Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दारेचोकमा ढलेका सहिद क. विश्वासलाई सम्झँदा

प्रभातफेरी अनलाइन १०६९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)
दारेचोकमा ढलेका सहिद क. विश्वासलाई सम्झँदा

डम्बर थामी “अनुपम”

“एउटा टुकीले अर्को टुकीलाई तबसम्म बाल्न सक्दछ, जबसम्म उसले आफूलाई बालीरहन सक्दछ ।” – रविन्द्रनाथ टेगोर

उल्लेखित जीवनोपयोगी, प्रेरणादायी, उत्साहमयी कथन रवीन्द्रनाथ टैगोर (सन् १८६१–१९४१) को हो । उनी प्रतिभाशाली साहित्यिक व्यक्ति (बंगला भाषाका प्रखर कवि, साहित्यकार, कहानीकार, संगीतकार, नाटककार, चित्रकार आदि) थिए । उनको जिन्दगीलाई हजारौं दुःख, अभाव र समस्याका तीखा–तीखा तीरहरुले आक्रमण गरिरहँदा पनि उनी नडगमगाई सतिसाल झैं उभिरहे । हजारौं चुनौतीहरुको सामना गरिरहे । आफ्नो कर्ममा दत्तचित्त रहिरहे । कत्ति पनि बिचलित नभई आफ्नो उद्देश्य र गन्तव्यमा निरन्तर अगाडि बढी नै रहे । फलस्वरूप उनले साहित्य सम्बन्धि नोबेल पुरस्कार पनि प्राप्त गरे । विद्यार्थी जीवनदेखि नै मलाई उनको कठोर संघर्षमयी जीवनीले निकै प्रभावित तुल्याएको थियो । केही पाउनको लागि अवस्य नै केही गुमाउनु पर्दोरहेछ भन्ने लागेको थियो ।


मैनबत्तीको शिखाले झैं आफू जलेर (खरानी भएर) मात्र दुनियाँलाई उज्यालो दिन सकिन्छ । दुनियाँलाई पनि बालीरहन सकिन्छ । दुनियाँलाई बाल्नु चानचुन कुरा होईन । अँध्यारोको साम्राज्यले छोपेको समाजलाई जबर्जस्त आफू बलेर उज्यालो पार्नैपर्छ । आफू बलेर खरानी हुने आँट गर्नैपर्छ । कठिन मोडहरुलाई पार गर्नैपर्छ । भद्रगोलको बीचबाट गोल गर्दै जानुपर्छ । जसरी भीर मह काड्नको लागि पहरामा झुन्डिनु पर्ने हुन्छ । मौरीको टोकाईको डर उत्तिकै हुन्छ । डोरी चुँडिन सक्छ । मौरीले टोकेर जिन्दगी नै खत्तम हुन सक्छ । यी सबै जोखिमहरु मोल्नैपर्छ । अनि मात्र मह काड्न र हात चाट्न पाईन्छ । क्रान्ति, आन्दोलन, युद्ध पनि त्यस्तै जोखिमपूर्ण काम हो । रहर गरेर मात्र क्रान्ति पूरा हुँदैन । पाईला–पाईलामा बलिदान दिन तत्पर रहनुपर्छ । त्यसैले क्रान्ति सरल रेखामा गुज्रने नभई बक्र रेखामा गुज्रने गर्छ । यो मेरो जिन्दगीको जीवन्त अनुभव हो । यसै प्रसंगमा मैले एक जना वीर सहिद क. दीपक दाहाल (विश्वास) को श्रद्धाञ्जलीस्वरुप केही महत्वपूर्ण र अविस्मरणीय यादहरु यहाँ पोख्न गईरहेको छु ।
२०५४ साल असोज २५ गते दशैंको टीकाको दिन क्रान्तिको यात्रामा पहिलो पाईला टेकेपछि छापामार (गुरिल्ला) जिन्दगी शुरु भयो । छापामार जिन्दगी शुरु भएपछि सा¥है कठिन दिनहरुको शुरुवात भयो । भूमिगत जीवन सा¥है दुःखद हुने रहेछ । तर पनि गुरिल्ला हुने आकांक्षाले घचेटीरह्यो । फौजी–गैरफौजी, साना–ठूला काम कार्वाहीहरुमा भाग लिंदै गईयो । कार्वाहीहरुको अनुभव पनि सँगाल्दै गईयो । युद्ध क्षमताको केही विकास पनि भयो । जनसंगठन गर्ने केही कला पनि सिकियो । केही साहित्यिक लेख रचनाहरु पनि लेख्न सक्ने भईयो । त्यतिबेलासम्म दोलखा जिल्लामा खासै क्रान्तिको उभार आईसकेको थिएन । सीमित मान्छेहरु मात्रै क्रान्तिमा आबद्ध थिए । पूर्णकालीन कार्यकर्ताहरु पनि कमै थिए । जनसंगठनहरु सीमित थिए । सेल्टरहरु पनि सीमित थिए । सिन्धुपाल्चोकको टेकनपूरबाट सेल्टर लिन दोलखा लापिलाङ हाम्रो घर । लापिलाङबाट सेल्टर लिन जुँगु । जुँगुबाट सेल्टर लिन पवटी या घ्याङ सुकाठोकरको मुकुने पुग्नुपर्थ्यो । एकै रातमा यति लामो बाटो हिंड्नु मामूली कुरा थिएन । अन्धकार रातमा भूत बनेर हिंड्नुको मजा पनि छुट्टै छ । त्यसैले हिम्मत नहारी हिंडिरह्यौं । जनसंगठन बनाईरह्यौं । क्रान्तिको आधारहरु बनाईरह्यौं । आधार इलाकाहरु बनाईरह्यौं । त्यसपछि २०५५ सालमा गिरिजा नेतृत्वको सरकारले चलाएको ’ किलो शेरा टू ’ अप्रेसनको बेला सिन्धुपाल्चोक जिल्लामा जिल्ला कमिटीको बैठक बस्यो । र नयाँ फौजी योजना (प्रतिरोध) को योजना लिएर आउँदै गर्दा २०५५ साल असार ५ गते नयाँपूल भिडन्तमा परेपछि हामी गैरीमुदी, भीरकोट, झुले, जफे, मालु, शहरे, हावा, च्यामा हुँदै जिरी माली पुगेका थियौं । र कमिशार क. कृपाश्वरको घरमा भेटघाट पनि गरेका थियौं । हो त्यतिबेलादेखि नै मैले क. कृपाश्वरको परिवारलाई चिनेको थिएँ । हामी सामान्य कुराकानी गरेर खाना खाएर कमिशारको घरबाट हिंडेका थियौं । त्यतिबेला क. कृपाश्वरको कार्यक्षेत्र सोलु, ओखलढुंगामा थियो । त्यतिबेला क. कृपाश्वरसँग भेट हुने कुरै भएन । क. कृपाश्वर पनि सैन्य–राजनीतिक (politico–millitary) दुबै क्षमता राख्ने सर्वहारावर्गका क्रान्तिकारी नेता थिए । (उनको बारेमा “आस्थापुन्ज” स्मृति ग्रन्थमा उल्लेख गरिसकेको छु ।) नेतृत्वको अब्बल क्षमता राख्ने क. कृपाश्वरका माईलो छोरा अत्यन्त चलाख, चतुर र साहसी स्वभावका क. दीपक दाहाल (विश्वास) सँग पहिलो पटक त्यही बेला घरमै भेट भएको थियो । त्यसपछि २०५७ साल फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर तत्कालीन श्यामा गा.वि.स. मा एरिया पार्टीको आयोजनामा भलिबल प्रतियोगिता गरिएको थियो । त्यतिबेलाको एरिया सेक्रेटरी पनि क. कृपाश्वर नै थिए । सो खेलको सुरक्षार्थ मेरो टोली खटिएको थियो । त्यतिबेला म सिन्धु+दोलखा जिल्लामा बनेको जिल्ला प्लाटूनको ‘बि’ सेक्सनको कमाण्डर थिएँ । सो खेलमा मालीकै टोलीमा क. विश्वास पनि खेलाडी भएर आएका थिए । अत्यन्तै राम्रो भलिबल खेल्ने क. विश्वासलाई त्यो बेलादेखि त झन् आत्मीय रुपले चिन्न थालेको थिएँ । त्यसपछि २०५८ सालमा स्कूलको पढाई छाडेर क. विश्वास पनि कलिलै उमेरमा क्रान्तिमा लामबद्ध भए । त्यसपछि हामीले एउटै कार्यक्षेत्रमा सँगसँगै काम गर्ने अवसर पायौं । पहिलो संकटकालमा हामीले जिल्लामा रहँदा थुप्रै ठाउँमा एम्बुशहरु, माईनिङ्हरु ग¥यौं । चरिकोट सदरमुकाम नजिकै पुगेर फौजी गतिविधि पनि ग¥यौं । सदरमुकाममै गएर पनि बम पड्कायौं । भि.जि. पि. हान्यौं । त्यत्रो उधूम मच्चाउँदा पनि त्यतिबेला दुश्मन डेग चलेन । दुश्मन ब्यारेकभित्रै खुम्चिन बाध्य भयो । हामीले संकटकालमा गैरफौजी गतिविधिहरु पनि सन्चालन गरिरह्यौं ।
