Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्व कुशल हुनुपर्छ

प्रभातफेरी अनलाइन ९२७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २, शुक्रबार (३ साल अघि)
नेतृत्व कुशल हुनुपर्छ

काभ्रे । कार्यकालको अन्तिम सम्बोधनको संकेत गर्दै बनेपा नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी नरसिं बादे श्रेष्ठले आफू जनताले चुनेको जनप्रतिनिधि भएको जिकिर गर्दै आफ्नो कार्यकालमा कुनै किसिमको पार्टीगत विभेदजन्य कार्य नभएको स्पष्ट पार्नुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले आयोजना गरेको प्रमाण पत्र वितरण तथा समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि बादेले उक्त भनाई राख्नुभएको हो । दीप प्रज्वलित गर्दै आरम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफू ५ वर्षीय कार्यकाल विवादरहित ढंगबाट सफल भएको स्मरण गराउँदै कुनै पनि बनेपाली गृहिणीहरु बेरोजगारी नभएको खुलासा गर्नुभएको छ । आफ्नो कार्यकालमा विभिन्न किसिमका तालिमहरुले बनेपाली महिलाहरुमा उर्जा मात्र नभई सम्वृद्धितर्फ समेत आकर्षण गरेको छ । जुन फजुल रुपमा खेर जाने समयको सही सदुपयोग गर्दै आय आर्जनमा आफूहरुलाई अब्बल बनाएको गृहिणीहरुको गतिविधिले पुष्टि गरेको छ । यस किसिमको तालिम जीवन उपयोगी मात्र होइनन्, समाज रुपान्तरणका बाहक पनि हुन् भन्दै आफ्नो अनुपस्थितिमा अब नगरका प्रशासनिक प्रमुखले विधि सम्वत् ढंगबाट महिलाहरुका समस्या समाधानका लागि सघाउने विश्वास व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यप्रति इंकित गर्न पनि प्रमुख अतिथि बादे सो अवसरमा पछि पर्नुभएन ।

घोषणापत्रमा उल्लेख भएका वाचाहरु पूरा भएका छन् ः उपप्रमुख दाहाल

आफूहरुले निर्वाचन ताका नगरवासीसामु घोषणा गरेका अधिकांश वाचाहरु पूरा भएको उद्घोष गर्दै बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालको कथन थियो– तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सक्नु नै तालिमको अर्थ रहने बताउनुभएको छ ।
आसन्न निर्वाचनमा आफ्नो दाबी नरहेको खुलासा गर्नुहुँदै कार्यक्रमका विशिष्ट अतिथि एवं उपप्रमुख दाहालले ४१ प्रतिशत महिलाहरुले नेतृत्व सम्हालेको स्थानीय सत्ताले महिलामुखी कार्यक्रमहरु नमूनाका रुपमा बनेपा नगरका १४ वटै वडामा सञ्चालन गरेको मात्र नभई व्यवहारमै उतार्न सफल भएको समेत बताउनुभएको छ ।
आफू पदमा रहँदा होस् या नरहँदा, महिलाका मुद्दाहरुलाई निरन्तर रुपमा बोकिरहने प्रतिबद्धता जाहेर गर्दै जुन किसिमको उपलब्धी हासिल भएको छ, त्यसले महिलाहरुका समस्यालाई केही मात्रामा सम्बोधन मात्र गरेनन् मार्ग प्रशस्त गर्ने कडीको रुपमा स्थापित भएको समेत उपप्रमुख दाहालको दाबी छ ।

फोहोरको व्यवस्थापनमा महिलाको महत्वपूर्ण भूमिका छ ः अध्यक्ष सुवासना

महिलाहरुलाई सबल, सक्षम र समृद्धि बनाउने अभियानका साथ निरन्तर समाजप्रति समर्पित हुने क्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको अध्यक्ष सुवासना श्रेष्ठले समाजमा फोहोर व्यवस्थापन सम्बन्धी जुन किसिमको छाप परिरहेको छ, त्यसको पछाडि हामी महिलाहरु नै जिम्मेवार रहेको खुलासा गर्नुभएको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नुभएको हो ।
५ दिने झोला बनाउने तथा खेर गएको प्लाष्टिकको फूल बनाउने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै फोहोरबाट मोहोर बनाउन सकिन्छ भन्ने उदाहरण तालिममा सहभागी महिलाहरुले देखाएको स्मरण गर्नुहुँदै सबैभन्दा धेरै पोका–पन्थेरा हामीलाई नै चाहिन्छ । हामीलाई एउटा होइन दुई प्लाष्टिकका झोला चाहिन्छ तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सवालमा हाम्रा महिला दिदीबहिनीहरु नै अन्यौलमा रहनुभएको अवस्थामा नगरको संयोजनमा जुन किसिमको तालिम भयो, त्यसले यो नगरमा सकारात्मक सन्देश छोडेको छ । अबका दिनहरुमा फोहोरका टोकरीहरु प्लाष्टिकले भरिने छैनन् । ति प्लाष्टिकबाट सुनौला फूलहरु बन्ने रैछन् भन्ने प्ररेणा पाएका छौं । त्यसैले खेर गएका प्लाष्टिकजन्य वस्तुबाट आय आर्जनमा महत्वपूर्ण भूमिका पु¥याउने विश्वास आफूले लिएको अध्यक्ष श्रेष्ठको दाबी छ ।

उक्त कार्यक्रममा महासंघका महासचिव रमन श्रेष्ठ, महिला उद्यमी समितिको अध्यक्ष एवं कार्यक्रम संयोजक निरु वैदार र उद्यमी समिति काभ्रेका सदस्य सुनिता वैदार लगायतले तालिमको महत्व र यसले समाज रुपान्तरणमा पार्ने प्रभावका बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो । फोहोरबाट मोहोरमा १४ जनाले सहभागिता जनाएका थिए भने झोला निर्माणमा १७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0