मोहन दुवाल
(वरिष्ठ साहित्यकार)
वि.सं. २००२ चैत्र २८ गते मन्थली, रामेछापमा माता पदमकुमारी र पिता इन्द्रप्रसाद घिमिरेको सुपुत्रका रुपमा जन्मेका जगदीश घिमिरेले शिक्षाको हकमा समाजशास्त्रमा एम.ए. र जनसङ्ख्या विषयमा पोष्ट ग्राजुयट डिप्लोमा गरेको देखिन्छ । साहित्य सेवा र सिर्जनामा २०२१ सालदेखि श्री ३ गिद्ध कथा लेखेर देखा परेका यिनी सामुदायिक विकासमा पनि आफूलाई समर्पित गर्दै आएका व्यक्तित्व हुन् । गैरसरकारी सङ्घ–संस्थामा जीवनका अधिकांश समय खर्चेका यिनी केहीक्षण प्रजातान्त्रिक आन्दोलनमा लागेर राजनीतिमा पनि लागेको देखिन्छ ।
अन्तर्मनको यात्राले धेरै वर्ष गुमनाममा रहेको जगदीश लेखकलाई अचानक तान्दै जनमानसमा ल्याइपु¥याए । यात्रा गर्नेहरू अनगिन्ती छन् । त्यही अनगिन्तीकै हुलबाट निस्केका यात्राक्रमलाई जगदीशले आफ्नो जीवनका प्रसङ्गहरूमार्फत् अन्तर्मनको यात्राका रूपमा रूपान्तरण गरे । समाजसेवामा उनले गरेको समर्पण उल्लेख र योग्य छन् – त्यसैले उनी सफल समाजसेवक हुन् । उनले लेखेको साहित्यमा उनको आफ्नै खालका रचना–शिल्प छन् । त्यसैले उनी विख्यात साहित्यकारका रूपमा सुपरिचित छन् । विकृति र विसङ्गतिका विरोधी तथा विद्रोह स्वभाव भएकाले उनी प्रतिपक्ष साहित्यकारजस्तो देखिएको हो । राजनीतिमा सक्दो गरेर पनि त्याग गर्न जानेकाले सबले मनपरेका राजनीतिज्ञ हुन् उनी । एकजना विकास निर्माणका योजनाकार । स्वप्नदृष्टि राखेर देश र समाज हेर्न सक्षम दृष्टिकर्ता । तामाकोशी संस्थाका प्रवन्धक । तितोसत्य लेख्दै आएका एकजना समाजसेवी पत्रकार । धेरै नाममा विभाजित रहेर पनि सबैलाई चिनाउन सफल वरिष्ठ लेखक हुन् – जगदीश घिमिरे ।
राजनीति सोचे यिनले तर त्यस वृत्तभित्र अमिलो मन बनाएर उनी कुडिरहन सकेनन् । साहित्य लेख्दै आए यिनले निरन्तर लेखिरहन समय दिन नसकेकै कारणले धेरै वर्षसम्म साहित्यबाट यिनी टाढा–टाढा रहन गए । समाजसेवामा एउटा उदाहरणीय काम गर्दै रहेका कारणले तामाकोशी सेवा समिति संस्थामार्फत् अन्तर्राष्ट्रिय पुरस्कारका लागि यिनी सम्मानित भएकोले त्यस्तै खुसी साट्न अमेरिकामा जाँदा माइलोमा रोगका डरलाग्दा आक्रमणले यिनी विमारी परे । उनले नसोचेको, नेपालीहरूलाई कममात्र लाग्ने रोगले यिनी आक्रान्त हुँदा यिनी रोगसँग हरेश खाएनन् । सिर्जनामार्फत् आफूलाई देखाइरहन रूचाए । त्यही क्रममा यिनले अन्तर्मनको यात्रा लेखे, प्रकाशित गराए । उक्त कृतिको चर्चा शिखरमा चढ्यो । यिनका अन्य प्रकाशित कृतिहरुमा १) लीलाम (उपन्यास–२०२७), २) जगदीशका कथाहरु (कथासङ्ग्रह–२०२७), ३. साविती (उपन्यास–२०३२), ४. केही कथा, कविता र संस्मरण (विविध–२०३४), ५. सन्तान (नाटक–२०३६), ६. अन्तर्मनको यात्रा (आत्मालाप–२०६४), ७. अग्निसूत्र (कवितासङ्ग्रह–२०६५), ८. बर्दी (रोज्जा कथाहरु–२०६५), ९. स्थान कालपत्र (निबन्ध–२०६६) र १०. सकस (उपन्यास–२०६९) छन् । यिनी मैनाली कथा पुरस्कार, उत्तम शान्ति पुरस्कार र मदन पुरस्कारबाट सम्मानित छन् । ‘अभिव्यक्ति’ र ‘पर्वत’ साहित्यिक पत्रिकाहरुको सम्पादनसमेत गरेका यिनीबाट नेपाली कविताहरुलाई हिन्दीबाट पनि अनुवाद गरेको देखिन्छ ।
जगदीश घिमिरेको रोग, रोगसँग नडराइकन उनले गरेको सङ्घर्ष अनौठो साहसको एउटा छुट्टै बिम्बजस्तो देखियो र उनको कथा–व्यथा हेरेर मलाई जगदीश लेखकलाई मनमा राख्न मन पराएँ । पुस २३ गते मन्थलीमा पुगेर जगदीश घिमिरेको सेवा देख्न पायौं । तामाकोसी सेवा समितिको प्रभाव यत्रतत्र फिँजेको देख्यौं । जगदीश घिमिरेको सम्पर्क, सक्रियता र स्फुर्तिले रामेछापमा धेरै खालका सामाजिक कार्यहरू भएको देखियो । अति दुर्गम गाउँमा पनि धारा पु¥याइदिएको, चर्पी निर्माण गराइदिएको, हस्पिटल स्थापना गरी स्वास्थ्यसेवा गरिदिएको, आयमूलक थुपै्र आयोजना चलाउन साथ दिएको, राष्ट्रका साहित्यिक स्रष्टाहरू रामेछाप घुमाइदिएको प्रसङ्गहरू बिर्सिन गा¥हो छ । त्यहीँ भएको साहित्यिक कार्यक्रममा जगदीश घिमिरेको जीवनसँगिनी दुर्गा घिमिरेको सभापतित्वमा भएको उक्त महोत्सवमा उनले आफ्नो भावना यसरी पोखे, जुन मर्मस्पर्शी छन् – रामेछाप मेरो जन्मथलो होइन तर कर्मथलो हो । केही नभएको ठाउँ, साँµमा स्याल कराउने ठाउँमा जगदीशको नेतृत्वमा केही काम गर्न पाएको छु । ३५ वर्ष नाघ्यो यो माटोमा मैले पनि समाजसेवा गर्न पाएको । आज घर–घरमा पानी पु¥याउन पाएको छु, स्वास्थकेन्द्र खोल्न पाएको छु । इतिहास रोकिनु हुँदैन । समाजसेवा निरन्तर गर्छु । राजनीतिमा विकृति देखिएको छ । समाजसेवा गर्ने भावना भरिदिनु हुने जगदीशजीलाई म प्रणाम गर्छु । जगदीशजीलाई साहित्यले ऊर्जा दियो, जीवन दियो । जगदीशको सिर्जनाले जगदीशलाई बचाउँछ । जगदीशलाई साहित्यमार्फत् शक्ति प्राप्त भएको छ ।
अन्तर्मनभित्रका आत्मलाप पढें; पढिरहूँजस्तो लाग्ने समर्पणका हरफहरू कति सुन्दर र मीठो भाषामा संप्रेषित छन् । मलाई उनका अक्षरले मोहनी लगाई दियो । जगदीश व्यक्तिलाई एउटा त्याग–समर्पणको नाम सम्µें । विमारी परेर सिकिस्त रहेको आफ्नो मुहारलाई लुकाएर जिउन जानेका एकजना योद्धा सम्µेँ । लिलामका जनमन छामेँ सावितीमा व्यक्त भएको घटना–वृत्त मनमा राखेँ । अग्निसूत्रका कविताहरूमा प्रतीक र बिम्बभित्र लुकिरहेका सुन्दर–दृष्टि मन पराएर पढेँ । बर्दीका कथाहरूमा रहेका कथा–अंशहरूभित्रका मर्महरू पढेँ । यसरी मन पराएर पढेँ, साहित्यकार जगदीशलाई भोग्दै जाँदा र मनपरेकै कारणले जगदीश घिमिरेसँग भेट्न मन लाग्यो ।
एकदिन चोभारस्थित डाँडोमा रहेको जगदीश–घरमा छविरमण भाइसँग मन साट्न गइयो । दुर्गा भाउजू र जगदीश दाजूसँग कुराकानी भयो । जनमतको एउटा अङ्क विशेष अङ्क गर्ने कुरामा सहमती भयो । एकजना रोगले आक्रान्त स्रष्टाका अक्षरहरू जनमतमार्फत् सार्वजनिक गर्ने कुरामा मेरो मन द¥हो भयो ।
जगदीश घिमिरे – शिष्टता जानेका तर प्रष्ट भन्न सिपालु लेखक, समसामयिकतालाई हरफ–हरफमा व्यक्त गर्न सिपालु चिन्तक । युगसँगसँगै बढ्न जानेका यात्रु भएकै कारणले उनको आत्मालाप अन्तर्मनको यात्रा निबन्धजस्तो, आत्मवृत्तान्तजस्तो र साँच्चीकै भनूँ भने मान्छेकै मनभित्रको उपन्यास पढेजस्तो कृति बन्न सफल छन् । उनले अन्तर्मनको यात्राकै लागि २०६४ सालमा नै मदन पुरस्कार र उत्तमशान्ति पुरस्कार प्राप्त गरे । सबैको