Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुण्य माविका बालबालिकालाई न्यानो कपडा

प्रभातफेरी अनलाइन ४६१८ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २३, शुक्रबार (४ साल अघि)
पुण्य माविका बालबालिकालाई न्यानो कपडा

काभ्रे । मौसमी परिवर्तनसँगै भित्रिएको चिसोले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई असर नपारोस् भन्ने उद्देश्यका साथ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि दाताहरुबाट न्यानो कपडा दिने क्रम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ ।
सोही क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरमा रहेको पुण्य माध्यमिक विद्यालयमा अध्ययनरत इसिडी देखि कक्षा १० सम्मका २ सय ३४ जना विद्यार्थीलाई ट्रयाकसुट १÷१ सेट वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिका निवासी राजेश कुमार श्रेष्ठ र दिपेन्द्र कुमार श्रेष्ठले नगद एक लाख सहयोग गरी विद्यार्थीहरुलाई उक्त पोशाक उपलब्ध गराएका छन् ।
कार्यक्रममा पनौती नपाका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेबाट सहयोगी दाताबाट प्राप्त पोशाक विव्यस अध्यक्ष राजेन्द्र कुमार कर्माचार्यलाई प्रअ कणेललाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै शाखा न्यौपानेको तर्क थियो– आफू कमाउन सक्ने भएपछि आफुले पढेको विद्यालयका भाइ वहिनीलाई सहयोग गर्न सकिने उदाहरण प्रस्तुत भएको र विद्यालयको उत्तरोत्तर प्रगतिको कामना पनौती नपा शिक्षा शाखा प्रमुखवाट व्यक्त गरिएको थियो भने विव्यस अध्यक्षबाट आफूले विद्यालयको प्रगति र उन्नतिको लागि हर प्रयास र सहयोग गर्दै आउनुभएको कुरा व्यक्त गर्नु भएको थियो । शैक्षिक उपलब्धी वृद्धि लगायत विद्यालयलाई प्रगति तर्फ उन्मुख गर्दै विद्यार्थी भर्ना सहयोग शुल्क निःशुल्क, विभिन्न प्रकारका छात्रवृत्ति सहयोग तथा यस अघि विद्यालयलाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्ति सम्पूर्ण सहयोगी दाताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक सरस्वती कणेलले पूर्व विद्यार्थीहरुप्रति आभार व्यक्त गर्दै उनीहरुले जस्तै अन्य पूर्व विद्यार्थीहरुले पनि मानवीय संवेदनशीलता प्रस्तुत गरे सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको आकर्षण बढ्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी दिपेन्द्र श्रेष्ठको कथन थियो– जति पछि भयो उति पढाइको महत्व वुझ्दै गएको र आफुहरूले पनि पढाइमा प्रगति गर्न नसकेकै कारण सोचेको जस्तो प्रगति हुन नसकेको धारणा व्यक्त गर्दै पढ्नु पर्ने उमेरमा अध्ययनमा भरपुर ध्यान दिएमा पछि पछुताउनु नपर्ने सन्देश आफ्ना भाई बहिनीहरूलाई दिनुभएको थियो । न्यानो लुगा स्वेटर र टोपि इसिडी देखि कक्षा ५ सम्मका विद्यार्थी भाई वहिनीका लागि डिभाइन युथ क्लव काठमाडौवाट देउसी भैलोवाट उठेको रकम र केहि कोष स्थापना गरि जम्मा भएको रकमवाट नेपालका विभिन्न स्थानमा छात्रवृत्ति सहयोग पुण्य माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गर्न पाएकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो ।
डिभाइन युथ क्लव वागमती प्रदेश अध्यक्ष उमङ्ग पाण्डेको पहलबाट प्राप्त स्वेटर र टोपि पुण्य माविका ७३ विद्यार्थी भाइ बहिनीका लागि हस्तान्तरण गरिएको थियो भने पुण्य मावि प्रअ कणेलको संयोजनमा पनौती नपा वडा नं. १ स्थित सूर्य प्राविका विद्यार्थीका लागि १७ सेट प्रअ सानु श्रेष्ठ र विव्यस अध्यक्ष र पनौती नपा वडा नं. ४ स्थित बालकल्याण प्राविको विद्यार्थीका लागि ४४ सेट प्रअ कल्याणी बोहरा र विव्यस अध्यक्षलाई डिभाइन युथ क्लबका बागमती प्रदेश अध्यक्ष पाण्डे र पदाधिकारीहरूवाट हस्तान्तरण गरिएको थियो । कार्यक्रमका सभापति प्रअ कणेलबाट कार्यक्रमको विसर्जन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0