Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षाजगत्का एक बनेपाका अग्रज शिक्षासेवी ः राजेन्द्रमाड्साहेब

प्रभातफेरी अनलाइन ९२१० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
शिक्षाजगत्का एक बनेपाका अग्रज शिक्षासेवी ः राजेन्द्रमाड्साहेब

मोहन दुवाल

बनेपाको शिक्षाजगत्मा भरतराज श्रेष्ठ र राजेन्द्र जोशीले पनि आफ्नै खालका योगदानहरु गरेर गएका छन् । २००७ सालभन्दा अगाडि सहिद गंगालाल श्रेष्ठले समेत शिक्षामा योगदान पु¥याइएको यस क्षेत्रमा बनेपालीहरुको जागरणका लागि, चेतना संप्रेषणका लागि, शिक्षाको ज्योति फिँजाउने क्षेत्रका रुपमा ‘आजाद’ स्थापना भएको हो । यस क्षेत्रको शैक्षिक गतिविधि, जनशिक्षाको प्रारम्भ र विद्यालय खोल्ने अभियानमा लाग्नेहरुको स्मरण गर्दा थोरै व्यक्तित्वहरु मात्र स्मरण गर्न लायकका छन् । राणाकालीन अवस्थामा स्कुल खोल्नु पनि अपराध मानिन्थ्यो । त्यसताकामा नै बनेपामा महावीर स्कुलको शाखाका रुपमा ‘चण्डेश्वरी स्कुल’ को स्थापना भएको थियो । उक्त स्कुलको उद्घाटन गंगालाल श्रेष्ठबाट भएको सन्दर्भ बिर्सिनसक्नु छ । यस स्कुलका सुरुकालका शिक्षकहरुमा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, चिनियाँलाल मास्के, फत्तेबहादुर सिंह, इन्द्रमान बुद्धाचार्य, गणेशबहादुर दुवाल र प्रेमबहादुर राजवंशी आदि थिए (केदारनाथ प्रधान, बनेपाको ऐतिहासिक रुपरेखा, पृष्ठ ७५–७६) । कृष्ण प्रधान र हंसराज श्रेष्ठ विशेष सहयोगी थिए । उक्त स्कुलमा काठमाडौंबाट आउने शिक्षकहरु आलोपालो गरी १–१ महिना बनेपामा पढाउन आउँथे । गणेशबहादुर दुवाल बनेपाकै भएकोले उनले आफ्नै घरमा पनि पठनपाठन गराउने गथ्र्यो । यसैगरी प्रेमबहादुर राजवंशीले पनि भाइ रामबहादुर राजवंशीको सहयोगमा आफ्नै घरमा पढाएको इतिहास स्मरण गर्न लायकका छन् । राजनीतिमा विशेष सक्रिय त्यसताकाका सबैका प्रिय नेता राजदास वादेले समाज सुधारका लागि, राजनीतिक चेतना बाँड्नका लागि र शिक्षाजगत्मा सेवा पु¥याउनका लागि यिनले निकै ठूलो योगदान गरेको देखिन्छ ।


भरतराज श्रेष्ठ र राजेन्द्र जोशीहरु पाटनबाट बनेपामा २००१ सालतिर नै मावलीघरमा बस्ने गरी आएका हुन् । चेतनशील र समाजसेवा गर्ने भावना भएकोले नै त्यसताकामा नै राणाकालीन अवस्थामा बनेपाली समाजसेवी तथा शिक्षासेवीहरुसँग मिलेर यिनीहरुले पनि बनेपामा शिक्षासेवा र समाजसेवा गरेको देखिन्छ । त्यसताका स्कुल खोल्नु निकै कठीन थियो । स्कुल खोल्नु भनेको नै राजनीति गरेको सम्झिन्थ्यो । चेतना जगाउनका लागि त्यसताका शिक्षणसेवामा सक्रियता लिने अन्य बनेपालीहरुमा हरिकृष्ण श्रेष्ठ, गोविन्दलाल सि.कु., गोपालमान श्रेष्ठ, दिलहरि श्रेष्ठहरु थिए । २००४ सालतिर हंसराज श्रेष्ठको घरमा ‘चण्डेश्वरी कपडा कारखाना चर्खा प्रचारक स्कुल’ खोलेका थिए । उक्त केन्द्रमा छात्रहरुलाई तालिम दिने शिक्षकहरुमध्ये एकजना राजेन्द्र जोशीले सेवा गरेको देखिन्छ । २००४–२००५ तिर हरिकृष्ण श्रेष्ठ र गोविन्दलाल सि.कु. ले आ–आफ्ना घरमा ट्युशन कक्षाजस्तै गरेर स्कुल खोलेका थिए । यसैगरी स्वधाटोलको घरमा गणेशबहादुर दुवालले, वकुटोलमा हरिबहादुर श्रेष्ठले, वकुटोल र भोलाखाटोलमा रामकृष्ण खुप्पा श्रेष्ठले केशवराज राजोपाध्यायले र भरतराज श्रेष्ठले स–साना स्कुलकक्षा संचालन गरेका थिए । यसैगरी बनेपामा समाजसुधार र शिक्षा प्रचारमा आफूसक्दो लाग्नेहरुमा आशाकाजी वैद्य, रामदयाल वैद्य, हरिप्रसाद दुवाल, बालकृष्ण कायस्थ, नारायणभक्त कायस्थ, कान्छाभाइ वैद्य, कन्हैयालाल श्रेष्ठहरु थिए । बनेपाको त्यसताकाको पृष्ठभूमिमा शिक्षा र समाजसेवामा विशेष योगदान पु¥याउनेहरुकै सन्दर्भमा राजेन्द्र जोशी अर्थात् राजेन्द्रमाड्साहेबको स्मरण गर्न सकिन्छ । भर्खरमात्रै २०७८ माघ २२ गते शनिबारका दिन राजेन्द्रमाड्साबको दुःखद् अवसान भयो । १०० वर्ष पुग्न केही महिनामात्र बाँकी थियो उनी हामी सबैलाई छोडेर विश्राममा गए । भरतराजसर र राजेन्द्र माड्साहेब सँगसँगैजस्तो पाटनबाट बनेपामा सर्नुभएको र आफूसक्दो दुवैजनाले बनेपाको ‘आजाद’ मा सेवा पु¥याएको देखिन्छ । वि.सं. १९८० मङ्सिर १५ गते पाटन कोबहाल टोलमा पिता नरेन्द्रगोविन्द जोशी र माता चम्पादेवी जोशीको कोखबाट राजेन्द्र जोशीको जन्म भएको थियो । उनी ६ महिनाको छँदा नै पिताको अवसान भएपछि बनेपास्थित मामाबाजे हेराकाजी कायस्थकहाँ आफ्नो जीवनका क्रमहरु बिताएको देखिन्छ । पछि समाजसेवक हंसराज श्रेष्ठसँगको सङ्गतले र यिनकै घरमा नै रहेर घरेलु उद्योगमा केही समयसम्म सेवा पु¥याएको देखिन्छ । २००२ सालतिर यिनले पहिलो विवाह नालाकी नानीमैंयासँग गरे । २०१३ सालमा दोस्रो विवाह बनेपाकी राधिका श्रेष्ठसँग गरेका थिए । यिनका दुवै श्रीमतीका तर्फबाट १५ जना छोराछोरीहरु भए तापनि ११ जना छोराछोरीहरु हालसम्म पनि जीवन्त र सक्रिय छन् । छोराहरु निभराज, लभराज, शुभराज, सितुराज र रामराज हुन् भने छोरीहरुमा मिरा, हिरा, इन्दिरा, निरा र सुनिरा छन् ।
समाजसेवक तथा राजनीतिज्ञ हंसराज श्रेष्ठकै प्रेरणाले समाजसेवामा सक्रिय रहेका यिनी हंसराज श्रेष्ठ नै विशेष प्रभावित छन् । यिनले घरेलु उद्योगमा शिक्षक भएर, सामयिक ज्ञानमालाका प्रधान संचालक रहेर, भोलाखाटोलको उपप्रधानपञ्च भएर, आजाद मा.वि.को संचालक समिति र निर्माण समितिका सदस्य, शिक्षक र लेखापालमा जीवन दिएर, बनेपा प्राविमा प्रअ र संचालक समितिका सदस्य बनेर, युवक संघको अध्यक्ष भएर पनि यिनले सेवा गरेर बनेपाको उत्थानमा सहयोग गरेका छन् । बनेपामा सामाजिक जागरण ल्याउन, शैक्षिक उत्थान र जागरणमा सहयोग पु¥याउन, पानी मुहानको निःशुल्क रेखदेख गरेर, भीमसेन स्थानको भजन खलःका सदस्य भएर, बनेपाको कार्यकर्ता द्वारे भई सेवा पु¥याएर आफूलाई बनेपाका सेवकका रुपमा चिनाएका छन् । हंसराज श्रेष्ठसँग भएर बनेपा–पनौती राजमार्ग निर्माणमा पसिना खर्चेर, २०१३ सालमा आएको बाढी–पीडित जनतालाई नुन वितरण गरेर, २०१८ सालमा बनेपामा भएको आगलागीमा पीडित बनेपालीहरुका लागि सहयोग पु¥याएर, चण्डेश्वरीको पुरानो सतल निर्माण समितिका सदस्य रहेर, ‘इही’ गुठी सदस्य रहेर आफूलाई बनेपाका लागि समर्पित तुल्याएको देखिन्छ ।
