Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दक्ष जनशक्ति उत्पादनमा तालिम कोसेढुंगा सावित हुनेछ ः प्रमुख बादे

प्रभातफेरी अनलाइन ७३५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
दक्ष जनशक्ति उत्पादनमा तालिम कोसेढुंगा सावित हुनेछ ः प्रमुख बादे

काभ्रे । काभ्रे टेलरिङ्ग व्यवसायी संघको आयोजनामा सिटिइभिटि अन्तर्गतको सिलाई कटाई तह परीक्षा तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बनेपा नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी नरसिं बादे श्रेष्ठले टेलरिङ्ग क्षेत्रमा दक्ष जनशक्ति अभाव भएको स्मरण गराउनुहुँदै यस किसिमका तालिमहरुले व्यवसायिकता प्राप्त सँगसँगै जनशक्ति उत्पादनमा कोसेढुंगा सावित हुने विश्वास रहेको बताउनुभएको छ ।
मंगलबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बनेपामा रहेको बेरोजगार जनशक्तिलाई व्यवसायीमुखी बनाई समृद्धतर्फ अग्रसर गराउनका लागि यस किसिमका तालिम अनुकरणीय रहनेछन् । जसले आय आर्जनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्नुहुँदै अहिले बजारमा फेशनको नाममा मौलाएको जुन किसिमको परम्परा छ, त्यो अव्यवहारिक रहेको चित्रण गर्दै अब घरभरि मुसा पाल्दा फरक नपर्ने व्यंग्य प्रस्तुत गर्न प्रमुख अतिथि बादे पछि पर्नु भएन । फेशनका नाममा जुन किसिमका विकृतिहरु भित्रिएका छन्, त्यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्ने जिम्मेवारी टेलरिङ्ग व्यवसायीमा तल्लीन व्यक्तित्वहरुको हो । शरीरलाई फिट हुने किसिमका पहिरनहरुले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले कुनै पनि मानवको पहिचान झल्काउने हो भने शरीर अनुसारको कपडा फिट हुनुपर्छ । तब मात्र यस क्षेत्रमा लागिपर्ने टेलर मास्टरहरुको पहिचान खुल्छ । अहिले त यथार्थमै भन्नुपर्दा त्यस किसिमको क्षमता भएका टेलर मास्टरहरु छैनन् । यति भनिरहँदा आफूलाई टेलरिङ्गको बादशाह सम्झिनेहरुको अनुहार हेर्न लायक थियो ।
किनकी प्रमुख अतिथि बादेले जुन किसिमको सिलाई र त्यसको महत्व दर्शाईरहँदा व्यवसायीहरुकै उदाहरण कार्यक्रममा प्रस्तुत गरिदिँदा टेलरिङ्ग पेशाप्रति अन्याय पो भएको रहेछ कि भन्ने आम स्रोताहरुमा भान पर्न पुगेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको कथन थियो– तालिम, तालिमका लागि मात्रै सीमित नहोस् । टेलरिङ्ग व्यवसायी विश्वकै उत्कृष्ट व्यवसायभित्र पर्छ । यसका मास्टरहरु र व्यवसायीकर्तामा ठूलो अन्तर छ । व्यवसायी मास्टर हुन सक्दैन तर मास्टर व्यवसायी हुन सक्छ । त्यसैले आफू के बन्ने हो, त्यो छनौट गरेर अगाडि बढ्न सकियो भने मात्रै तालिमप्रति न्याय हुन्छ । परम्परागतबाट टेलरिङ्ग व्यवसाय माथि उठ्न आवश्यक छ । यदि व्यवसायलाई उद्योगको रुपमा अगाडि लैजाने प्रयास गरिन्छ भने नगरपालिका व्यवसायीहरुसँग हातेमालो गर्न सदैव तयार छ । त्यसतर्फ व्यवसायीहरुले सोच्नुहुनेछ भन्ने विश्वास आफूले राखेको धारणा अधिकृत आचार्यको छ ।
उक्त कार्यक्रममा नेपाल टेलरिङ्ग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सदिश श्रेष्ठ, महासंघका निवर्तमान उपाध्यक्ष सुदिश गणेश, काभ्रे टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष अनु वैद्य, प्रशिक्षक दिपक कुमार नेपाली, प्रशिक्षार्थी सविता तामाङ, संघका उपाध्यक्ष चन्द्रलक्ष्मी मानन्धर, सचिव संगीता तामाङ लगायतले तालिमको बारेमा चर्चा गर्नुको साथै टेलरिङ्ग व्यवसायीको दीर्घकालिनताका बारेमा समेत प्रष्ट्याउनुभएको थियो भने सो तालिममा टेलरिङ्ग व्यवसायसँग आबद्ध १५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । तालिम गत फागुन २५ गतेबाट सुरु भई वैशाख १३ गते मंगलबार पूरा भएको काभ्रे टेलरिङ्ग व्यवसायी संघ बनेपाले जानकारी गराएको छ । तालिमलाई बनेपा नगरपालिकाको तर्फबाट सहयोग पु¥याएको संघका अध्यक्ष अनु वैद्यले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0