अन्तर्मनमा अन्तर्मनको यात्रा रङ्गीन चित्रµैं व्यक्त गरे । शब्दमा मीठो कलात्मक भर्न सिपालु लेखक भएकै कारणले कथा, कविता, निबन्ध, संस्मरण र नियात्राहरूमा पनि यिनका शब्द–शब्दहरू संप्रेषित भइरह्यो । राजनैतिक विश्लेषण गर्न पनि प्रख्यात चिन्तक घिमिरे नाट्यलेखनमा पनि ‘कथान्तर’ भई देखापरेका छन् । २०२० सालदेखि साहित्य–यात्रा सुरू गरेका यिनी मैनाली कथा पुरस्कार –२०४४ बाट पनि सम्मानित भएका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत् सामुदायिक विकासमा अभिरूचि देखाउँदै आएका जगदीश घिमिरे केही वर्षसम्म यसैमा हराइरहे । तर पनि उनको मन र सिर्जना कहाँँ रोकिंदा रहेछ र ? सिर्जना आफ्नो जीवनको सार्थक औषधी बन्यो । साहित्य यिनका लागि शक्तिशाली अस्त्रका रूपमा देखा परे । भोग्न जानेका र व्यवहार गर्न सिपालु दक्ष तथा सफल साहित्यकार जगदीश घिमिरेले अन्तर्मनदेखिका कुराहरू साँचेर कुरा सुनाए, कविताहरू भित्रका अग्निसूत्र फुकाए, उपन्यासभित्रका पात्रहरूले आफूलाई लिलाम गर्न बाध्य भएका कर्म र मर्म फुकाए र सावितीका धड्कनहरू छाम्न दिए । जगदीशका कथाहरूमार्फत् कथाहरू सुनाए, एकैचोटी केही कथा, कविता, संस्मरण गुनगुनाए, नाटकमा सन्तान जन्माए, बर्दीभित्र देखिने अनुहार देखाए ।
००
जगदीशका कुनै पनि विधामा लेखिएका लेख–रचनाहरू पढेपछि पढिरहुँजस्तो लाग्ने उनको सिर्जनामा देखिएका मोहनी–सूत्रहरू हुन् । शब्द–शब्दमा कला लुकेजस्तो हरफ–हरफमा मनोहारिता छाएजस्तो देखिनु उनका कलास्पर्शी अभिव्यक्तिहरू हुन् । कवितामा, कथा– उपन्यासमा स्पष्ट नेपालीहरू देखिनु, दुख्नु र सिङ्गोपन µल्किनु उनका विशिष्ट विशेषताहरू हुन् । आत्मलापमा राजनीतिक बहसमा निर्भिकताका धड्कनहरू देखिनु उनका साहसका कुराहरू हुन् । ३२ वर्ष अगाडि यिनले लेखेको नेपालको परिचय अहिलेसम्म ज्यूँकात्यू रहनु नै उनका मौलिकताभित्र लुकेका साहित्यिक दृष्टिभित्रका वृष्टिहरू हुन् । उनी नेपालको परिचय यसरी देख्छन् । यो कथा हो, यो कविता पनि हो ……. त्यस्तै यो सम्पूर्ण खराब नेपालीवृत्तभित्र लुकेको कुरूप नेपालको चित्रण गाँसिएको सिङ्गो परिचय पनि हो ।
तपाईको शुभ नाम ? – कलि !
बाबुको नाम ? – क्रोध !
आमाको नाम ? – हिंसा !
बाजेको नाम ? – लोभ !
जीबाबुको नाम ? – अधर्म !
जीआमाको नाम ? – मिथ्या !
छोराको नाम ? – भय !
छोरीको नाम ? – मृत्यु !
नातिको नाम ? – नरक !
नातिनीको नाम ? – यातना !
जीवन्त दस्तावेजका लेखक । एकजना सचेत लेखक । देखेको कुरा आफ्नै शब्दशैलीमा दुरूस्त चित्रण गर्न सिपालु लेखक । मान्छेका मन छाम्न जानेका उपन्यासकार । कवितामा बिम्ब पोख्न जानेका कवि । विचार–दृष्टिमा निर्भिकता पोख्न नडराउने निर्भिक चिन्तक । अप्ठ्यारोमा पनि हार्न नजानेका मान्छेभित्रका शक्तिशाली मान्छे । दुर्गा भाउजूको शक्ति र भक्तिमा आफूलाई सिंचन गर्न सिकेका जनमनका लेखक बन्दै आएका जगदीश घिमिरेलाई कालले टपक्क टिपेर वि.सं. २०७० कात्र्तिक १४ गते लगे । उनको दुःखद अवसानमा नेपाली भाषा–साहित्यमा चोट पर्नु स्वाभाविक छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |