Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षित बनौं अभियान नेपाल विद्यालयमा

प्रभातफेरी अनलाइन ८२१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (४ साल अघि)
शिक्षित बनौं अभियान नेपाल विद्यालयमा

बिपशना शाक्य

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका १४ स्थित आशापुरेश्वरमा रहेको जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शिक्षित बनौं अभियान नेपालले स्टेशनरी सामग्री वितरण गरिएको छ ।
विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुर्याउने उदेश्यका साथ शिक्षित बनौं अभियान नेपाल (Be Educated Movement  Nepal) ले विद्यार्थीहरू लाई स्टेशनरी सामग्री वितरण गरिएको हो । एक कार्यक्रम विच संस्थाका अध्यक्ष अशोकचन्द्र धुजु श्रेष्ठले विद्यालयका ८५ जना विद्यार्थीहरु लाई स्टेसनरी सामग्री वितरण गरेका थिए । बनेपा नगरपालिका भित्रको विद्यालय भएपनि बत्ती मुनिको अँध्यारोको रूपमा रहेको आशापुरेश्वर क्षेत्रका विद्यार्थीहरूलाई र विद्यालयलाई संस्थाले केही वर्ष अगाडि देखि नै सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजु बस्नेतले जानकारी गराएका छन् । संस्थाले विद्यालयमा पुस्तकालय पनि स्थापना गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार यस क्षेत्रमा प्रायः तामाङ बस्ती रहेको र सहरी क्षेत्रबाट नजिकै रहेपनि शिक्षा क्षेत्रमा साथै विभिन्न विकासका पूर्वाधारका योजनाहरू नपर्दा समस्या उत्पन्न भएको बताउनुहुँदै घण्टौं समय लगाएर हिँडेर विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्न आउने भए पनि उनीहरूको घरको आर्थिक अवस्था नाजुक भएका कारण विद्यार्थीहरुले पढाई छाड्ने गरेको विद्यालयका प्रधानाध्यापक बस्नेतको गुनासो छ । धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण अर्थ राख्ने आशापुरी महादेव मन्दिर नजिकै रहेको विद्यालयमा आशापुरेश्वर क्षेत्रका साथै सूर्यविनायक नगरपालिका काँक्राबारी क्षेत्रबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ । स्टेशनरी सामग्री वितरण कार्यक्रममा संस्थाका अध्यक्ष अशोक चन्द्र धुजू श्रेष्ठ, कार्यक्रम संयोजक रामचन्द्र रञ्जित, विद्यालयका प्रधानाध्यापक राजु बस्नेत, अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई नयाँ शैक्षिकबाट ड्रेस र ट्र्याक सुट (पोशाक) पनि छिट्टै वितरण हुने बताउनुभएको छ । कार्यक्रममा संस्थालाई विद्यालयको तर्फबाट प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुरेन्द्रराज खरेलले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0