काभ्रे । नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर नेपाली सेना कालि जंग गण धुलिखेलको आयोजनामा बनेपा नगरभित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेलाई कर्मथलो बनाई आउने प्रमुख जिल्ला अधिकारीमध्ये भर्खरै काभ्रेलाई कर्मथलो बनाउन आउनुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सामाजिक लगाव अन्य प्रमुख जिल्ला अधिकारीको दाँजोमा अग्र स्थानमा रहेको स्थानीयहरुले मनन गर्ने अवसर पाएका छन् । यो या त्यो नभनी जिल्लाका विभिन्न स्थानमा स्वयं उपस्थित रही सामाजिक अभियानमा सक्रिय रुपमा आफूलाई प्रस्तुत गर्ने गरेको प्रमाणका रुपमा सेना दिवसलाई पनि लिन सकिने बौद्धिकहरुको बुझाइ छ ।
कालि जंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापाका अनुसार सेना दिवसको अवसर पारेर कालि जंग गणले हरेक वर्ष रचनात्मक क्रियाकलाप गर्दै आएकोमा यस वर्ष भने बनेपा नगरपालिकामा सरसफाई गरी सेना दिवस २०७८ मनाइएको बताउनुभएको छ ।
बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बनेपा नगरपालिकाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सरसफाई गरिएको हो । सरसफाईमा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, कालि जंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी काभ्रेका सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, अनुसन्धान काभ्रेका प्रमुख नगेन्द्र दाहाल, बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत कविराज उप्रेती र बनेपा नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |