प्रभातफेरी अनलाइन५१३ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार(१ साल अघि)
जेबी खत्री
पत्थरमा प्रिती रोपेर
छातीभरि फूल फुलाउन चाहने
यी आँखाहरू आज
खोँचखोँचमा वर्षिएर
सागर सुकाई रहेछन् ।
कति स्वार्थी छ यो सन्सार
कोही चाहदैन
पत्थरमा प्रिती रोप्न
तर म चाहन्छु
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल फुलाउन
र देखाउन चाहन्छु म त्यो
बलेको आगो मात्र ताप्नेहरूलाई
सिकाउन चाहन्छु म,
आफैं आगो बालेर ताप्न तिनीहरूलाई
सुखमा मात्र हाँसेर बाँच्न चाहनेहरूलाई
दःुखमा पनि सुखमा जस्तै हाँसेर बाँच्न
सिकाउन चाहन्छु म ।
आसँुको सागर अटाउन सक्ने
आकास जत्रो छाती खोलेर
देखाउन चाहन्छु म ।
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल
फुलाउन चाहन्छु म ।