Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला नेतृत्व सीप बिकास कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ५५३७ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ८, बिहिबार (४ साल अघि)
महिला नेतृत्व सीप बिकास कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

काभेपलान्चोक पाँचखाल /सविता न्यौपाने

महिला शक्ति बिकास केन्द्र नेपालको आयोजनामा महिला नेतृत्व सीप बिकास कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम गत पौष ७ गते पाँचखाल नगरपालिका वडा न ८मा सम्पन्न भएको छ ।

नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रम को प्रमुख आतिथि  लक्ष्मी दनुवार,विशेष अतिथि वडा नम्बर ८ वडाअध्यक्ष तथा पाँचखाल नगरपालिका को प्रबक्ता सन्जय तामाङ वडा महिला सदस्यहरु , पाँचखाल नगर महिला सन्जालकि अध्यक्ष सुभद्रा अधिकारी महिला तथा बालबालिका साखा ,कृषि तथा पशु शाखा विभिन्न सघ सस्थाका प्रतिनिधि राजनीतिदलको प्रतिनिधि क्षेतृय संयोजक शृजना प्याकुरेल ,कोर लिडर शान्ता कार्की सस्थाको कोषदक्षय बिना बस्नेत सध सस्थाका प्रतिनिधि बुद्धिजीवी ,सन्चारकर्मी विभिन्न समुहका प्रतिनिधि लगाएतका मानिसहरुको उपस्तिथि रहेको कार्यक्रममा क्षेतृय संयोजक सिर्जना प्याकुरेलले स्वागत मत्ब्य राख्नु भएको थियोे । उक्त कार्यक्रमको प्रशिक्षण मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले गर्नु भएको थियोे।उहाँले महिला शक्ति बिकास केन्द्र नेपालको कार्यक्रमको बारेमा जानकारी गराउदै २०६६साल देखि सस्थाले विभिन्न जिल्लामा गर्दै आएको काम समुदायमा महिलाहरुमा आर्थिक, सामाजिक ,राजनैतिक लगाए विभिन्न क्षेत्रमा निकै परिवर्तन ल्याउन सफल भएको बताउदै वडा नम्बर ८ मा भएका विभिन्न समुहका महिला दिदिबहिनीलाइ अहिलेसम्म समुह गठन गरि विभिन्न विषयमा तालीम दिदै आर्थिक रूपमा पनि सबल बनाउने उदेश्यका काम गर्दै आएको सस्थाले आगामी दिनहरुमा पनि गरिने कार्यक्रम बजेट र उदेश्यको बारेमा पनि प्रष्ट पार्नु भएको थियो ।उक्त कार्यक्रम बोल्दै कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी दनुवारले सस्थाको कार्यक्रमले समुदायका महिलाहरुमा आर्थिक ,सामाजिक ,राजनैतिक लगाएत धेरै कुरामा ठुलो परिवर्तन गरेको र अझै महिलाहरुमा परिवर्तन हिंसा न्यूनीकरण लागि बजेट नै छुट्टाएर आफुले सकेको काम गर्दै जाने बताउदै सस्था प्रती आभार प्रकट गर्दै आगामी कार्य सफलताको शुभकामना समेत दिनुभयो ।

यस्तै पाँचखाल नगरपालिकाको प्रबक्ता तथा वडा नम्बर ८ अध्यक्ष सन्जय तामाङले पनि सस्थाले धेरै राम्रो काम गरेकोमा सस्था प्रती आभार व्यक्त गर्दै आगामी दिनहरू पाँचखालको सबै महिलाहरु आर्थिक ,सामाजिक ,राजनीति लागाएत सबै क्षेत्रमा उन्नति प्रगति र सफल महिला नेतृत्व बनाउनका लागि बजेट नै छुट्टाएर आफुले सकेको सहयोग सधैं गर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै पाँचखाल नगर महिला संजालकि अध्यक्ष सुभद्रा अधिकारिले सस्थाको काम निकै राम्रो भएको र पाँचखालको महिलाहरुको उन्नति र प्रगति हुनुमा यस् सस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै आगामी कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।यस्तै कार्यक्रममा सहभागी कल्पना दनुवारले आफू चुलो चौकोमा सिमित भएको र बाहिर निस्कन नसकेको अबस्थामा सस्था बाट विभिन्न तालिम पाए पछी समुहको सदस्य बने पछी खुलेर बोल्न समाजना अगाडि बढन आर्थिक रूपमा बलियो हुन सहयोग पुगेको र सस्थाले अनुदान दिनुका साथै वडा बाट पनि बजेट उपलब्ध भए पछि झन खुशी थपिएको बताउनुभयो । यस्तै अर्को समुहकि कार्यक्रममा सहभागी सजना श्रेष्ठले सस्थाको कार्यक्रम बाट आफू लाई धेरै फाइदा भएको ऋण लिन सजिलो कम ब्याज पर्ने भएको ब्यबसाय गर्न पनि सजिलो भएको र धेरैमा कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै सस्था लाई धन्यवाद दिनु भएको थियोे ।कार्यक्रममा सहभागी विभिन्न सस्थाको प्रतिनिधिहरुले पनि सस्थाले निकै राम्रो काम गरेको भन्दै आगामी दिनहरू पनि अझै प्रगति र उन्नतिको शुभकामना व्यक्त गरेको थिए । कार्यक्रमको सभा अध्यक्ष बिना बस्नेतले आगामी दिनहरू अझै पाँचखालको सबै महिला दिदीबहिनीहरु लाई अगाडि बडाउन सबैले सधैं साथ सपोट गर्नु पर्ने र आर्थिक ,सामाजिक ,राजनीति लगाएत हरेक क्षेत्रमा महिलाहरु अगाडि हुने र सस्थाले पनि आगामी दिनहरुमा निरन्तर कार्यक्रम गरि आफुले सकेको सहयोग गर्ने भन्दै कार्यक्रम समापन गर्नुभएको थियोे ।कार्यक्रम संचालन पाँचखाल कोर लिडर कुसुम दुलालले गर्नु भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0