डम्बर थामी “अनुपम”
“बन्दुक र बमको तुलनामा ‘आइडिया’ सबैभन्दा शक्तिशाली हतियार हो ।” क. स्टालिन
उल्लेखित उद्धृत उक्ति लौहपुरुष तथा प्रखर क्रान्तिकारी नेता क. स्टालिन (सन् १८७१–१९५३) को हो । उनको जन्म सोभियत रुसको जर्जिया “गोरी” भन्ने ठाउँमा भएको थियो । अत्यन्तै क्रूर शासक हिटलरको नाजीवादलाई समेत घुँडा टेकाउने एक अथक, अविचल योद्धा थिए । क्रान्तिकालमा उनको यो भनाइ हाम्रो लागि पनि सशक्त र वैचारिक धारिलो हतियार बनेको थियो । उनको शासनकालमा पनि सत्ता सन्चालन गर्ने क्रममा केही कमजोरी पनि रहे । यो पनि इतिहासमा पाठ सिक्नुपर्ने पाटो छँदैछ । अर्का क्रान्तिकारी नेता क. माओले पनि त्यत्तिकै भनेका होइन रहेछन् । “बन्दुकले पार्टी चलाउँदैन, पार्टीले बन्दुक चलाउँछ ।” भनेर ! सही विचार भएपछि नभएका चीजहरु समेत प्राप्त हुँदोरहेछ । जनयुद्धकालमा हामीले पनि यही मार्क्सवादी अविजेय विचार र दर्शनलाई आत्मसात ग¥यौं । र भर्भराउँदो क्रान्तिको दावाग्नीमा बिना हिच्किचाहट हाम फाल्यौं । चानचुन साहस र आँटले युद्धमा हिंड्न असम्भव थियो । तर ती असम्भव कुराहरुको बीचबाट गुज्रंदै–गुज्रंदै हामीले सम्भावनाका अनगिन्ती ढोकाहरु खोल्दै गयौं । यसै प्रसंगमा मैले यहाँ पूर्वको सशक्त फौजी कार्वाही बेथानको वीरता र सहिदभूमि बेथानमै पहिलो पाइला टेकेको अनुभूतिलाई स्मरण गर्न गईरहेको छु ।
म क्रान्तिको उर्लंदो भेलमा हाम फालेको दुई वर्ष मात्रै भएको थियो । हाम्रो मुख्य फोर्स एस.टि.एफ. मा सहभागी भएर २०५६ साल असोजमा काभ्रे जिल्लामा भिमखोरी रेड (च्बष्म) सफल पा¥यौं । मैले जिन्दगीमा पहिलो रेड अर्थात् लडाइँको अनुभूति गरेको मोर्चा पनि भिमखोरी मोर्चा नै हो । त्यतिबेला रेडमा सहभागी हुन पाउनु चानचुन कुरा थिएन । कमै योद्धाहरुले मात्र रेडमा सहभागी हुन पाउँथे । रेडमा सहभागी हुनको लागि केही मापदण्डहरु थिए । मैले ३०३ राईफलबाट फायर गरेको पनि पहिलो पटक हो । (अन्य भरुवा बन्दुक, बाह्र बोर बन्दुक, टू टू राईफल त फायर गरेको थिएँ ।) त्यो भीषण लडाइँ लड्दा लड्दै हामीले दुई जना होनहार कमरेडहरु क. धर्म र क. भिष्मलाई गुमायौं । सहिदको मुटु फुटेर बगेको आलो आलो रगतको टीका निधारमा लगाएर सहिदको सपना साकार पार्ने शपथ खाएको पनि पहिलो अनुभूति हो । योद्धाहरु आँखै अगाडि ढलेको दृष्य देखेको पनि पहिलोपटक हो । र ३०३ राईफलको गोली लाग्दा कति ठूलो भ्वाङ पार्दोरहेछ ? भन्ने अनुभूति पनि पहिलोपटक नै भएको थियो । (यो भीषण मोर्चाको विस्तृत अनुभूति पहिले नै लेखिसकेको छु ।) भिमखोरी रेड पश्चात् हाम्रो टोली