Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब्बल जनयोद्धा महान सहिद क. पासाङको सम्झनामा

प्रभातफेरी अनलाइन ४१४६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १०, मंगलबार (४ साल अघि)
अब्बल जनयोद्धा महान सहिद क. पासाङको सम्झनामा

डम्बर थामी “अनुपम”

पुनः स्मृतिपटलमा वर्गसंघर्षका तूफानी कथा तुन्ने प्रयास गर्दैछु । पीडा र वेदनाका मालाहरू उन्ने जमर्को गर्दैछु । अँध्यारा बस्तीहरूमा सुनबुट्टे बिहानी ल्याउन जनसमरमा होमिएका योद्धाहरूको कहानी बुन्ने प्रयास गर्दैछु । हुन त क्रान्तिका कथा–कुथुंग्रीहरू असँख्य छन । अनगिन्ती छन । र असरल्ल पनि । जति संगाल्दा पनि संगाल्न नसकिने । जति लेख्दा पनि कमै हुन जाने । तर पनि शनैः शनैः शब्दहरू बिनी बिनी जनयुद्धमा जिवनोत्सर्ग गर्ने योद्धाहरूको सम्झनामा केही शब्द हरफहरू कोर्न गईरहेको छु । जो अस्मेल याद बनेर छातीमा गडेका छन् । लामाले ढुंगामा कुँदेको अक्षर (हिगी) झैं कहिल्यै पनि नमेटिने गरी । युगौं युगसम्म रहने गरी । नेपाली धर्तीमा पोखिएका रगतका संवेद स्मृतिहरू अझै पनि मानसपटलमा घुमीरहेका छन् । वर्ग संघर्षको दावानलमा आफ्नो जिन्दगीको आहुती दिने थोरै सहयोद्धाहरूको बारेमा त उल्लेख गरिसकेको छु । लेखिसकेको छु । बाँकी योद्धाहरूको बारेमा पनि क्रमशः उल्लेख गर्दै जानेछु । (किनकी बाँचेकाहरूले केही गर्न नसके पनि सम्झनाका अक्षरहरू त कोर्न सकिन्छ नि ! तर “सहिद परिवार समाज” कहाँ लुकेर बसेको छ पत्तो छैन । सहिदहरूको बारेमा केही लेखोट पनि छैन । यो बिडम्बनापूर्ण अवस्था हो ।) जीवनीहरू, व्यक्तिगत विवरणहरू, दस्तावेजीकरण त गर्न सकिन्छ नि ! जसको नाम इतिहासको सुनौलो पानामा दर्ज भईसक्यो । बाँचेकाहरू कानमा तेल हालेर बसेको तीतो सत्य यथावतै छ । जे सुकै भए पनि मैले यहाँ फेरि पनि एक जना यस्तो जोदाहा योद्धाको बारेमा लेखनी बगाउँदै छु । उनी हुन तेन्जी शेर्पा (क.पासाङ) ।
२०५६ साल असोज महिनामा भयंकर चुनौतीका बाबजुद पनि काभ्रेपलाञ्चोक जिल्लाको भिमखोरी मोर्चा (रेड) सफल पा¥यौं । पूर्वको एक मात्र स्पेशल टास्क फोर्स (एस.टि.एफ.) ले सफल पारेको त्यो मोर्चा त्यतिबेलाको समयमा विषेश महत्वको थियो । त्यो मोर्चा विजयको सन्देश बोकेर हामी फेरि सिन्धुली, काभ्रे, रामेछाप हुँदै दोलखा आईपुग्यौं । (त्यतिबेला पूर्वी कमान्डमा पार्टीको सैन्य संरचना बल्लतल्ल एउटा मात्र एस.टि.