Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय निर्वाचनमा होमिँदै काभ्रेली ६ पत्रकार

प्रभातफेरी अनलाइन ४९७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
स्थानीय निर्वाचनमा होमिँदै काभ्रेली ६ पत्रकार

काभ्रे । काभ्रेका छ पत्रकारहरु स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएर छन् । स्थानिय तहको निर्वाचनमा गाउंपालिका अध्यक्ष, नगरपालिका उप—मेयर र वडा अध्यक्षहरुमा उम्मेदवारी दिएर छन् ।
स्थानिय तहको निर्वाचनमा रोशी गाउंपालिकाको अध्यक्षमा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका पुर्व कार्य समिति सदस्य एवं समाजसेवी दिनेस लामाले नेपाली कागे्रसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ निकै लामो समयदेखी पत्रकारीता, रानीतिक साथै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्दै जाने क्रममा नेपाली काँगे्रस प्रतीनिधि सभा क्षेत्र नं १ को सभापतिको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । पार्टीमा क्रियाशिलता बढेसंगै नैतिकताको आधारमा पत्रकार महांसंघको सदस्याता बाट आफै हट्नु भएको हो ।
स्थानिय तहको निर्वाचनको लागि पाँचखाल नगरपालिकामा उप—मेयर पदको लागि सुर्यमाया दनुवारले उम्मेदवारी दर्ता गराउनु भएको छ । विगत लामो समएदेखि रेडियो नमोबुद्धमा आवद्ध रहेर कार्य गर्दै आउनु भएको दनुवार नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएको हो ।
स्थानीय तहको निर्वाचनको लागि जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १ को वडा अध्यक्षमा राम प्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पत्रकारितसँगै राजनितिक क्षेत्रमा पनि क्रियशिल रहेका ढकालले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यसैगरी जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा पत्रकार मधुसुधन तिमिल्सनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि तिमिल्सनाले उम्मेदवारी दर्ता गराउनु भएको हो । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तिमिल्सनाको वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा रहेको छ । त्यससैगरी लामो समएदेखि सामाजिक क्षेत्रमा सामाजिक कार्यका साथमा पत्रकारीता र राजनीतिलाई समेत निरन्तरता दिदै अगाडी बढ्नु भएका शुसिलराज गिरीले पाँचखाल वडा नं ५ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
विगत लामो समएदेखी नेकपा एमालेमा आबद्ध गिरीले पार्टीले गर्दै आएको गतिबिधिमा चित्त नबुझेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको जानकारी प्राप्त भएको छ । गिरी एमाले निकट पे्रस चौतारी नेपालको जिल्ला सदस्य समेत रहनु भएको थियो । गिरीले उम्मेदवारी दर्ता गराउंदै गर्दा आफ्नो सामाजिक सञ्जाल मार्फत नेकपा एमाले साथै सो पार्टी निकट कुनै पनि भातृ संस्थामा समेत नरहेको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी भुम्लु गाउंपालिका वडा नं ६ मा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउनु भएको छ , सञ्चारकर्मी क्रान्ति लामाले । लामा लामो समयदेखी पत्रकारीतामा निरन्तर अगाडी बढ्दै राजनीतिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । माओवादी विचारबाट अगाडी बढ्नुभएका लामा रेडियो क्रान्तिका संञ्चालक समेत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0