सिन्धुली जिल्लाको कपिलाकोटमा गएर केही दिन आराम ग¥यो । भिमखोरी मोर्चाको मोटामोटी समिक्षा भयो । दुश्मनले तीव्र रुपले पिछा गर्दै आएको र आकाशबाट पनि हेलिकप्टरले हवाई गस्ती गरिरहेकोले हामी अझ केही समय सिन्धुलीको बस्तीहरुमा स्थानीय पार्टी संगठनको बीचमा सुरक्षित भयौं । स्थानीय संगठनका जनताले नै सेन्ट्री, ड्युटी गरे । खाना पकाएर खुवाए । त्यतिबेला सिन्धुली जिल्ला पूर्वको आधार ईलाका नै थियो । हामीले पनि जनताका केही कामहरु सघायौं । आफ्नो नियमित रोलकल ग¥यौं । कब्जा गरिएका हतियार, एम्युनेशनहरु सफा ग¥यौं । आफ्ना हतियारहरु पनि सफा ग¥यौं । र आईपरेको बेलामा प्रतिरोध गर्ने गरी तयारी हालतमा राख्यौं ।
त्यसपछि हामी फेरि एक महिनाको अन्तरालमा सिन्धुली जिल्लाको कपिलाकोटबाट मुभ भयौं । अमले, झाँगाझोली, रातमाटाबाट सुनकोशी नदी तरेर रामेछाप जिल्लाको मझुवा भन्ने ठाउँमा आईपुग्यौं । मझुवामा एक दिन सुस्ताएपछि हामी फेरि रामेछाप जिल्लाको ह्राकाथुम भन्ने ठाउँमा आईपुग्यौं । त्यहीँ ठाउँमा आईपुगेपछि स्थानीय कमरेडहरुले सुनाए ः अबको सेल्टर बेथान हुन्छ भनेर । जब सहिदभूमि बेथान पुगिन्छ भन्ने कुरा थाहा पाएँ तब मेरो हृदयमा एउटा उतुङ्ग छाल उठ्यो । लड्दा लड्दै वीरगती प्राप्त गरेका महान सहिदहरु तिफदि (तिर्थ गौतम, फत्त बहादुर स्मालीमगर र दिलमाया योन्जन) को सम्झना आयो । भौतिक रूपमा त मेरो भेट भएको थिएन । तर सहिद कमरेडहरुको आदर्शको बारेमा चाहिँ धेरै सुनेको थिएँ । बेथान पानीघाट कस्तो होला ? वीर योद्धाहरु कसरी लडे होलान् ? भरुवा बन्दुक हानेर ढुंगामुडा गरेर कसरी लडाइँ जीते होलान् । यावत कुराहरू मनमा खेलीरह्यो । नभन्दै एक दिन त्यहाँ सुस्ताएपछि हामी रामेछापको खनियापानी हुँदै बेथान डहु पुग्यौं । डहुमा पुगेपछि जिल्ला पार्टीका नेता क. पुष्प (बाबुराम लामा) लगायत जिल्ला पार्टीका थुप्रै साथीहरूसँग भेट भयो ।
बाक्लो–बाक्लो तामाङ बस्ती । चारै सुर मिलेका । झिंगटीले छाएका चिटिक्क परेका घरहरु । फराकिलो आँगन । आँगनको बीचमा लुङ्दारहरु झण्डा झैं फर्फराईरहेको । बगैंचामा कटहर र आँपका ठूलाठूला रुखहरु । बारीभरि जूनेलोका बालाहरु झुलिरहेका । आ–आफ्नो जातिय भेषभूषा । आफ्नै धर्म संस्कृति । क्रान्तिमा खारिएका । कम्युनिस्ट आदर्शका पर्याय जनसमुदायहरु । मीठो बोली । क्रान्तिकारी भावना । पार्टी र क्रान्तिप्रति निष्ठावान योद्धा झैं लाग्ने आखे मामहरु । पार्टीको निम्ति ज्यानै दिने स्थानीय पार्टी कमिटीका कमरेडहरु । आहा ! हृदयमा क्रान्तिको छाल उठ्ने वातावरण । हृदयमा गढीराख्ने