Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुँदै, ५१ वटै सूचक पार गर्दै अन्तिम तयारी पूरा

प्रभातफेरी अनलाइन ८९२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (३ साल अघि)
रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुँदै, ५१ वटै सूचक पार गर्दै अन्तिम तयारी पूरा

उर्मिला यादव यात्री
परासी । पश्चिम् नवलपरासीको सदरमुकाम परासीमा रहेकोे रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुने भएको छ । नगरपालिकाले यही चैत्र १२ गते शनिबार बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको र अन्तिम तयारी पूरा भएको रामग्राम नगरपालीकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा भएकोले सोहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गर्न लागिएको र त्यसको अन्तिम तयारी पूरा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो । उहाँको अनुसार जिल्ला समन्वय समिति तर्फबाट संयुक्त अनुगमन भई बालमैत्री घोषण गर्न त्यसको प्रतिबेदन आईसकेको र लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घोषणा गर्न स्वीकृति दिई सकेकोले रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तिम चरण पुगेको बताउनु भयो । बालमैत्री नगर घोषणा हुनु नै बालश्रम मुक्त नगर, बालबालिकाको पहुँच, शिक्षामा पहुँच पुग्ने भएको नगरप्रमुख गुप्ताले बताए । बालमैत्री नगर घोषणा गर्नको लागि तोकिएको सम्पूर्ण सुचकहरू पूरा भईसकेको रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिनु भयो । बालमैत्री नगर घोषणा गर्नको लागि ५१ वटा सुचक रहेकोले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेका छौं प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताउनु भयो । बालमैत्री नगर घोषणाको लागि मुख्यत ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेको र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेको नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीले बताउनु भयो ।
उहाँको अनुसार बाल बचाउ, बालबिकास, बाल संरक्षण र संस्थागत बिकास मुख्यतयाः रहेको ३८ सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न लागिएको छ । नगरपालिकामा विद्यालय र टोल गरी १ सय २ वटा बालक्लब रहेको छ । जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेको नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिनु भयो । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाको संख्या कुल २० हजार ८ सय २६ रहेको छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेको छ । यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0