Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतन्त्र, संघीयता, समावेशीकरण वा समानुपातिक ऐजेण्डा माओवादीको हो ः नेता पोखरेल

प्रभातफेरी अनलाइन ६७८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)
गणतन्त्र, संघीयता, समावेशीकरण वा समानुपातिक ऐजेण्डा माओवादीको हो ः नेता पोखरेल

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बनेपा नगर समितिको आयोजनामा स्थानीय तह निर्वाचन केन्द्रित नगर स्तरीय अभिमुखीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई गत शनिबार बनेपामा सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका ऐजेण्डा माओवादीको भएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले युद्ध र आन्दोलनलाई संयोजन गरेर ऐतिहासिक परिवर्तनको भूमिका र समानुपातिक ऐजेण्डा पनि माओवादीकै कारण स्थापित भएको बताउनुभएको छ । जनताको अधिकार माओवादीका कारण नै स्थापित भएको बताउँदै नेता पोखरेलले एमाले गणतन्त्रवादी नै भएको जिकिर समेत कार्यक्रममा गर्नुभएको छ । उहाँले थप्नुभयो– स्थानीय तहलाई सरकारको रुपमा संवैधानिक व्यवस्थापन माओवादीकै पहलमा भएको र तीन वटै तहको संरचनाको परिकल्पना पनि माओवादी केन्द्रकै भएको नेता पोखरेलले उक्त अवसरमा प्रष्ट पार्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) को विशेष आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने दर्जनौं कार्यकर्तालाई प्रमुख अतिथि पोखरेल स्वागत गर्दै आगामी राजनैतिक यात्राको लागि शुभकामना दिएको छ । माओवादी प्रवेश गर्नेमा गत स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीका बनेपा नगरका मेयर पदका उम्मेदवार श्रमिक लामा लगायत सयौं कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमला दोङ, रुकु चौलागाई, मिना तामाङ, बागमती प्रदेश सचिवालय सदस्य तथा काभ्रे इन्चार्ज भोला अर्याल, प्रतिनिधि सभा क्षेत्र नं. २ का इन्चार्ज रमेश हुमागाईं, बनेपा नगर इन्चार्ज गोपाल घिमिरे, प्रेस सेन्टर नेपाल, बागमती प्रदेश सचिव सन्तोष दाहाल, कर्मचारी संघ काभ्रेका अध्यक्ष कमल कुइकेल लगायतको सो अवसरमा उपस्थिति थियो ।
नेकपा माओवादी केन्द्र बनेपा नगर समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा माओवादी केन्द्र बनेपा नगर समितिका उपाध्यक्ष सुरज केसीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0