Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ४, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नया“ दृष्टिका इतिहासकार केदारनाथ

प्रभातफेरी अनलाइन ५५९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (३ साल अघि)
नया“ दृष्टिका इतिहासकार केदारनाथ

मोहन दुवाल
(वरिष्ठ साहित्यकार)

इतिहासकारका रूपमा राष्ट्रमा पहिचान छोड्न सफल केदारनाथ प्रधान मेरा समकालीन मित्र पनि हुन् । उनले विशेषतयाः इतिहास लेखनमा र शिक्षासेवामा आफ्नो नामलाई उजागर गर्न सफल भएर गएको देखिन्छ । काभ्रेको मात्र नभई मध्यपूर्वकै लागि शैक्षिकद्वारका रूपमा स्थापित काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, व्यवस्थापन र निर्माणकै क्रममा पनि यिनीसँग उनको जीवनकालभरि सँगसँगै काम गर्न पाएको इतिहास बिर्सिन गा¥हो छ । अल्पायुमा यिनी बिते । अर्थात् ४८ वर्षमात्र बाँचे तर धेरै महत्वपूर्ण कार्य गरेर यिनले आफूलाई स्थापित गरेर जान सफल भए । यिनीसँग धेरै क्षेत्रमा सँगसँगै काम गर्न पाएको मात्र होइन २०५१ साउन ६ गते यिनी दिवंगत भएपछि पनि यिनकै नाममा संस्था गठन गरेर करिव १५ वर्ष अध्यक्ष भई सेवा गर्न पाएको र हाल संरक्षक रही सेवा गरेर मित्र व्यवहार देखाउन पाएकोमा गौरव अनुभूत गरिरहेछु । यसै संस्थामार्फत् बनेपाको ऐतिहासिक रूपरेखा, पनौतीको ब्रम्हायनी जात्रा र केदारनाथ प्रधान व्यक्तित्व÷कृतित्वको सम्पादन गरी पुस्तक निकाल्न पाएको छु । उनकै सम्झनामा काभ्रे बहुमुखी क्याम्पसमा स्मारक निर्माण हुनाका साथै इतिहास लिपिवद्ध हुन पाएको छ । यिनै द्रष्टा÷स्रष्टाका सम्झनामा केही अक्षर–शब्दहरु स्मरण गरिरहेछु ।
शासकहरूको कथा, उपकथा र दिनचर्या मात्र इतिहास होइन, साँचो इतिहास त खोजी गर्नुपर्छ, त्यो लेखिनुपर्छ र त्यसका लागि प्राग्–इतिहासदेखि नै वैज्ञानिक दृष्टिकोणको आधारमा अघि बढ्नुपर्छ भन्ने धारणा बोकेर इतिहासका पुस्तकहरू लेख्दा अनेक प्रमाणहरू खोज्दै, जीवनयात्रामा बढ्दै जीवनका सङ्घारहरू गुजारेर जाने एकजना बुद्धिजीवी यात्रीको नाम हो – केदारनाथ प्रधान । शिक्षाको उत्थान हामी आफैंले गर्नुपर्छ, शिक्षाको प्रचार तथा प्रसार हामी आफैं लागेर गर्नुपर्छ भनी शिक्षणसेवामा जीवनका उत्सर्गहरू बिताउने काभ्रे क्याम्पसका संस्थापक क्याम्पस प्रमुखको गौरवपूर्ण नाम हो – केदारनाथ प्रधान । समाजका सबै क्षेत्रमा घुलमिल भएर सामाजिक क्षेत्रको कलुषितता हटाउनुपर्छ भन्ने सोच बोकी समाजका विविध क्षेत्रमा सक्रिय भएर आफ्नो बर्कतले भ्याएअनुसार सेवा पु¥याएर जाने बनेपाका एकजना समाजसेवकको नाम हो – केदारनाथ प्रधान । जनताको मनस्थिति बदल्न निकै राम्रो भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने चिन्तन बोकी साहित्य–सिर्जना र साहित्यिक कृयाकलापमा सक्दो आफू पनि सहभागी भएर जाने एकजना साहित्यिक मित्रको नाम हो – केदारनाथ प्रधान ।