औपचारिक शिक्षाकै रुपमा बनेपा भाषा पाठशाला, रामझुपडी स्कुलबाट साधारण शिक्षासम्म पाएका यिनले मनमा ऊर्जा र आत्मबललाई द¥हो बनाएर बनेपाको कुनो–कुनोमा बनेपाको सबै क्षेत्रमाजसो सेवा र समर्पण गरेको देखिन्छ । प्रेमबहादुर राजवंशी, दलानकाजी माष्टरसाहेब र हंंसराज श्रेष्ठसँगको विशेष सम्बन्धमा यिनले बनेपाको सेवा गर्ने प्रेरणा पाएका हुन् । पछि राजदास वादेसँगको सम्पर्कले यिनी बलशाली भएर बनेपाका सेवक भएको देखिन्छ । यिनको सेवा र यिनले पु¥याएको योगदानलाई सम्झेर आजाद माविले दीर्घ सेवकका रुपमा कदर गरेको देखिन्छ । यसैगरी बनेपाका अग्रज शिक्षासेवी÷शिक्षकका रुपमा प्रतिभा सम्मान प्रवन्ध गुठीले विशिष्ट प्रतिभाका रुपमा बनेपामा कदर गरेका छन् । बनेपा जेसिजले अग्रज शिक्षासेवीका रुपमा केहीदिनमात्र भयो सम्मान गरेको; उचित र अन्तिम सम्मान भएको सन्दर्भ बिर्सन बनेपालीहरुलाई गा¥हो भएको छ ।
“जीवन भनेको केही गरेर, केही निर्माण गरेर जानु हो । नराम्रो होइन राम्रो सिर्जना र निर्माण गरेर जानुपर्छ ।” सन्दर्भमा राजेन्द्रमाड्साहेब भन्ने गथ्र्यो । उनले भनेर गएझैं बनेपाको भूमिमा घरेलु उद्योगको महत्व बुझाएर, शिक्षाको ज्योति फिँजाएर, पुस्तकालय, पानीमुहान, जात्रा–गुठीलाई संरक्षण र रेखदेख गरेर निकै सम्झिनलायकका कार्यहरु गरेर यिनी गएका छन् । राणाकालीन अवस्थामा बनेपामा रहेर घरेलु उद्योगमा सक्रिय शिक्षक रहेर, आजादमा लेखापाल र शिक्षक भई आफूसक्दो बर्कत् देखाएर जीवन केही हो भनी देखाएर जान सफल व्यक्तित्वका रुपमा राजेन्द्रमाड्साहेबको स्मरण गर्न सकिन्छ ।
बनेपामा रहेर समाजको सेवा गर्दै गर्दा यिनले बनेपाको माटोमा नै राजनीतिज्ञहरु पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठका साथै इतिहासकार भुवनलाल प्रधान, तिलकबहादुर शाही र सरदार भीमबहादुर पाण्डेसँग पनि चिनजान गरेर आफूलाई बलशाली तुल्याएको देखिन्छ । त्यसैले भन्नुपर्छ – ‘बनेपाको भूमिमा राजेन्द्र जोशीले शिक्षणसेवा, समाजसेवा, संस्कृति रक्षा गर्ने अभियान र राजनीतिक जागरणमा आफ्नै ढङ्गको सेवा पु¥याएर गएको देखिन्छ । भन्न सकिन्छ – “राजेन्द्र जोशी अँध्यारो बनेपाको परिवेशमा उज्यालो बाल्न आएका एकजना उच्चारण गर्न सकिने शालीन व्यक्तित्व हुन् । व्यक्तिगत रुपमा भन्नुपर्दा मैले भन्नुपर्छ – “राजेन्द्रमाड्साहेब मेरा प्रेरणाका पनि सत्गुरु हुन् ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0