एफ. बन्न सकेको थियो । कमिशार क. विशाल, कमान्डर क. सुरेश र सह कमान्डर क. सन्जीव थिए । र ईन्चार्जको भूमिका क. परवानाले निभाएका थिए । त्यतिबेला एस. टि. एफ सदस्य हुनलाई पनि पूर्णकालिन भएको दुई वर्ष पुग्नुपर्ने । कमसेकम पार्टी हैसियत जिल्ला कमिटी सदस्य हुनुपर्ने प्रावधान थियो । म पनि त्यही प्रावधानमा आधारित रहेर मुख्य फोर्समा समाहित हुने अवसर पाएको थिएँ । पूर्वी कमाण्डमा रहेका बाँकी अरु जिल्लाहरूको सवालमा छापामार दस्ताहरूले मात्र फौजी गतिविधि बढाउँथ्यो ।) एस. टि. एफ. को पनि आफ्नै खालको समस्याहरू थियो । फौजी अनुभव र मनोबल उच्च भए पनि केही अहमता र दम्भले घर गरेको थियो । एउटा जबर्जस्त खालको नोकरशाही प्रवृति जन्मेको थियो । फोर्सभित्र आफ्नै खालको अन्तर्संघर्ष यथावत थियो । यसले कतिपय ठाउँमा कार्यशैलीगत हिसाबले निकै अन्तरविरोध पैदा गरायो । तर जे जे भए पनि क्रान्तिको मक्सद पूरा गर्न जबर्जस्त अगाडि बढ्नु नै थियो । नियमित सेनाको फर्मेशन बनाएर मोर्चाका ढोकाहरू क्रमशः खोल्दै जानुपर्ने भएकोले सैन्य तालिम र गुरिल्ला ट्याक्टिसले निपुण हुनुपर्ने जरुरी थियो । नयाँ नयाँ युद्ध ट्याक्टिस अपनाउन जरुरी भईसकेको थियो । प्राविधिक रुपमा पनि निपुण हुनुपर्ने थियो । त्यही उद्देश्य पूरा गर्न हामी तत्कालीन श्यामा गा.वि.स. वडा नं ४ को बुंखर्क (पाथीभराको काख) मा सैन्य शिविर चलाउने भनेर पुगेका थियौं । हो त्यतिबेला नै हो पाथीभाराको काखमा अबस्थित माली, श्यामा र गर्जाङ चुचुरेका जनसमुदायसँग एकाकार र घुलमिल हुन पाएको । शेर्पा जाति बाहुल्य भएको गाउँहरू हुन ती । आँखामा राख्दा पनि नबिझाउने लालगेडी जस्तै सरल र ईमान्दार जाति हुन शेर्पा जाति । हिमाल चढ्न कसैले पनि उछिन्न नसक्ने हिउँ चितुवाको उपनाम पाएका र तेन्जिङ नोर्के शेर्पाको जस्तो गर्विलो र दर्विलो इतिहास बनाएका यी जाति जनयुद्धमा पनि निस्वार्थ भावले लागेका थिए । गौरवशाली इतिहास बनाएका थिए । पाथीभराको काखमा भएको “धर्म भीष्म” स्मृति सैन्य शिविरको व्यवस्थापनको पूरै जिम्मा लिने काम क. कृपाश्वरले गरेका थिए । (तत्कालीन एरिया सेक्रेटरी क. कृपाश्वर पनि एक सच्चा क्रान्तिकारी व्यक्ति थिए । र त्यो ईलाकाको चर्चित शिक्षक र नेता पनि । उनको बारेमा पहिले नै चर्चा गरिसकेको छु । विभिन्न प्रसंगहरूमा थप चर्चा गर्दै जानेछु ।) र अँध्यारी रातको समयमा जिरी बजारदेखि रसद पानी बोक्ने काम । शिविरलाई चाहिने सम्पूर्ण समाग्रीहरू बोक्ने काम क. पासाङ्कै गाउँको जनताहरूले गरेका थिए । सम्पूर्ण रुपमा अन्य किसिमका सहयोग गर्ने काम पनि यिनै समुदायले गरेका थिए । दिन रात नभनी खटेका थिए । हो त्यही बेलामा क. पासाङको घरमा सेल्टर लिएर बस्दा उनलाई चिनेको थिएँ । उनको बुबा आमासँग भलाकुसारी गरेको थिएँ । त्यही बेलादेखि नै उनले जनयुद्धलाई निस्वार्थ भावले सहयोग गर्दै आएका थिए । उनको पूरै परिवार नै जनयुद्धलाई नजिकबाट सहयोग गर्न लागिपरेको थियो । दिलोज्यान दिएको थियो ।
यसरी क्रान्तिका कठिन दिनहरूमा दिलोज्यान दिएर जनयुद्धलाई सहयोग गर्ने तेन्जी शेर्पा (क. पासाङ) को पूरै परिवार नै क्रान्तिकारी परिवार थियो । पार्टी संगठन र जनवर्गीय संगठनमा बसेर काम गर्दै आएका थिए । त्यही भएर नै क्याम्पस पढ्दापढ्दै उनी पनि स्वतः स्फूर्त रुपमा जनयुद्धमा सामेल भएका थिए । पढ्नमा पनि निकै तेज थिए । जिरीको एपार्ड बोर्डिङ स्कूलबाट औपचारिक शिक्षा हाँसिल गरेका थिए । क्रान्तिकारी विचार सहित जनयुद्धमा सामेल भएका क. पासाङ शुरुदेखि नै सैन्य फर्मेशनमा बसेर काम गर्ने ईच्छा गरेका थिए । पार्टी संगठनमा भन्दा सैन्य संगठनमा नै काम गर्ने रुचि राखेका थिए । शुरुमा उनी गुरिल्ला स्क्वायडमा बसेर काम गर्दै आए । प्रारम्भिक सैन्य तालिमहरू पनि गर्दै आए । गुरिल्ला स्क्वायडमा नै हुँदा २०५७ साल श्रावण महिनामा साविक लामीडाँडा गा.वि.स. वडा नं ५ चिउरीखर्कमा भएको एम्बुस नै क. पासाङको पहिलो फौजी कार्वाहीमा सहभागीता थियो । त्यतिबेला बेला हामी जिल्ला सेक्रेटरी क. प्रतापको कमान्डमा थियौं । क.दिनेश, क. रामजी सहित सहभागी सो मोर्चामा क. पासाङले बहादुरितापूर्वक लडेको सम्झना अझै पनि ताजै छ । (आखिर क. प्रताप, क. दिनेश र क. रामजीको पनि उच्च शहादत भईसकेको छ । इतिहासमा विडम्बना त यसरी आउने रहेछ ।) हामीले एम्बुस पड्काई सकेपछी पनि पछिसम्म हतियार खोस्ने भनेर क. पासाङले ३०३ राइफलबाट फायर गरिरहेका थिए । केही पुलिसहरू तामाकोसी नदीमा खसेका पनि थिए । तर पनि हतियार कब्जा हुन सकेन । हाम्रो उद्देश्य नै “हिट एण्ड रन” (हान र भाग) थियो । क. रामजीले रिट्रीटको कासन गरेपछि मात्र ब्याक भएका थिए । हो त्यतिबेलादेखि नै उनले बहादुरीता र फौजी कौशलता प्रदर्शन गरेका थिए । सादा जीवन, उच्च विचार भएका क. पासाङ अत्यन्तै मृदुभाषी थिए । मिलनसार थिए । पार्टी र क्रान्तिप्रति समर्पित थिए । पार्टीका योजनाहरू जसरी पनि पूरा गर्नुपर्छ भन्ने जिम्मेवारी बोध पनि थियो । उनको यही मोर्चाबाट नै फौजी कार्वाहीको ढोका खुलेको थियो । यसरी त्यो एम्बुसको मोर्चाबाट शुरूवात भएको फौजी कार्वाही क्रमशः अगाडि बढ्दै गयो । २०५७ साल कार्तिक २० गते रामेछाप जिल्लाको दोरम्बा ईलाका प्रहरी चौकी सफलतापूर्वक कब्जा भयो । सो चौकीका ईन्चार्ज दिलिप राई पनि कब्जामा परेका थिए । पछि उनलाई मानव अधिकारवादीहरूको जिम्मा लगाएर छाडियो । त्यसपछि २०५७ साल मंसिर महिनामा साविक लामीडाँडा गा. वि. स. वडा नं ९ सिसाचौरमा भएको पूर्वी कमान्डको सैन्य भेला पश्चात बनेको प्लाटुनहरू मध्य (सिन्धु+दोलखा) जिल्लाको प्लाटुनको बि सेक्सन मेरो कमान्डमा थियो । प्लाटुन कमान्डर क. मुक्ति, सह– कमान्डर क. पहल सेक्सन