भावनाहरु । जनता हुन त त्यस्ता हुन् । गर्वले छाती फूल्ने । कता कता मनै भूल्ने । यो रमाइलो परिवेशसँग भुल्दा भुल्दा समय बितेको पत्तै भएन । त्यसपछि बेथान पानीघाट चौकीको भग्नावशेष हेर्न सा¥है उत्सुकता जागेको थियो । तर नजिकै ठूलो सँख्यामा पुलिसहरु बसेकोले सम्भव भएन । तर पनि गर्वले छाती फूलिरह्यो । वीर सहिदहरु ढलेको ठाउँलाई टाढैबाट सलाम गरें ।
बेथान पानीघाट चौकी २०५३ साल पुस १९ गते राति आक्रमण गरिएको थियो । फौजी कार्वाहीका कमान्डर थिए तिर्थ गौतम । भरुवा बन्दुक र खैनीको बट्टामा कालो बारुद कोचेर बनाईएको बम हानेर चौकी कब्जा गरिएको थियो । साथै ढुंगामुडा पनि गरिएको थियो । त्यतिबेला क. सागर लामा र क. माइला लामाहरुले एक मिनेटमै भरुवा बन्दुक भरेका थिए रे ! कोहीले बन्दुक भर्ने । कोहीले हान्ने । लगातार फायरिङ गरिरहने । यस्ता प्रतिभाशाली योद्धाहरु पनि क्रान्तिले नै जन्माएकै थियो । हाइ टेकका विरुद्ध लो टेकले लड्ने भनेको यही रहेछ । सो फौजी कार्वाहीमा तीन जना होनहार योद्धाहरु (तिर्थ गौतम, फत्त बहादुर स्मालीमगर, दिलमाया योन्जन) को शहादत भएको थियो । (उनै महान सहिदहरुको नामबाट हाम्रो आफ्नै आरमोर (Armour) टोलीले ‘तिफदि’ पेस्तोल पनि बनाएको थियो । आत्मासुरक्षाको लागि प्रायः कमरेडहरुले त्यही पेस्तोल बोकेर हिंड्ने गर्थे । हामीले पनि बोकेर हिंड्यौं ।) त्यतिबेलाको योजना यस्तो थियो ः “योजनाबद्ध ढंगले छापामार ईलाका निर्माण गरौं ।” भन्ने मूल नाराकासाथ छापामार ईलाकाको निर्माण गर्ने । युद्ध सामाग्रीहरु कब्जा गर्ने । दुश्मनको शक्ति छिन्नभिन्न गर्ने । छापामार ईलाका निर्माण गर्नको लागि व्यापक जनपरिचालन गर्ने । यही योजना मुताबिक नै सो उच्च बलिदानबाट उच्च फौजी कार्वाही सफल भयो । क्रान्तिको एउटा मक्सद पूरा भयो ।
सो फौजी कार्वाहीबाट जम्मा ४ वटा ३०३ राईफल कब्जा भएको थियो । भरुवा बन्दुकले राईफल खोसेको जनयुद्धकै इतिहासमा सायद पहिलो घटना होला । पछि पूर्वी कमान्ड, पश्चिम कमान्ड, मध्य कमान्ड र एस. टि. एफ. लाई लिडिङ उईपन (Leading Weapon) को रूपमा एउटा एउटा राइफल बाँडिएको थियो । त्यही राइफलबाट हजारौं हजार योद्धाहरुले प्रशिक्षण पनि लिएका थिए । ३०३ राइफल चलाउन सिकेका थिए । निशानामा सिस्ता लगाउन सिकेका थिए । त्यो राईफलहरुको नाम पनि होलटाईमर राइफल राखिएको थियो । अहिले यो बलिदानको कीर्तिमान सुनाउँदा कथा जस्तै लाग्छ । त्यही कथा बुन्नेहरु गुमनाम छन् भने कथा सुन्नेहरुको हालीमुहाली छ । अस्तु
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |