Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वडा नं. ४ को मात्र हैन, पनौती नगरकै जिम्मेवारी माओवादीलाई दिँदैछन् ः उपाध्यक्ष सुवाल

प्रभातफेरी अनलाइन ४७९१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (३ साल अघि)
वडा नं. ४ को मात्र हैन, पनौती नगरकै जिम्मेवारी माओवादीलाई दिँदैछन् ः उपाध्यक्ष सुवाल

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पनौती नगरपालिका वडा नं ४ वडा समितिले आयोजना गरेको वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका पनौती नगर उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष सुशिला सुवालले उक्त भनाई राख्नुभएको हो ।
मंगलबार पनौती नगरको वडा नं. ४ स्थित ठाडोबाटोमा वडा कार्यालय स्थापना गर्ने क्रममा सुवालले अब एक पटक वडा र नगरका सबै पार्टी जिम्मेवार नेतृत्व र सदस्यहरू प्रतिबद्ध भएर लाग्ने हो भने स्थानिय निर्वाचनमा नगरपालिकामा माओवादी केन्द्रले जित्ने तथ्यांक सार्वजनिक गर्दै एमालेले वृद्ध भत्ताको एजेन्डा बाहेक अघि सार्ने कुनै एजेण्डा नभएको बताउनुभएको छ । सिंगो मुलुक माओवादी एजेण्डामा अगाडि बढिरहँदा हामी कार्यकर्ताहरुले जनताका माझ ति एजेण्डाहरुलाई स्थापित गर्नको लागि खेल्नुपर्ने भूमिकामा केही कमी कमजोरी हामीबाट भएकै हो । अब माओवादीका एजेण्डाहरु लिएर बस्ती–बस्ती जानुको विकल्प छैन । आदिवासी जनजाति, उपेक्षित वर्ग, दलित लगायतका वर्गहरुले आज जति पनि अधिकारहरु पाएका छन्, ति सबै कार्यकर्ता मर्न र मारिन तयार भएर आएका एजेण्डाहरु हुन् । ति एजेण्डाहरुको संरक्षण सबै माओवादी कार्यकर्ताहरुको दायित्वभित्र पर्छ । तसर्थ, राजनीतिक रुपमा संस्कार नभएको कुनै पार्टी छ भने त्यो एमाले हो भन्नुहुँदै हावादारी कुरा गरेर जनतालाई झुटको खेतीमा रुमलिन बाध्य पार्ने उसको चरित्रप्रति टिप्पणी राख्दै अब पनौतीमा एमालेको कुनै पनि अस्तित्व नरहने उद्घोष गर्नुभएको छ । त्यसैले १२ वटै वडाका आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन पनि एउटा युद्ध भएकोले त्यसतर्फ दत्तचित्त भई लाग्न निर्देशन दिनुभएको छ ।
कार्यक्रममा विशेष अतिथि नेकपा माओवादी केन्द्रका नेता एवं प्रेस सेन्टर नेपाल काभ्रेका पूर्व अध्यक्ष रामकृष्ण बञ्जाराले पनौतीका जनता नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पाँच वर्षे काम हेरिसकेको बताए । उहाँले विकास निर्माण र जनताका जनजिविकाका सवालमा सामान्य ध्यानसम्म नदिएकाले एमाले र कांग्रेसको कार्यकाल असफल भईसकेको अवस्था छ । अब पनौतीका जनताले माओवादीका उम्मेदवारलाई जिताएर सिंह दरबारको अधिकारलाई स्थापित गर्दै स्थानिय सरकार को अनुभुति गराउने छ भन्नुभएको छ । कार्यकर्ता पाल्ने बाहेक पनौती नगरका जनप्रतिनिधिले कुनै दीर्घकालिन महत्वको कार्य गर्न सकेका छैनन् । उहाँले पार्टीको स्प्रीड बिचार नै मुख्य मार्गदर्शन हुने हुँदा सबै एकजुट भएर आगामी निर्वाचनमा पनौती नगर माओवादीमय बनाउन अपिल समेत गरेका छन् ।
कार्यक्रममा नगर समिति सदस्य उत्तम बन्जाराले सबै जना मिलेर अगाडी बढे स्थानिय निर्वाचनमा वडा नं. ४ का मतदाताले माओवादीलाई विजयी गराउने जिकिर गरेका छन् ।
यसैगरी कार्यक्रममा नगर समितिका सदस्य बिनोद कार्की, सिर्जना परियार, नगर सदस्य एवं वाईसियल नेपालका नगर अध्यक्ष कमल बहादुर सापकोटा, नगर सदस्य एवं वाईसियल नेपाल वडा नं. ४ का अध्यक्ष सुदन बस्नेत, वडा समिति पुर्व ईन्चार्ज हरिशरण थापा, पुर्व अध्यक्ष शुदर्शन थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ वडा समितिका अध्यक्ष शेखरमान श्रेष्ठले गरेका थिए भने संचालन नगर सदस्य एवं पार्टी वडा सचिव राजु सापकोटाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0