Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक पहिचान बोकेका सक्षम व्यक्तित्वहरु राजनीतिमा आउन जरुरी छः पूर्व मन्त्री बादे

प्रभातफेरी अनलाइन ५८७५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २०, शुक्रबार (४ साल अघि)
सामाजिक पहिचान बोकेका सक्षम व्यक्तित्वहरु राजनीतिमा आउन जरुरी छः पूर्व मन्त्री बादे

काभ्रे । लायन्स क्लब अफ काठमाडौं चण्डेश्वरी, लायन्स क्लब अफ नाला काभ्रे र लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीले आयोजना गरेको संयुक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व उद्योग राज्यमन्त्री एवं संविधान सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले सामाजिक पहिचान बोकेका सक्षम व्यक्तित्वहरु राजनीतिमा नआइदिँदा समाजमा राजनीतिक रुपले विकृति, विसंगति मौलाएको बताउनुभएको छ ।
आफ्नो अतितलाई स्मरण गराउँदै आफू जेसिस, लियो, लायन्स जस्ता सामाजिक संस्थाहरुमा व्यतित गरेका ति दिनहरुका बारेमा चर्चा गर्ने क्रममा लायन्स र लियो भित्र आफ्नो जीवन भेट्नेहरुले राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । आज राजनीतिक रुपमा जुन अन्यौलता छाएको छ, त्यो सबै असक्षमताको पराकाष्ट भएको टिप्पणी गर्नुहुँदै राम्रा मान्छेले राजनीतिमा चासो नदिएकै कारण नेपाली राजनीति दयनीय बन्दै गएको गुनासो समेत प्रमुख अतिथि बादेले व्यक्त गर्नुभएको छ ।


राजनीतिक चेतनाबिना समाज रुपान्तरण कल्पना पनि गर्न सकिँदैन तर आज यो मुलुकका कर्णधार राजनीतिक वितृष्णामा रुमलिन विवश छ । त्यसैले लायन्ससँग आबद्ध रहेका विधि र नीतिमा प्रष्ट भएका लायन्स लिडरहरुले सिंहदरबारको अधिकारलाई गाउँ–गाउँसम्म ल्याउन र व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै अहिले समाजमा संघीयता सम्बन्धी जुन किसिमको भ्रम सिर्जना गरिएको छ, त्यसका विरुद्ध लायन्स र लायन्ससँग नजिक हुने नेतृत्वले नागरिकहरुलाई सुसूचित गराउन आवश्यक रहेको बताउनुहुँदै सामाजिक सेवा सजिलो छैन, एकीकृत योजना सहित समाज रुपान्तरणका लागि आउन आवश्यक छ । तब मात्रै जन अपेक्षाहरु पूरा हुन सक्ने विश्वास प्रमुख अतिथि बादेको रहेको छ ।
उक्त कार्यक्रममा डिष्ट्रिक गर्भनर लायन मणिश्री रत्न बज्राचार्यको कथन थियो– लायन्सप्रतिको आकर्षणले विश्व रंगमञ्चमा नेपालीहरुको छुट्टै पहिचान स्थापित गरेको आफूले पाएको स्मरण गराउनुहुँदै विश्वका २ सय १० मुलुकहरुमध्ये छैठौं स्थानमा नेपाल रहन सफल हुनुले पनि नेपालमा लायन्स सम्बन्धीको धारणा कस्तो छ भने भनिराख्नु नपर्ने यथार्थता पस्कनुभएको छ ।
डिष्ट्रिक ३२५ बि१ अन्तर्गत एल डिष्ट्रिकलाई अझ उचाईमा पु¥याउनका लागि यस डिष्ट्रिकमा आबद्ध सम्पूर्ण लायनहरुले एकाकार भएर अगाडि जानुपर्ने धारणा राख्नुभएको छ । “नम्रताका साथ परिवर्तन होऔं” लायनहरु आफैंबाट परिवर्तनको शुभारम्भ गर्न आवश्यक छ । तब मात्र समाज रुपान्तरण गर्न सकिन्छ । त्यसैले यस कारण हामी लायनहरु जुन उद्देश्य सहित जुटेका छौं, त्यसका लागि पछिल्लो पटक आएको रुपान्तरित नीतिलाई पछ्याउँदै केन्द्रिकृतबाट विकेन्द्रिकरणतर्फ अगाडि बढिरहेका छौं । त्यसलाई स्थापित गर्नका लागि आ–आफ्नो ठाउँबाट होस्टेमा हैंसे गर्न सक्यौं भने मात्र स्थापित हुन सक्छौं । हामीबीच नै कडा प्रतिस्पर्धाहरु निस्कनेछन् । त्यही बिचबाट एललाई उत्कृष्ट डिष्ट्रिकको रुपमा स्थापित गर्ने प्रण गरौं भन्नुभएको छ ।
उक्त सम्मान कार्यक्रममा सेकेण्ड भिडिजी लायन सुमन भट्ट, फष्र्ट भिडिजी लायन परमेश्वर बराल, एडभाइजर चिफ लायन गोकर्ण कार्की, जोन चियर पर्सन लायन प्रकाश श्रेष्ठ, लायन अल्का श्रेष्ठ, लायन मधुसुदन गुरागाईं, लायन रमेश श्रेष्ठ लगायतका वक्ताहरुले लायन्सको १०४ वर्ष पुरानो इतिहासका बारेमा चर्चा गर्नुहुँदै समाज रुपान्तरणमा लायन्सले खेलेको भूमिकाको बारेमा प्रशंसा गर्नुभएको थियो ।
उक्त सम्मान कार्यक्रममा वर्ष २२÷२३ का लागि निर्वाचित तथा मनोनित डिष्ट्रिक पदाधिकारी लगायत सामाजिक रुपमा लायन्सप्रति बफदार समर्पित लियो क्लबका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0