यसरी साहस, सौर्य र वीरताको पर्याय क. विश्वास २०५९ सालदेखि नै जिल्ला प्लाटुन हुँदै जनमुक्ति सेनाको मुख्य फोर्समा आबद्ध भए । र फेरि पनि सँगसँगै काम गर्ने अवसर पायौं । जिल्लामा हुँदा पनि सेनाको ब्यारेकसम्म पुगेर रेक्की गरेर आउँथे । कुनै पनि बहाना बनाएर ब्यारेकको आँगनसम्मै पुग्थे । सबै कुराहरू डिटेलमा ल्याउँथे । र मुख्य फौजी फर्मेशनमा गएपछि त झन् दुश्मनको रिअर ग्रुप (Rear group) सँगै हिंडेर दुश्मनको फर्मेशनको पाई पाई रिपोर्ट (लाईभ रिपोर्ट जस्तै) गर्थे । यस्तो क्षमता बिरलै योद्धाहरुमा पाईन्छ । बिरलै मान्छेहरुमा पाईन्छ । यसको ज्वलन्त उदाहरण हो बन्दीपूर मोर्चा, नार्के फायरिङ एम्बुस, घर्तीछाप फायरिङ एम्बुश, बनेपा कमाण्डो लगायत अरु धेरै ठाउँ छन् । घनीभूत शहरी ईलाकामा रहेको चौकीको पनि आँगनको बंकरमै पुगेर रेक्की गर्ने क्षमता थियो । उनको यही अनुकरणीय क्षमताले गर्दा नै डिभिजन स्तरको ईन्टलीजेन्सको कमान्डर थिए । र लडाइँमा पनि बिना हिच्किचाहट हाम फालीहाल्थे । यसरी लडाइँ लड्दै जाने क्रममा क. विश्वासले दर्जनौं लडाइँहरु कुशलतापूर्वक लडे । (रुम्जाटार, गर्जाङ चुचुरे, ऐसेलुखर्क, भोजपुर, अमलेखगञ्ज, बन्दीपूर, सान्नाने, नार्के, घर्तीछाप, दधिकोट, झुरझुरे, खाडीचौर, काभ्रेभञ्ज्याङ् आदि) । बोत्ले हत्याकाण्डमा पनि दुश्मनलाई फायरिङ गर्दै साथीहरूलाई कभर फायर दिंदै घेरा तोड्न सफल भएका थिए । कभर फायर दिएर थुप्रै साथीहरूको ज्यान जोगाएका थिए । अन्य धेरै मोर्चाहरुमा ईन्टलीजेन्स विभागको जिम्मेवारी भए पनि एसाल्टमै बसेर लडाइँ लडे । नार्के फायरिङ एम्बुशमा तीन जना दुश्मनलाई एकैसाथ ढालेर हतियार कब्जा गरेका थिए । उनको यो साहस देखेर दुश्मन पनि चकित भएका थिए र कुलेलम ठोकेका थिए । यसरी क. विश्वास साहस, सौर्य, वीरताको पर्याय नै थिए । क्रान्तिका दरिलो खम्बा थिए । हरेक मोर्चाका नायक थिए । लडाइँ निकै पेचिलो बन्दै जाँदा चितवनको दारेचोकमा डिभिजन हेडक्वार्टरको प्रत्यक्ष कमान्डमा ठूलो फौजी कार्वाहीको तयारी गर्दै गर्दा योजना खुलेर रेन्जर बटालियनसँग भीषण भिडन्त भयो । सोही भिडन्तमा लड्दा लड्दै उनले उच्च शहादत प्राप्त गरे । शरीरमा असिनासरि गोली वर्षिरहँदा पनि “केही भएको छैन कमरेडहरु हानौं, हानौं” भन्दै फायरिङ गरिरहँदा अन्ततः दारेचोकको भूमीलाई कम्पायमान पार्दै आफैं ढलेका थिए । सो भिडन्तमा जनमुक्ति सेनातर्फ निकै ठूलो क्षति भयो । एक्काईस जना जनमुक्ति सेनाका योद्धाहरुको पनि शहादत भयो । त्यतिबेला क. मनोज बि. क. (प्रबल) लाई टाउकोमा गोली लागेर बेहोस हुँदा पनि साथीहरूको लासभित्र घुसेर बाँचेका रहेछन् । त्यसैले त युद्ध अति निर्मम हुन्छ ।
यसरी साहसिक क. विश्वासको जन्म २०४२ साल भाद्र १३ गते बुबा कृष्ण प्रसाद दाहाल (क.कृपाश्वर) र आमा चित्रमाया दाहालको कोखबाट साविक माली गा.वि.स. वडा नं ५ (र हाल जिरी नगरपालिका वडा नं ३) मा भएको थियो । उनको एक दाइ, एक भाइ र एक बहिनी छन । बिधिको विडम्बना भनें झैं बुबा कृष्ण प्रसाद दाहाल (क. कृपाश्वर) र दिदी कमला दाहालको पनि प्राणघातक रोग क्यान्सरबाट अल्पायूमै मृत्यु भईसकेको छ । यो कुरा सम्झँदा निकै भावुक तुल्याउँछ । समयले मान्छेको जिन्दगीलाई कता पु¥याएर हुत्त्याउने रहेछ भन्ने ठेगान नहुने रहेछ । जनयुद्धमा बगेको क. विश्वासको रगतको सम्मान गरौं । सहिदहरुको सपना साकार पारौं ।
साहसिक योद्धा दीपक दाहाल (क. विश्वास) प्रति शिर झुकाएर भावपूर्ण श्रद्धाञ्जली !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0