पिता आशाकाजी प्रधान र माता मसिनुलक्ष्मी प्रधानको कोखबाट वि.सं. २००३ वैशाख ७ गते बनेपाको वकुटोलमा जन्मेका केदारनाथ प्रधानले २०५१ श्रावण ६ गते ४८ वर्षको अल्पायुाम नै श्रीमती हरिबदन प्रधान, छोरा सुवास प्रधान र छोरीहरू युमा, रूमा, सुम्निमा, सेरिमा, मन्देलालाई छाडेर जानुभयो । यिनले १७ वर्षको उमेरदेखि नै लेखन, शिक्षणसेवा र समाजसेवासँग सम्बन्धित रहेर निकै समय व्यतित गरेको पाइन्छ । त्यसमध्ये पनि २०३७ साल भाद्र महिनादेखि मृत्युपर्यन्त काभ्रेजस्तो जिल्लामा सबभन्दा पहिलो क्याम्पस प्रमुख भएर र सञ्चालक समितिमा रहेर सेवा पु¥याएर जानु चानचुने कुरा थिएन । त्यो कठिन कार्यमा उनले धेरै किसिमका मारहरू खप्दै काभ्रे बहुमुखी क्याम्पस स्थापनामा र सामूहिक नेतृत्वमा अग्रिम भूमिका निभाउने कार्य गरेर गएको देखिन्छ । यसैगरी काभ्रे मा.वि.को स्थापनामा पनि यिनको नेतृत्वदायी भूमिका रहेको बिर्सिन गाह्रो छ ।
इतिहासमा एम.ए. र कानूनमा बी.एल. सम्म उत्तीर्ण गरेका प्रधान नेपालको मानव उद्भव र विकास शोध विषयमा त्रि.वि.वि.बाट विद्यावारिधिका लागि अनुसन्धानरत रहँदारहँदै मृत्युवरण गर्न बाध्य भए । भारत, थाइल्याण्ड, हङकङ र दक्षिण अमेरिकासम्म भ्रमण गरेका केदारनाथ प्रधानले स्थानीय जिल्लास्तरीय तथा राष्ट्रस्तरीय विभिन्न सङ्घ– संस्थाहरूमा जस्तै मचाःपुच, राँको परिवार, बनेपा–११ युवा क्लब, रक्तचन्दन युवा क्लब, इहि यज्ञ समिति, सुस्त मनस्थिति कल्याण संस्था, काभ्रे बहुमुखी क्याम्पस, काभ्रे मा.वि., बनेपा कला परिषद्, बुद्धिजीवी परिषद्, नेपालभाषा एकेडेमी, काभ्रेली साहित्य सङ्गम, सुनकोसी साहित्य प्रतिष्ठान, जनसांस्कृतिक मञ्च, नेवाः गुठी, मानव अधिकार मञ्च, केन्द्रीय इतिहास विभाग, नेपाल बार ऐसोसियसनमा सेवा पु¥याएर गएको देखिन्छ । भुजङ्ग र सुस्तकल्याण स्मारिकाको सम्पादनसमेत गरेका इतिहासकार केदारनाथ प्रधानका प्रकाशित कृतिहरूमा (१) नेपाली इतिहास लेखनबारे, (२) काभ्रेपलाञ्चोक जिल्ला एक सङ्क्षिप्त परिचय, (३) महाभारत–मानव ः सम्भाव्यता अध्ययन, (४) आदिमानव उद्गम र उद्गमस्थल, (५) नौलो नेपाल परिचय, (६) सरल नेपाल, (७) नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास, (८) बनेपाको ऐतिहासिक रूपरेखा र ९) पनौतीको ब्रमह्याणी जात्रा आदि छन् ।
‘इतिहास भ्रममा सिर्जित छन्, इतिहास सीमित तुल्याइएका छन्, इतिहासलाई वास्तविक र सही इतिहास बन्न दिइएको छैन ।’ भन्ने कटु यथार्थ र सही इतिहासलाई जीवन्त बनाउन खोज्ने आधुनिक इतिहासकारका रूपमा केदारनाथ प्रधानले आफूलाई प्रतिस्थापित गरेर गएको देखिन्छ । राजनीति, साहित्य, संस्कृति, शिक्षा, समाजसेवाजस्ता विभिन्न क्षेत्रमा संलग्न भई सेवा पु¥याएर गएका केदारनाथ प्रधान माक्र्सवाद– लेनिनवादलाई देश, समाज र जनताको मुक्तिको लागि मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकार्ने गर्छन् ।
