Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनयुद्धका घाइतेको उपचारप्रति माओवादी अध्यक्षको चासो

प्रभातफेरी अनलाइन ८२१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (४ साल अघि)
जनयुद्धका घाइतेको उपचारप्रति माओवादी अध्यक्षको चासो

विनिता थोकर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहान सबेरै वीर अस्पताल पुग्नुभएको छ । उहाँ अस्पतालमा उपचारारत महाभारत गाउँपालिका वडा नं. ६ बनखुका भक्त रानालाई भेट्न जानु भएको हो । त्यस अवसरमा उहाँले रानासहित हस्पिटलमा रहेका गोरखा फुजेलका अर्का बिरामी (सहिद परिवार) तिलराम देवकोटालगायत वार्डमा रहेका सबै बिरामी र तिनका आफन्तसँग भेट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सो समयलाई उपयोग गर्दै प्रचण्डसँग केही बिरामी र उनीहरुका आफन्तले गुनासोसमेत सुनाएका छन् । उनीहरुले विशेषगरी अस्पतालमा डाक्टरहरु ड्युटीमा नबस्ने, बिरामीलाई प्राइभेट अस्पताल रिफर गर्ने, एमआरआई मेसिन बिग्रेको बहानामा प्राइभेट ल्याबमा पठाइने, अस्पतालको फार्मेसीले उपलब्ध गराउने भनिएका निःशुल्क औषधि पाउनै मुश्किल हुने, महँगो औषधि निःशुल्कको सूचीमा नहुने, अप्रेशनमा प्रयोग हुने मेडिकल औजारमा चर्को दलाली भएको गुनासो समेत सुनाएका छन् ।
सो संवादपश्चात् सिधै पूर्व प्रधानमन्त्री प्रचण्ड बालुवाट पुगेर वीर अस्पतालमा देखिएका बेथितिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउँदै जनयुद्धका घाइते भक्त रानाको उपचारका लागि सरकारी स्तरबाट गर्नुपर्ने कामहरुका बारेमा अवगत गराएको पूर्व प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
मगर बागमती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरेमा २०६२ माघ ८ गतेका दिन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भएको भिडन्तको क्रममा टाउकोमा गोलीको छर्रा लागेर घाइेत भएका हुन् । टाउकोमा भएको छर्राको कारणले असर हुदै गए पछि दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको थियो ।
प्रचण्डले मगरको उपचार खर्चको जिम्मा नेकपा माओवादी केन्द्रले लिने प्रतिवद्धता उक्त अवसरमा व्यक्त गर्नुभएको छ । उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, ७ बर्षको बच्चाको पढाई र मगरको श्रीमतीको रोजगारीको लागि पहल गर्ने समेत बताउनुभएको छ ।
सो घटनालाई लिएर प्रचण्डले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री देउवासँगको छलफलमा ध्यानाकर्षण गराइएका विषय भनेर सचिवालयले सार्वजनिक गरेका बुँदाहरु सामाजिक सञ्जालमा यसप्रकार भेटिएको छ ः
– सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
– सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
– सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
– जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,
– सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।
प्रवास पार्टी कमिटिको पहलमा अध्यक्ष प्रचण्ड, पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) लगायत अन्य प्रवास कमिटीका सदस्यहरु र पार्टीका नेताहरु अस्पतालमा पुगेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0