काभ्रे । यतिबेला सिंगो मुलुक निर्वाचनमय भएको छ । जसको छिटा काभ्रेमा पनि परेको छ । विशेष गरी सत्तारुढ दल नेपाली कांग्रेसभित्र यसले गहिरो जरा गाडेको पाइन्छ । पार्टी गठबन्धनमा सहभागी हुने निर्णयमा गइसकेको अवस्थालाई समेत गम्भीरतापूर्वक लिनुको साटो आफूखुशी उम्मेदवारी घोषणा गर्ने होड उत्कर्षमा पुगेको छ ।
नेपाली कांग्रेस निकट स्रोतका अनुसार जिल्लाका १३ वटै पालिकामा कांग्रेसका कार्यकर्ताहरुले आफ्नो उम्मेदवारीलाई सार्वजनिक गरिसकेका छन् भने अर्काे विपक्षी दल नेकपा एमाले १३५ वडा र १३ वटै पालिकामा एक्लै चुनावी मैदानमा ओर्लिने घोषणा सहित उम्मेदवारीको नजिक पुगेको स्रोतको दाबी छ । सत्ता गठबन्धनभित्र देखिएको अहम्तालाई एमालेले सहजै उपयोग नगर्ला भन्न सकिन्नँ । सत्ता गठबन्धनको एउटा शक्ति जुन शक्तिमा अहिले राजनीतिक उन्माद बढेको विश्लेषकहरुको चर्चा छ । यदि यही अहम्ता रहे प्रतिगमनको नायक भनेर उद्घोष गरेको नेकपा एमालेलाई कसैले घुन पुतली लगाउन नसक्ने राजनीतिक विश्लेषकहरुले गरिरहेका छन् ।
यसरी आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुमा सत्ता गठबन्धनभित्रका दलमा नेपाली कांग्रेस, जसपा, नेकपा समाजवादी अग्र स्थानमा देखिएका छन् । यसले गठबन्धनलाई अप्ठ्यारोमा पार्ने हो कि भन्ने चिन्ता गठबन्धनभित्र बढेको छ । यसैबीच जनता समाजवादी पार्टीले बनेपा नगरको १४ वटै वडा र नगर प्रमुख, उपप्रमुखमा उम्मेदवार चयन गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ भने कांग्रेसको तर्फबाट सबै पालिकाहरुमा र वडाहरुमा उम्मेदवारी घोषणा भइसकेको छ । यसरी राजनीतिक रुपमा नीतिभन्दा बाहिर गएर गरिएका घोषणाहरुले गठबन्धन जीवन्त रहन्छ भन्ने आधार सकिन लागेको जसपा बनेपा नगर वडा नं. ५ का सम्भावित वडा अध्यक्षका उम्मेदवार श्याम सेवाचार्यको छ ।
पनौती नगरमा आफूलाई प्रभावशाली देखाउने व्यवसायी भोला थापा, प्रदीप बोगटी, राजेन्द्र पसछें लगायत १६ जनाले नगर प्रमुखमा दाबी गरेको कांग्रेसले बताएको छ । त्यसैगरी बनेपा नगरमा राम जोशी, महेश कर्माचार्य, शान्ति रत्न शाक्य, सुरकृष्ण वैद्य, उद्धवप्रसाद नेपाल लगायतका झण्डै १ दर्जनभन्दा बढी नेताहरुले नगर प्रमुखमा दाबी रहेको खुलासा गरेका छन् ।
यसरी स्वच्छिक रुपमा उम्मेदवार घोषणा गर्नुले गठबन्धन अप्ठ्यारोमा पर्ने राजनीतिक विश्लेषकहरुको दाबी छ । यो अवस्थामा अन्ततः भन्न सकिएन, काभ्रेमा गठबन्धन हुने सम्भावना टर्दै गएको उहाँहरुले बताउनुभएको छ ।
यता प्रदेश समितिले आ–आफ्ना जिल्ला पार्टी कमिटीलाई २३ गतेभित्र राजनीतिक अवस्था सहित उम्मेदवारसहित नामावली पेश गर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष सरल सहयात्री, नेकपा एस पार्टीका बागमती प्रदेश सहइन्चार्ज जीवनराम श्रेष्ठ, राष्ट्रिय जनमोर्चा बागमती प्रदेश प्रतिनिधि मिना पुन र जसपा बागमती प्रदेश अध्यक्ष सोनाम सिं स्याङतानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र गजनैतिक स्थायित्व सहितको सम्वृद्धिको लागि स्थानीय तहमा गठवन्धनका बीच चुनावी तालमेल गरी निर्वाचनमा भाग लिन सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरुको प्रदेश स्तरीय संयन्त्रको वैठक इन्द्रबहादुर बानियाँको संयोजकत्वमा वस्यो । सो बैठकले गरेका निर्णय यसप्रकार छन् ।
१. सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरुको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न बागमती प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी पालिका स्तरको संयन्त्रको बैठकले प्रस्तुत गरेको विश्लेषणको आधारमा बस्तुगत स्थितिको विश्लेषण सहितको प्रतिवेदन चैत्र २३ गते दिनको ३ बजे भित्र प्रस्तुत गर्न सबै दलले आफ्ना जिल्ला समितिमा निर्देशन दिने ।
२. बागमती प्रदेशका ११९ वटै पालिकाहरुमा सरकारमा सहभागी दलहरुले स्थानीय निर्वाचन २०७४ मा पाएको मतको अवस्था र बिजय भएका स्थानहरु बारको हाल सरकारमा सहभागी पाँचवटै दलको विकसित जनमतको अध्ययन गरी अर्को बैठकमा निस्कर्षमा पुग्ने जनाइएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |