Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैदेशिक रोजगार विभागमा आमूल परिवर्तनको खाँचो छः सहसचिव सापकोटा

प्रभातफेरी अनलाइन २५२६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ११, आईतबार (४ साल अघि)
वैदेशिक रोजगार विभागमा आमूल परिवर्तनको खाँचो छः सहसचिव सापकोटा

काभ्रे । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) कानून कार्यान्वयन अधिकारीहरुका लागि वैदेशिक रोजगार सम्बन्धी कानूनी अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्ने क्रममा कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगार विभागमा देखिएको विकृतिप्रति लक्षित गर्दै जबसम्म वैदेशिक रोजगार विभाग शुन्य सहनशीलताबाट अगाडि बढ्दैन, तबसम्म वैदेशिक रोजगार यथार्थमै सेवामुखी हुन सक्दैन ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाको कथन थियो– यथास्थितिमा वैदेशिक रोजगारमा रहेका पिडितहरुको समस्या समाधान हुन नसक्ने ठोकुवा गर्नुहुँदै मानव अधिकार आयोगले जुन किसिमबाट आफ्नो सक्रियता अगाडि बढाएको छ, त्यतिले मात्र न्याय नपुग्ने बताउनुभएको छ । जबसम्म हामी श्रम स्वीकृति लिएर प्रक्रिया पुरा गरेर रोजगारीमा जान सक्दैनौं, तबसम्म समस्या ज्यूँकात्यूँ रहने बताउनुभएको छ ।
वैदेशिक रोजगारमा जानका लागि जुन किसिमका प्रावधानहरु छन्, त्यसलाई नीतिगत ढंगबाट सम्बोधन गरेर जान सकियो भने मात्रै ठगिनबाट जोगिन सकिन्छ । त्यसैले त्यसतर्फ रोजगार खोज्ने व्यक्तित्वहरुले चासो दिनुपर्ने सापकोटाको तर्क थियो । जति पनि कानूनहरु बनेका छन्, त्यसलाई व्यवहारमा उर्तानका लागि श्रम बेच्नेहरु नै सचेत हुनुपर्ने सापकोटाको जिकिर थियो ।


सोहि कार्यक्रममा पिपुल फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलको कथन थियो– वैदेशिक रोजगारमा कानूनी अड्चन नभएको तर त्यसलाई व्यवहारमा उतार्न भने नसकिएको यथार्थ चित्रण गर्दै वैदेशिक रोजगारमा आइपर्ने कुनै पनि समस्याको समाधान कानूनी रुपमा भएता पनि त्यहाँसम्म पिडितहरुको पहुँच नपुगेको स्वीकार्नुहुँदै मेनपावर कम्पनीहरुको बद्नियतपूर्ण गतिविधिका कारण आज पनि वैदेशिक रोजगारप्रति आश्रित व्यक्तिहरु चिन्तित हुनु स्वभाविक भएको बताउनुहुँदै वैदेशिक रोजगारले स्वदेशी कृषि उत्पादनलाई ओझेलमा पार्दै गएको छ । जसका कारण गाउँ, बस्तीहरु मानवविहिन बन्दै गएका छन् भने उत्पादनमुखी जमिनहरु बाझिँदै गएका छन् । यसले एकातिर वैदेशिक रोजगारका नाममा उपलब्धी राम्रै देखिएता पनि कृषिमा निर्भर हाम्रो मुलुक वैदेशिक रोजगारका कारण परनिर्भरतामा बाँच्नुपर्ने अवस्था आएको छ ।
यस किसिमको जटिल अवस्थामा वैदेशिक रोजगारप्रति आकर्षित हुने जनशक्तिलाई कानूनी परामर्श दिएर अगाडि बढाउन सकियो भने मात्र समस्या समाधान गर्न सकिने तर्क राख्नुहुँदै आजको मितिसम्म नेपाल सरकारले १ सय १० वटा मुलुकमा रोजगारका लागि जानसक्ने नीति अख्तियार गरेको छ भने ९ वटा मुलुकमा मात्र श्रम सम्झौता गरेको छ । त्यो मध्येमा पनि विशेष गरी मलेसिया, युएई र मौरिसिसमा मात्रै वैधानिक रुपमा श्रम सम्झौता गरेको छ । यस अवस्थामा वैदेशिक रोजगारमा रहेका जनशक्तिहरुको दीर्घकालिन सुरक्षाका बारेमा सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुनुको विकल्प नरहेको स्मरण गराउनुहुँदै कानूनहरु अत्यन्तै व्यवहारिक बनेका छन् । तिनीहरुलाई उपयोग गर्नसक्ने क्षमता अभिवृद्धि गरेर मात्र वैदेशिक रोजगारीमा जानको लागि मार्ग प्रशस्त गर्ने निकायले भूमिका खेल्नुपर्ने अधिवक्ता लुईंटेलको तर्क थियो । आफूले कानूनी रुपमा पिडितहरुका पक्षमा वकालत गर्ने क्रममा आएका दर्दनाक घटनाहरुको चित्रण गर्दै जबसम्म मेनपावर कम्पनी र कुटनीतिक नियोगमा रहेका जनशक्तिहरु सक्षम र मानवीय सहनशीलता हुँदैन तबसम्म कानून जति नै राम्रा बनेपनि व्यवहार हाम्रा हुन नसक्ने जिकिर गर्नुभएको छ ।
त्यसैगरी रिटर्निङ्ग माइग्रेसन नेपाल काभ्रे शाखाका अध्यक्ष दिनेश बजगाईंको कथन थियो– लामो समय आफूले विदेशमा भोगेका पिडाहरुका बारेमा चर्चा गर्नुहुँदै जति नै सेमिनार र गोष्ठी गरेपनि मेनपावर कम्पनी र सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगले रोजगारमा जाने श्रमिकहरुको श्रम शोषण गर्न नछाडेको तितो यथार्थता पोख्नुहुँदै जबसम्म गराइ र भनाईमा एकरुपता हुँदैन तबसम्म यस्ता खालका सेमिनार गोष्ठीहरुको कुनै अर्थ नरहने धारण राख्नुभएको छ ।
कानूनी रुपमा जति नै न्यायका कुरा गरेपनि वैदेशिक रोजगार विभाग माफियाहरुको मुठ्ठीमा रहेकोले श्रमिकहरुले जतिसुकै राम्रा कानून बनेपनि न्याय नपाउने प्रत्यक्ष प्रमाणका रुपमा स्वयं आफू भएको कार्यक्रममा बताइरहँदा आयोजक संस्था र सहभागीहरुलाई एकपटक शिर झुकाउन बाध्य बनाएको थियो । राज्यले सम्बन्धित सरोकारवाला निकायमा नियुक्ति गर्ने कुटनीतिक नियोगका पदाधिकारीहरु अर्धदक्ष हुँदा आप्रवासी कामदारहरुले विदेशमा निकै दुःख खेप्नुपरेको दर्दनाक पिडाहरु सुनाउनुभएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, जिल्ला अदालत काभ्रेका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रतिनिधि, जिल्ला बार एशोसियशन प्रतिनिधि, एम्नेष्टी इन्टरनेशनल नेपाल पनौती महिला समूह ५५ संयोजक, मानव अधिकार संगठन काभ्रे सचिव गीता तिमल्सिना, टे«ड युनियन कांग्रेस संघीय प्रतिनिधि रघुनाथ हुमागाईं लगायतका वक्ताहरुले वैदेशिक रोजगार सम्बन्धी समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा ओमकृष्ण श्रेष्ठ संस्थाका फोकल पर्सनले कार्यक्रमको औचित्यता राख्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0