सुशिला तित्तल सुवाल
अखिल नेपाल महिला संघ क्रान्तिकारी पनौती नगर अध्यक्ष
नेकपा माओवादी केन्द्रबाट पनौती नगरपालिकाको उपप्रमुख पदमा सर्वसम्मत रुपमा प्रस्तावित नाम हो सुशिला तित्तल सुवाल । ललितपुर जिल्ला लामाटारमा २०३५ साल असोज २५ गते आमा हिरामाया तित्तल र बुबा ठूलो कान्छा तित्तलको काइँलो सन्तानको रुपमा यस धर्तीमा पाइला टेक्न पुग्नुभएका सुवाल सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्वको रुपमा पनौतीका नगरवासीहरुमा परिचित नाम हो ।
हुने बिरुवाको चिल्लो पात भनेझैं स्कूले जीवनमा जुन किसिमका गतिविधिमा संलग्न हुनुभयो, त्यसले उहाँप्रतिको दीर्घकालिन आँकलन त्यतिबेलै गुरुहरुले गरिसकेको बताउनुहुन्छ । १७ वर्षको किशोर अवस्थामै राजनीति चेतनाले भरिएको एउटा पात्रको रुपमा आफूलाई उभ्याउँदै कम्युनिष्ट आस्थाप्रति आफूलाई दह्रो रुपमा दर्ज गर्न पछि पर्नु भएन । जीवनका ओराली–उकालीहरु पार गर्दै आउने क्रममा २०६२ सालसम्म आइपुग्दा तत्कालिन नेकपा माओवादीको क्रियाशील सदस्यता लिएर राजनीतिक यात्रालाई अझ मजबुद बनाउँदै सामाजिक क्षेत्रमा आफूलाई अभियान्ताकै रुपमा स्थापित गर्न पुग्नुभयो ।
मन्द मुस्कान, मिलन स्वभाव, अग्लो कदका समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्तिमा परिचित सुवाल विद्यार्थी जीवनदेखि नै आफूलाई राजनीतिमा समर्पित गर्दै आउनुभएको उहाँको इतिहासलाई कोट्याउँदा पाइन्छ । स्कूले जीवनलाई हेर्ने हो भने पनि सिस्नेरी मावि लामाटारको बसाईले उहाँमा एउटा अनन्तः, दीर्घकालिन र क्षमतावान् प्रतिभाले भरिएको सफल योद्धालाई लिने गरेको छ । आफ्नो +२ को पढाइलाई निरन्तरता दिँदै राजनीतिलाई सामाजिक आवश्यकताभित्र जोड्नुपर्छ भन्ने महान् उद्देश्यका साथ जनयुद्ध र १९ दिने जनआन्दोलनलाई सफल बनाउन अनुकरणीय भूमिकामा रहेर पु¥याउनुभएको योगदानको उच्च मूल्यांकनको प्रतिबिम्बका रुपमा आज उपप्रमुखमा प्रस्तावित हुन सफल हुनुहुन्छ ।
२०६२ पछिका यात्रामा आफूलाई सामाजिक रुपमा विशेष गरी सहकारीहरुमा आबद्ध रहेर सामाजिक सेवा गर्ने भावनालाई व्यवहारतः प्रस्तुत गर्दै सहकारीका विभिन्न उपसमिति हुँदै सञ्चालक समितिसम्म आफ्नो एकातर्फ जनाइरहनुभएको छ भने अर्कातर्फ महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा अब्बल दर्ज हुन समेत सफल एक राजनीतिक पात्र हुन् सुशिला तित्तल सुवाल । उहाँलाई नेकपा माओवादी केन्द्र पनौती नगर समितिले सर्वसम्मत रुपमा उपप्रमुखको उम्मेदवार प्रस्तुत पश्चात् सोही विषयवस्तुमा रहेर उहाँसँग भएका संवादका सम्पादित अंश पाठकसामु पस्कने जमर्काे गरेका छौं । सं.
० आसन्न निर्वाचनलाई लिएर पनौती नगर समितिले तपाईंलाई उपाध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ, कस्तो महसुस गर्नुभएको छ ?