प्रगतिशील बुद्धिजीवीको हैसियत राखेर आफूलाई चिनाउन सफल प्रधानले काभ्रे जिल्लाका विभिन्न घटनाक्रमहरूमा आफ्नो सहभागिता आफ्नै ढङ्गमा देखाएर गएको सन्दर्भ भुल्न गाह्रो छ । सधैं–सधैं अक्षरमा पसिना बगाइरहन रुचाउने केदारनाथ प्रधानले इतिहास–लेखनमा नयाँ–नयाँ खोज र अनुसन्धान गरेर, शैक्षिक जगत्मा आफ्नै किसिमको परिश्रम गरेर इतिहास छोडेर गएको देखिन्छ । विशेषतया नेपालको इतिहासलाई खोज्ने र विश्लेषण गर्ने काममा यिनले ऐतिहासिक दृष्टिलाई भौतिकवादको आधारमा नयाँ सोच प्रस्तुत गरेर गएको देखिन्छ । माथि उल्लेख भए अनुसार इतिहास लेखनमा अन्वेषणमा नयाँ–नयाँ तर्कहरु प्रस्तुत गर्दै इतिहास लेखनलाई वैज्ञानिकरण गर्न सफल इतिहासकार भएकैले यिनको इतिहास लेखनमा आफ्नो नाम लिपिवद्ध गराउन सफल छन् । इतिहासमा उनको दृष्टि नयाँ छ र अन्य इतिहासकारहरूको भन्दा फरक मात्र नभई नयाँ–नयाँ तथ्यहरूमा आधारित रहेकैले उनको हैसियत र पहिचान अरु इतिहासकारको भन्दा भिन्न र छुट्टै देखिंदो छ । यसैले पनि उहाँको हैसियत र पहिचान पनि अरूहरूको भन्दा भिन्न छ ।
बनेपाजस्तो सानो नगरमा केदारनाथ प्रधानजस्ता गरिमामय व्यक्तित्वको उदय हुनु कम गौरवको कुरा होइन । यस्तै गौरवशाली मान्छेहरूको उदयले मात्र कुनै पनि क्षेत्र र ठाउँको चर्चा उल्लेख्य हुन्छ । ठूला–ठूला घरहरू, मोटरहरू र अन्य भौतिक स्वरूपले सम्पन्न हुँदैमा कुनै पनि ठाउँ महत्वपूर्ण र इतिहासमा उल्लेख भइरहने हुँदैन । इतिहासमा गौरवसाथ बाँचिरहनका लागि गौरवशाली व्यक्तिहरूको उदय हुुनुपर्छ । यस्तै इतिहास बनेका छन् केदारनाथ प्रधान । केदारनाथ प्रधानका प्राग्–इतिहासका ग्रन्थहरू रामबहादुर, श्यामबहादुर, हर्षबहादुर, कृष्णबहादुर, हरिबहादुर, ध्यानबहादुर र शिवबहादुरजस्ता धेरै–धेरै बहादुरका आलिशान महलहरूभन्दा उल्लेखनीय र महत्वपूर्ण छन् । त्यसैले भन्न सकिन्छ र भन्नुपर्छ – केदारनाथ प्रधानले सिर्जना गरेका इतिहासका पृष्ठहरू बनेपा र राष्ट्रका लागि अमूल्य हुन् जसलाई सबै मिलेर संरक्षण गर्नुपर्छ । केदारनाथ प्रधानका गौरवपूर्ण इतिहासका हरफहरू देश र जनताका लागि ज्ञानपुञ्जका रूपमा सावित गरिनु पर्छ । यही वैशाखमा ७२ औं वर्षमा प्रवेश गरेका वरिष्ठ इतिहासकार तथा शिक्षासेवीलाई स्मरण गर्दै उनले पु¥याएर गएका सबै क्षेत्रहरुमा उनले गरेर गएका कार्यहरु धन्य र सम्झिनलायकका छन् । समाजसेवामा आफ्नो बर्कत् पोखेर गएका, साहित्यमा कथा, कविता कोरेर आफूलाई साहित्यकारका रुपमा पनि चिनाउन खोजेका यिनी इतिहासका रुपमा राष्ट्रले भुल्न नहुने नाम बनेर गएका छन् । शिक्षामा जिल्लाबाट राष्ट्रमा देखाउन सकिने एउटा बिम्ब बनेर गएका छन् । मित्रलाई अक्षर–बिम्बमा राखेर आज मूल्याङ्कन गरिरहेछु ।
०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0