ए का कमान्डर क. अजित, सेक्सन बि को कमान्डर म र सेक्सन सि को कमान्डर क. दीपशिखा थिए । क. पासाङ मेरो सेक्सनमा परेका थिए । मेरो सेक्सनमा परेपछि उनलाई झन नजिकबाट चिन्ने अवसर पाएको थिएँ । विभिन्न ज्ञान गुणका कुराहरूमा चासो राख्ने क. पासाङ विज्ञान विषय लिएर पढेकाले उनमा प्राविधिक दक्षता पनि थियो । टाईम बम बनाउने । माईनहरू, बुबीट्र्याप्सहरू बनाउने सवालमा निकै सिपालु थिए । आस्था, विचार, राजनीति र दर्शनमा खुब दिलचस्पी राख्ने क. पासाङ काममा निकै भरोसाको पात्र थिए । उनी छोटो समयमा नै पार्टी पंक्ति र आम जनसमुदायमा स्थापित भईसकेका थिए । २०५७ साल माघ, फाल्गुन महिनामा श्यामा गा. वि. स. उनको गाउँ नजिक जनयुद्धको वार्षिकोत्सबको अवसरमा एरिया पार्टीले आयोजना गरेको भलिबल प्रतियोगिता पनि शानदार ढंगले सफल भएको थियो । त्यो बेला पनि क. पासाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला हाँवा गा. वि. स. को टोलीले खेल जीतेको थियो । मेडल र ट्रफी हात पारेको थियो । त्यतिबेला पनि क. पासाङ दिन रात नभनेर खटेका थिए ।
त्यसपछि हाम्रो प्लाटुनले पार्टीका फौजी तथा गैर फौजी योजनालाई अगाडि बढाउँदै लग्यो । र फेरि पनि केन्द्रीकृत योजना अन्तर्गत २०५७ साल चैत्र १९ गते राति दोलखाको मैनापोखरी ईलाका प्रहरी चौकी (स्ट्राकिङ बेस) मा धावा बोल्दा एउटै एसाल्टमा बसेर लडेका थियौं । त्यहाँ पनि उनी बहादुरीतापूर्वक आफ्नो भूमिका निभाएका थिए । यसरी छोटै समयमा उच्च फौजी श्रेष्ठता हाँसिल गर्न सफल क. पासाङ एक कुशल योद्धा बनेका थिए । कुशल योद्धा बनेको हुनाले जिल्ला पार्टीमा उनको अभाव खड्किंदा पनि निरन्तर सैन्य फर्मेशनमै रहेर काम गरे । म मैनापोखरी मोर्चामा गम्भीर घाइते भएपछि उपचार पश्चात् जिल्लामै रहेर पार्टी संगठनमा काम गरे । त्यसपछि म उनीसँग छुटें । म छुटे पनि बेला बेलामा हाम्रो भेटघाट भईरहन्थ्यो । राजनीतिक र फौजी विषयमा भलाकुसारी भईरहन्थ्यो । त्यसपछि उनी ओखलढुंगा जिल्लाको खानीभन्ज्याङ मोर्चा, रामेछापको धोबीडाँडा मोर्चा, सोलु सल्लेरी सदरमुकाम कब्जा, काभ्रेपलान्चोक जिल्लाको भकुण्डेवेंशी मोर्चा लगायत दर्जनौं मोर्चामा सहभागी भएर लडे । यसरी मोर्चाहरू लड्दै जाने क्रममा २०५९ साल वैशाख २२ गते संखुवासभा जिल्लाको पूरानो सदरमुकाम चैनपुर स्थित सशस्त्र बेस क्याम्पमाथि धावा बोल्दाबोल्दै उच्च शहादत प्राप्त गरे । यसरी देश र जनताको लागि आफ्नो अमूल्य जिन्दगी क्रान्तिको बलीवेदीमा चढाउने क. पासाङ अविवाहित थिए । हाल उनको बुबा आमा र एक मात्र भाइ छन् । क्रान्तिको दौरानमा आफ्नो जिन्दगीको आहुती दिने महान

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0