प्रश्नको लागि धन्यवाद । अत्यन्तै आभारी भएको छु । पार्टी समितिले जुन किसिमको निर्णय ग¥यो त्यो मेरो क्षमता देखेरै सम्मान गरेको हुनुपर्छ भन्ने महसुस भएको छ । मैले सामाजिक र राजनीति क्षेत्रमा खेलेको भूमिकाको मर्मलाई बुझेर पार्टी कार्यकर्ता र अग्रजहरुको मूल्यांकनबाट सर्वसम्मत रुपमा मलाई नगरपालिकाको उपाध्यक्षको उम्मेदवारमा सिफारिस हुन पुगेको मैले बुझेको छु । कार्यकर्ता र जनताको अपार माया, सद्भाव पाएको महसुस भएको छ । जनताको सुख दुःखको साथी, सबैको छहारी, न्यायको प्रतिकका रुपमा माओवादी केन्द्रलाई लिने गरेको छु । त्यहीँबाट प्रत्येक शोषित, पिडित, निमुखाहरुको आशा र भरोसाको केन्द्रबिन्दु नेकपा माओवादी केन्द्र नै हो भन्ने सन्देशका बारेमा मैले प्रष्ट्याइरहनु पर्ला भन्ने लाग्दैन ।
मेरो राजनीतिक यात्रामा विगतदेखि वर्तमान सम्मको समिक्षा गरेर जनताका जनजीवनको पक्षमा मैले खेलेको सकारात्मक भूमिकाले नै आज माओवादी केन्द्र यस क्षेत्रमा एउटा आधार स्तम्भ भएर स्थापित हुन पुगेको छ । त्यसैको प्रतिबिम्बका रुपमा मैले लिएको छु ।
० तपाईंलाई के आधारमा नगरवासीले मतदान गर्ने ?
जसको नीति उसैको नेतृत्वको सम्मान गर्नका लागि पनौती नगरका मतदाताले मतदान गर्ने विश्वास लिएको छु । आज सिंगो मुलुक माओवादी एजेण्डा वरिपरि चलिरहेको छ । माओवादी केन्द्रले जुन एजेण्डाहरु लिएर आएको छ, तिनै एजेण्डाको रक्षार्थ पनौतीका मतदाताले मतदान गर्नेछन् । सामाजिक न्याय, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष, पहिचानका मुद्दा, लोडसेडिङ्गमुक्त मुलुक, उज्यालो नेपालको अभियान्ता, छुवाछूतको अन्त, सुकुम्बासीलाई गाँस, बास र कपासको व्यवस्थापन, महिला अधिकार, दासप्रथाको उन्मूलन, शोषक सामन्तको अन्त, शोषणरहित समाजको निर्माण लगायतका एजेण्डाहरुकै कारण माओवादीले मत प्राप्त गर्नेछन् । आज माओवादी मर्न र मारिन तयार नभएको भए छुवाछूतमुक्त समाजको परिकल्पना समेत गर्न सक्ने अवस्थामा हामी हुने थिएनौं । आदिवासी, जनजातिहरुका मुद्दाहरु माओवादीकै कारण सम्बोधन भएका हुन् । यदि माओवादी एजेण्डामा यी तमाम विषयहरु जोडिएका थिएनन् भने आज म यहाँहरुका अगाडि यसरी मत मागिरहने अवस्थामा थिइनँ । कुनाकन्दरामा कोदालो, कुटोमै लुटपुट गरिरहेको हुने थिएँ । यी आधारहरुले पनि पनौतीका नागरिकहरुले माओवादीलाई मतदान गर्नेछन्, त्यो मतदान नै मेरा लागि गरेका मतदान हुनेछ । यहाँ कुनै व्यक्ति पात्र प्रमुख होइन, यो निर्वाचन पार्टी प्रमुख उम्मेदवार चयन गर्न एउटा आधार स्तम्भ हो । त्योसँगै मैले सकेसम्म सिंगो नगरको भौतिक पूर्वाधारको विकास स्वास्थ्य, शिक्षा क्षेत्रको गुणात्मक विकास र प्रत्येक नागरिकहरुलाई अनुकूलता मिल्ने गरी उपचारको व्यवस्थापनका साथै विभिन्न किसिमका बीमाहरु जो स्वास्थ्य बीमा, जेष्ठ नागरिक बीमा, दलित बीमा, असहाय बीमा लगायतका पक्षलाई आत्मसाथ गरी अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछु । म आफैं पनि स्वास्थ्यको क्षेत्रमा स्वयं सेवकको रुपमा आज पनि निरन्तर समर्पित छु । त्यसैले पनि यो नगरको स्वास्थ्य सेवामा के–के समस्याहरु छन्, त्यसलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएको छु ।
यी समग्र समस्याहरुको समाधानका लागि पनि पनौतीका मतदाताले माओवादी सम्झिनेछन् र गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्नेछन् भन्ने विश्वास राखेको छु । हाम्रो नगरमा जुन किसिमका देख्दा सामान्य लाग्ने तर जटिल समस्याहरु ज्यूँकात्यूँ छन् । ति समस्याहरुलाई सामाजिक न्यायको सिद्धान्त अवलम्बन गरी सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।
० पनौती नगरपालिकामा नेकपा एमालेको एक छत्र वर्चश्व छ, यो अवस्थामा तपाईंका सामु आइपर्ने चुनौतीहरुलाई सामना गर्ने सामथ्र्य के राख्नुभएको छ ?
