काभ्रे । एम्नेष्टी इन्टरनेशनल नेपाल पनौती महिला समूह ५५ ले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले कुरामा होइन, काममा विश्वास राख्ने बताउनुभएको छ ।
आफू व्यवसायी घरानाको सन्तान भएकोले पनि आफूलाई कुरा होइन, काम महत्वपूर्ण भएको चर्चा गर्नुहुँदै एम्नेष्टी इन्टरनेशनल नेपाल महिला समूह ५५ पनौती काभ्रेपलाञ्चोकले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमको अवसरमा आफ्ना ममतामयी माता सुवर्ण पसछे र पिता अनिरुद्र पसछेको सम्झनामा अक्षयकोष स्थापनार्थ ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै पछिल्लो समय काममा भन्दा कुरामा समय व्यतित गर्ने संस्कार हाबी भएकोप्रति अध्यक्ष पसछेले तिखो व्यंग्य प्रस्तुत गर्दै यो मुलुकलाई समृद्ध बनाउने चाहना यदि सबैमा छ भने कुरामा होइन, काम गरेर देखाउन सम्बन्धित पक्षसँग अध्यक्ष पसछेले आग्रह समेत गर्नुभएको छ । पछिल्लो समय संस्कारको रुपमा विकास भएको चिन्तनका बारेमा चिन्ता जाहेर गर्दै सामाजिक रुपमा केही गरौं भन्ने भावना राख्ने संघ संस्था र सामाजिक अभियन्ताहरुले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने अवस्था आएको अध्यक्ष पसछेले कार्यक्रममा सुझाव राख्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |