हुने प्वाँलमा हालिन्छ र ढकनी लगाइदैन । र त्यस शिशुको अन्त्येष्टि पनि गरिन्दैन ।
१ बर्षदेखि ८ बर्षसम्मको बालकलाई गाडिन्छ र अन्त्येष्टि पनि गरिन्छ । ९ बर्षदेखि माथिको सबै मानिसहरूलाई जलाइन्छ । याद रहोस् – क्षयरोग अनि झाक्री पण्डित जस्ता मानिसहरूको मृत्यु भएको छ भने उनिहरूको लास जलाइन्दैन । एकदमै छोटकरीमा थामी जातिको परिचय राखेकी छु ।
थामी जातिअति नै सोझा, लगनशिल, इमान्दारी, मृदुभाषी साथै एक झुण्डमा बसोबासो गर्ने, रूचाउने हुन्छन् ।
थामी समुदायलाई विश्वकै भिडमा हेर्नु र पढ्नु हो भने बाछिटा जस्तो अल्पसंख्यामा छन् भने भारतवर्षको इतिहासलाई पछि फर्केर हेर्दा १९१७ सालदेखिको अस्तित्वमा देख्छौं, महाकाल बाबाको मुल मन्दिरमा सबैभन्दा जेष्ठ, ठूलो घण्टी जो १९४३ सालमा झुण्डाएका घण्टीमा खोपेको समाजको नाम र सालले साक्षी दिन्छ कि थामी जाति समाजप्रति÷एकताप्रति त्यतिबेलादेखि नै जागारूक थिए भन्ने प्रमाण दिएका छन् ।
यसरी नै १९४८ सालमा थामी ज्योति प्राइमरी स्कुल पनि खोलिएका थियो, जसमा असाहय बाल –बालिकाहरू पढाइन्थ्यो जसमा १८ जना चयनकर्ता थिए ।
यसैले त्यसताका देखि नैं थामी समुदायमा समाजिक सचेतना÷बौद्धिक जागरूकता भने रहेको ऐतिहासिक दस्तावेजहरू पनि लिखित रूपमा पाइन्छ । यति हुँदा हुँदै पनि थामी जाती समाज÷देश अनि विश्वमा अझै पनि थामी भनेको के हो ?? कुन जाती हो भन्ने प्रश्नहरूको घेराबन्दीमा परेका हामी पाउँछौं । यो अति नै दुख्दो बिषय हो । यस बिषयमा अनुसन्धानहरू हुन अति नै अवश्यक ठहरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0