स्वभाविक हो । पनौती नेकपा एमालेको एकछत्र राज भएको नगरपालिकाको रुपमा लिएका छौं । बिडम्बना ! पनौतीवासीले जुन किसिमको अपेक्षा राखेका थिए, ति सम्बोधन हुन सकेनन् । भयो त केवल कागजी बाघका रुपमा सीमित रहे । त्यसैले पनि नगरवासीका ति अधुरा आशा, अपेक्षाहरुलाई पूरा गर्ने दायित्व नेकपा माओवादीले लिनेछ । पनौती नगरमा जुन किसिमको विकृति मौलाएको छ, जसले सेवा, सुविधा छिटो छरितो र गुणस्तरयुक्त पाउनेछन् भन्ने अपेक्षालाई तुषारापात बनाएको छ । यो अवस्थामा नेकपा माओवादीको उपस्थिति अनिवार्य भएको छ । माओवादीको उपस्थितिमा काभ्रेकै नमूना नगरको रुपमा अगाडि बढाउने जमर्काेसहित सुशासन, दीगो विकासमा अब्बल बनाउने प्रतिबद्धता जाहेर गर्दछु ।
० कतै अतितलाई नै मलजल गर्ने त होइन ?
म प्रतिबद्ध छु, यदि पनौती नगरवासीले नेकपा माओवादी केन्द्रलाई विश्वास गरेर मतदान गर्नुभएको अवस्थामा कार्यकर्ता भर्ती केन्द्रका रुपमा रहेको पनौती नगर यथार्थमै स्वतन्त्र र एउटा न्यायिक थलोको रुपमा स्थापित गर्नेछु । पनौती नगरलाई पार्टी कार्यालयको अघोषित रुपमा स्थापित गरिएको छ । यसले स्वतन्त्र पालिकाहरुको मर्ममा ठेस पुगेको मैले महसुस गरेको छु । जुन किसिमको संस्कार विकास भएको छ, हाम्रालाई भन्ने परिपाटीको अन्त्य गर्दै राम्रा र सभ्यलाई सम्मान गर्ने संस्कारको विकास गर्नेछु । जसबाट ऐतिहासिक रुपमा स्थापित धार्मिक नगरी पनौतीको पहिचानलाई उचाईमा पु¥याउने छु । अझ विश्व सम्पदा सूचीमा सूचिकृत हुने अवस्थामा रहेको पनौती नगरलाई नेकपा एमालेको स्थानीय सरकारले धरासायी बनाएको छ । त्यसलाई पुनः पूर्ववत् अवस्थामा पु¥याउनका लागि त्यति सहज छैन । धार्मिक तथा साँस्कृतिक धरोहरमाथि भएको दुष्प्रयासलाई पखाल्न गाह्रै पर्छ । तसर्थ पनि यि पर्दा अगाडिका दृश्यहरु त आफ्नो ठाउँमा छन्, पर्दा पछाडिका अनगिन्ती कुँडा कर्कटहरुले यो पाँच वर्षमा नगरपालिकालाई तहसनहस बनाएको छ । यो अवस्थामा नगरको समुन्नत समृद्धिका लागि तमाम नगरवासीले सही निर्णय गर्नुपर्ने हुन्छ । मलाई आशा छ, पनौती नगरले यि सवालमा गम्भीरतापूर्वक स्वस्तिक प्रयोग गर्नेछन् भन्ने अपेक्षा राखेको छु ।
० तपाईं त राजनीतिकर्मी मात्र होइन, सामाजिक अभियान्ता र महिला स्वास्थ्य स्वयं सेविका पनि हो । तपाईंलाई नगरवासीले विजयी गराउनुभयो भने समृद्धिको यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?
यो यथार्थ हो, म राजनीतिक प्राणी मात्र होइन, सामाजिक प्राणी पनि हो । मैले राजनीतिक ध्येय अगाडि जान खोजें भने गम्भीर दुर्घटनाको सिकार म मात्र हुन्न पनौतीका नागरिकहरु पनि त्यसको भागीदारी हुनेछन् । त्यसैले मैले हिजोदेखि जुन कर्महरु गर्दै आएको छु, त्यसलाई पनि अक्षरसतः पालना गर्नेछु । राज्यले तोकेको नीति विधि भित्र रही समाजमा देखिएका असमानताहरुको अन्त्य गर्नेछु । मानव संसाधनको सीपको विकास, आर्थिक र सामाजिक रुपान्तरण गर्ने मूल लक्ष्य राख्दै नगरभित्रै रोजगारीको सिर्जना गरी सबै नगरवासीलाई स्वाबलम्बी बनाउने, घरेलु तथा साना उद्योगको विकास गर्ने, कृषि तथा पशुपंक्षीको आधार इलाका भएकोले यसको प्रवद्र्धनको लागि आवश्यक पर्ने सबै किसिमका प्रविधिहरुलाई परिचालन गर्ने, समुदायको समस्याको पहिचान गर्ने, अहिले खण्डीकरण व्यापक रुपमा भइरहेको छ, त्यसलाई निरुत्साहित गर्दै जमिनको सही सदुपयोगका लागि सिंचाईको व्यवस्थापन, जल, जंगल, जडीबुटीको समुचित प्रयोग, मानवीय क्षमताको विकास, शान्ति, सुशासन र पारदर्शी नगरपालिका बनाउने प्रतिबद्धता जाहेर गर्दै खानी कि पानी भन्ने जुन अहिले समस्याको रुपमा रहेको छ, त्यो समस्यालाई पहिलो प्राथमिकतामा राखेर स्थानीय सरकारले प्रदान गर्ने सेवा चुस्त दुरुस्त, छिटो छरितो प्रवाह गर्ने, भौतिक पूर्वाधार क्षेत्रको समग्र विकास, विगतमा भौतिक पूर्वाधारको क्षेत्रमा गरिएको विभेदपूर्ण व्यवहारलाई अन्त्य गर्दै समानुपातिक समावेशी ढंगबाट बजेटको व्यवस्थापन गरी सिंगो नगरलाई समृद्ध बनाउनुको साथै सडक सञ्जाललाई चक्रपथको रुपमा विकास गरेर स्थायित्व दिने प्रतिबद्धता जाहेर गर्दछु । साथै शान्ति र मानव अधिकारको क्षेत्रमा कार्य गर्ने योजनाका खाकाहरु विज्ञमार्फत् उपलब्ध गराई त्यसलाई सही रुपमा स्थापित गर्नेछु । समग्रमा एक पटक पनौती नगर जानैपर्छ भन्ने मानसिकता नेपाली जनहरुमा सिर्जना गराउने अठोटका साथ आफ्नो उम्मेदवारी नगरवासी बिचमा पस्कने जमर्काे गरेको छु ।
पनौती नगरलाई व्यवस्थित र सुन्दर नगरीको रुपमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने कृषि, पर्यटन लगायतका क्षेत्रलाई व्यवसायिक विकाससँगै साँस्कृतिक संग्रहालयको स्तरोन्नती गरी धार्मिक गन्तव्यको एउटा नमूना बनाउने, एकीकृत बस्ती विकास गर्ने, खानेपानीको समस्यालाई निःस्वार्थ रुपमा एक घर एक धाराको परिकल्पना गरी अभियानका रुपमा अगाडि लगी शुद्ध पिउने पानी खुवाउने प्रतिबद्धता जाहेर गर्दछु । त्यसैगरी राज्यले प्रतिपादन गरेको एक गाउँ एक उत्पादनलाई सूक्ष्म ढंगबाट पनौती नगरमा मेल खाने उद्योग, व्यवसायहरुलाई स्थापित गर्ने र सामाजिक न्याय, सुशासन, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने वातावरणको निर्माण गर्ने । यो नै नेकपा माओवादी केन्द्रको पनौती नगरवासीसँग प्रतिबद्धता जाहेर गर्दछु र यो प्रतिबद्धता हामी पूरा गरेरै छाड्ने छौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।
० अन्त्यमा मैले सोध्ने छुटेका र तपाईंलाई यो चाहिँ राख्नैपर्ने कुरा कुनै छ कि ?
