Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेहुली झैं सिंगारिँदै पनौतीको ऐतिहासिक क्षेत्र, मकर मेलाको लागीे ८ करोड बजेट

प्रभातफेरी अनलाइन ११३० पटक पढिएको प्रकाशित मिति: २०७८ पौष १६, शुक्रबार (४ साल अघि)
बेहुली झैं सिंगारिँदै पनौतीको ऐतिहासिक क्षेत्र, मकर मेलाको लागीे ८ करोड बजेट

काभ्रे । आगामी माघ १ गतेबाट सुरुहुने पनौती मकरमेलाको लागि पनौती नगरले ८ करोघ बजेट व्यवस्थापन गरी पनौती नगरको ऐतिहासिक धरोहर क्षेत्रलाई बेहुलि झै चिरिच्याट्ट पार्ने कार्य धुमधामका साथ अगाडी बढेको छ ।
मंगलबार पनौती नगरपालीकाले पत्रकार सम्मेलनको आयोजना गरी मकरमेलालाई व्यवस्थित गर्नको लागि नगरको तर्फबाट हाल सम्म गरेको कार्य र गर्न बाकी कार्यको बारेमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा नगरका बरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्र प्रसाद अधिकारीले हाल सम्मको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पार्कीङ्ग व्यवस्थापन, खानेपानी व्यवस्थापन, साँस्कृतिक एवं सरसफाई व्यवस्थापन, वजार व्यवस्थापन, आवास व्यवस्थापन, सामुदायिक बन सरसफाई, बनेपाबाट आएको फोहोर पानी व्यवस्थापन, नुहाउनको लागि धाराहरुको व्यवस्थापन लगाएतका व्यवस्थापनहरु करिव अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो । मेलालाई थप व्यवस्थित गर्नको लागि यातायात व्यवस्थापन गर्नको लागि एक महिना टिपरलाई पनौती क्षेत्रमा रोक लगाउने जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगरको ऐतिहासिक धरोहरको क्षेत्रमा भएका निर्माण कार्य एक हप्ताभित्रै सम्पन्न गरी सरसफाई गर्नेकार्य सक्नुपर्ने बताउनु भयो । मेलालाई सहज बनाउनको लागि ट्राफिक व्यवस्थापन,सुरक्षाको व्यवस्था मजबुत साथै वजारको अनुगमन गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभएको छ । पनौतीको मात्रैै नभएर काभ्रेकै गौरबको रुपमा रहेको उक्त मेला सम्पन्न पार्नको लागि स्थानिय जनप्रतिनिधि साथै नगरवासीहरुको ठुलो भुमिका रहने बनाउनु भयो । मेलालाई सहज ढंगबाट सम्पन्न गराउने कार्यमा आफुले सक्दो साथ र सहयोग गर्ने बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा पुर्व सांसद कमला थापा, संविधानसभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धब थापा, पनौती नगरका मेयर भिम न्यौपाने लगाएतले मेलालाई व्यवस्थित ढंगबाट सम्पन्न गर्ने बिषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो । नगरले गत वर्ष देखिनै मेलाको तयारीस्वरुप पनौतीस्थित तिर्थ–त्रिवेणीघाट लगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । मकर सङ्क्रान्तिबाट सुरुहुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्छन् ।
यस्तो छ मकर मेलाको महत्व
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख भएको पाईन्छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।
पूर्णमती शब्दबाट नै पनौती भएको भनिन्छ । यो शहरको इतिहास धेरै पुरानो छ । इसा पूर्व १०८२ देखि नै पनौती गाउँको बिकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । बि.सं. ११५३ मा राजा आनन्ददेव मल्लले सातवटा शहर बसाउँदा यो शहरको पनि स्थापना गरि राज्य चलाएका थिए । यहाँ रहेको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले बि.सं. १३५१ तिर स्थापना गरेको किम्बदन्तिबाट प्रस्टिन्छ ।
किंवदन्ती अनुसार गौतम ऋषीका पत्नी अहिल्यासंग पनि यो स्थानको कथा गासिएको छ । इन्द्र देवता श्राप मूक्त भएको पनि यहि स्थानको कथा गासिएको छ । श्रापमुक्त हुन बाककसले टेक्दै हिड्ने क्रममा यहिको ढुङ्गा टेक्दा श्रापमुक्त भएका थिए । त्यसैले पकक ल्वहः बाट नै पनौती भएको भन्ने पनि गरिन्छ ।
भक्तपुरका राजा भुपतिन्द्र मल्लले आफ्नो छोरीलाई दाईजोको रुपमा दिईएको यो राज्य रणजित मल्लले एकिकरण गरि आसपासका सम्पूर्ण राज्यलाई भक्तपुरमा गाभ्दा पनौती पनि भक्तपुरको हिस्सा बनाएको थियो । बि.सं. १८२० कार्तिक ११ मा पृथ्वीनारायण शाहको सेनापती दलजित शाहको नेतृत्वमा आएको सेनाले पनौतीलाई गोरखा राज्यमा गाभेका थिए ।
भारतमा पनि कुम्भ संक्रान्तीको दिनमा कुम्भ मेला लाग्ने गर्दछ । यो कुम्भ मेला पनि हरेक १२ वर्षमा लाग्ने गर्दछ । इलाहावाद नजिकै प्रयागमा हरेक १२ वर्षमा भारतको चार शहरमा (प्रयाग, हरिद्वार, नासिक र उज्जैन) कुम्भ मेला लाग्ने गर्दछ । पौराणिक किम्वदन्ती अनुसार देवता र राक्षस बिच समुन्द्र मन्थन पछि प्राप्त भएको अमृतको कुम्भ (घडा) बोकेर भगवान विष्णु जाँदै थिए । यसरी जाने क्रममा कुम्भबाट चार थोपा अमृत पोखियो । यसरी अमृत पोखिएको चार ठाउँ प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्ने गरेको हो । यहाँ कुम्भ मेलाको समयमा डुबुल्की मारेमा अमृतपान हुने तथा रोगब्याधीबाट मुक्त हुने तथा पूण्य मिल्ने बिश्वास गरिन्छ । यस वर्ष पनौतीमा माघ महिनाभर मकर मेला लाग्दैछ । मकर संक्रान्ती देखि कुम्भ संक्रान्तीसम्म लाग्ने यो मेलाको भव्य तैयारी भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0