धन्यवाद ! प्रायः सबै कुराहरु समेटिए जस्तो लाग्छ । हुन त जति नै अध्ययन गरे पनि अपूरै हुन्छ तर पनि केही कुराहरु राख्न गइरहेको छु । स्थानीय पालिका सरकारहरुले भुल्नै नहुने केही गुरुयोजनाहरुका बारेमा पाँच वर्षीय सरकारले कतै कोरेको पाइएको छैन । त्यसैले नेकपा माओवादीको उपस्थिति भएको खण्डमा यो नगरलाई समृद्ध बनाउनका लागि पाँच वर्षीय, दश वर्षीय, पन्ध्र वर्षीय र बीस वर्षीय रणनीति, दीगो लक्ष्य योजना निर्माण गर्नु पहिलो काम देखेको छु । यो नगरले पाँच वर्षको दौरानमा धेरै कुराहरु पायो होइन, गुमायो भन्ने देखेको छु । नीतिगत भ्रष्टाचारको लेखाजोखा रहेन, आचारसंहिता लागिसकेपछि पनि टोल–टोल, बस्ती–बस्तीमा मतदाताहरुलाई प्रभावित पार्ने किसिमले आर्थिक, भौतिक रुपमा लोभ्याउने काम भएको छ । त्यो अत्यन्तै गैर जिम्मेवारीपूर्ण कार्य हो भन्ने लाग्दछ । निर्वाचन आचारसंहितालाई लत्याउँदै विकास निर्माण लगायतका कार्यहरुमा स्वयं उपस्थित भई मतदाताहरुलाई जुन किसिमबाट आकर्षक गर्ने काम भएको छ, त्यो राजनीतिक बेइमानी हो भन्ने मेरो ठम्याई छ ।
आचारसंहिता लागेको यतिका दिन भइसक्यो, नगरको सेवा सुविधाको दुरुपयोग गरेर बस्ती–बस्तीमा मत माग्न जानु कहाँसम्मको नैतिकता देखाउँद छ ? त्यसैले मेरो आग्रह हाम्रो पसिनाको कमाइलाई दुरुपयोग नगरियोस् । नगरको सेता नम्बर प्लटका गाडीहरु नगरका कुनाकन्दराहरुमा आधा रातसम्म नगुडाइयोस् । यदि यसलाई कमजोर सम्भिएको अवस्थामा सिर्जना हुने कुनै पनि अप्रिय घटनाको जिम्मेवार स्वयं नेकपा एमाले हुने निचोडमा नेकपा माओवादी पुगेको नगरवासीमा आग्रह गर्न चाहन्छु । त्यहि भएर दूर दृष्टि भएको नेतृत्व पनौती नगरवासीले छान्नुहुनेछ भन्ने विश्वास राख्दछु । विकासप्रेमी, चरित्रवान् पक्ष, सबै पक्षलाई समेटेर साथमा साथ लगाएर नगरको विकासमा समर्पित गराउनु आजको आवश्यकता हो । विकासमा निषेधको राजनीति सुहाउँदैन । तसर्थ पनि यो स्वस्थ वातावरणलाई खल्बलिने गरी गरिएको विकासले विनाश ल्याउनेछ । विकासलाई विरोध गर्ने न्यायसंगत हुन्न तर विकासका नाममा बेइमानी हुन्छ भने त्यहाँ प्रश्न स्वभाविक उठ्छ । त्यसैले गुण र दोषको आधारमा आलोचना गर्नु न्यायसंगत हो तर दुःखका साथ भन्नुपर्छ, नेकपा एमालेको प्रतिनिधिमुलक स्थानीय सत्ता पनौती नगरमा अन्य पार्टी भनेपछि अनुहार पनि हेर्न नपरे हुन्थ्यो भन्ने किसिमको संस्कारको सिकार हुँदै आएका पनौती नगरवासीले पक्कै पनि न्याय गर्नेछन् भन्ने विश्वास राखेको छु । यो मैले प्रस्तुत गरेका भाषा, शैलीहरु विरोधका लागि विरोध नभई यथार्थता पस्केको हुँ । नराम्रो कार्य गरेकालाई खबरदारी गर्नु नेकपा माओवादी केन्द्रको जिम्मेवारी पनि हो । त्यसैले पनौती नगरभित्रको बेथितिलाई विधिसम्वत् ढंगबाट, गलत राजनीति संस्कारलाई संस्कारयुक्त ढंगबाट, महिला बालबालिकाको क्षेत्रमा व्यक्तित्व विकास, क्षमता विकास गरी आर्थिक सशक्तिकरण गर्ने अवस्थाको सिर्जना गर्नु नेकपा माओवादी केन्द्रको कर्तव्य हुन आउँछ ।
त्यसैले समग्र नगरवासीहरुमा उद्यमशीलताको विकास, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने कार्य गर्नुको साथै शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सीपसहितको सेवाको पहुँच सबै नगरवासीमा पु¥याउने र निःशुल्क स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी अगाडि बढ्ने प्रण गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |