Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गोविन्द गिरी प्रेरणाको साहित्यिक यात्रा

प्रभातफेरी अनलाइन ६२२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
गोविन्द गिरी प्रेरणाको साहित्यिक यात्रा

मोहन दुवाल
(वरिष्ठ साहित्यकार)

नेपाली भाषा र साहित्यको श्रीबृद्धि गर्न निरन्तर गतिशील रहँदै आएका एकजना स्रष्टा र द्रष्टा हुन् – गोविन्द गिरी ‘प्रेरणा’ । मनमा उठेका प्रेरणाबाट नै साहित्यसेवा र सिर्जनामा लागेका यिनले २०३४ सालदेखि हालसम्म पनि कलम चलाउँदै आएका छन् । अमेरिकामा हाल बसोबास गर्दै त्यहीँ कार्यरत प्रेरणाले त्यतातिर पनि भाषा–साहित्यको सेवा गर्न तत्परता देखाइरहेका छन् । जहाँ बसे पनि, जता पुगे पनि साहित्यमा मन लगाउन सक्नु नै यिनको आफ्नै खालका विशेषताहरू हुन् । थुप्रै विदेशी भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरेर आफूलाई अनुवादकका रूपमा समेत परिचय बाँड्न सफल यिनी कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, समीक्षा लेखनमा स्थापित व्यक्तित्वका रूपमा परिचित छन् । लागिरहन सक्ने, लेखिरहन सक्ने, आफ्नो यात्रामा मन दिइरहन सक्ने यिनको बानीले यिनलाई शिखर चढ्न सजिलो भएको हो ।


बी.कम.सम्म उत्तीर्ण गरेका यिनले त्रिविवि अन्तर्गतको लेखा सेवामा रही २५ सौं वर्ष जीवनका क्षणहरू गुजारिसकेका छन् । जीवनका धेरैजसो क्षणहरू साहित्यसँग मन गाँस्न तत्पर रहेकै कारणले यिनी गोविन्द गिरीबाट साहित्यिक प्रेरणा बने । पहिलोचोटि कथा प्रकाशन गराएर साहित्यिक सिर्जनामा मन दिएका यिनले पछि सबैजसो विधामा कलम चलाएका हुन् । २०३६ सालमा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि भएको सडक कविता आन्दोलनमा सक्रिय प्रेरणाले राइटर्स क्लब (Writers Club) खोलेर लेखकहरूलाई प्रेरणा दिनका लागि नेतृत्व गरे । दीपज्योति साहित्यिक पत्रिकाको सम्पादनपछि दीपिका साहित्यिक मासिकको सम्पादक बने । अन्यथा र समकालीन नेपाली साहित्यको कुशल सम्पादन गरेर आफ्नो सम्पादक व्यक्तित्व देखाइसकेका यिनले लघुकथा नामक पत्रिकाको पनि प्रकाशन गरेको देखिन्छ । दुबसु क्षेत्रीसँग सम्पादनमा मिलेर यिनले समकालीन नेपाली कविताको रूपयात्रा पुस्तक पनि निकाले । सम्पादन कार्यमा यी माथि उल्लेख भएका पत्रिकाहरूको सम्पादनमा लागेर यिनले आफ्नो सम्पादन कार्यक्षमता देखाएकै हुन् । यसर्थ भन्न सकिन्छ गोविन्द गिरीले साहित्यिक क्षेत्रमा लागेर सबैजसो विधामा आफ्नो कलम चलाए । कवि, कथाकार, निबन्धकार, उपन्यासकार, नाटककार, बालसाहित्य लेखकका रूपमा आफूलाई देखाउँदै आएका यिनका लेखरचनाहरू हिन्दी, बंगाली, अंग्रेजी भाषामा पनि अनुदित भई प्रकाशित छन् ।
अध्ययनशील प्रेरणाले पुस्तकहरू किनेर आफूमात्र पढ्ने गर्दैनन् अरुलाई पनि यसरी भन्ने गर्छन् – यदि तपाईंहरू साहित्यलाई इज्जत गर्नुहुन्छ, साहित्यकारलाई इज्जत गर्नुहुन्छ भने साहित्यका पुस्तकहरू किनेर पढ्नुहोस् । उनी अमेरिकामा पनि पत्रिका चलाउने गर्छन्, नेपालीहरूमाझ् साहित्य फिजाउँछन्, अमेरिकाको पृष्ठभूमिमा रमेर उपन्यास लेख्छन्, नलेखिकन बस्नै नसक्ने यिनको स्वभाव हो । जीवन र जगत्लाई बुझ्ेर, अनुभूत गरेर कलात्मक ढङ्गले लेख्नु नै साहित्य हो – यिनको साहित्यिक परिभाषाको ठम्याई हो । उत्कृष्ट साहित्य भनेको कसैको मनलाई झ्ङ्कृत तुल्याउन सक्ने लेखाइ हो – यिनको यो आफ्नो साहित्यिक बुझइ हो । लेखकीय दायित्व बुझउन, परिचय गराइरहन लेखिरहनुपर्छ – यो यिनको लेखकप्रतिको धारणा हो । सकारात्मक दृष्टिले लेखनलाई मन पराइरहनेहरू एकदिन सफलताको शिखर चुम्छन् – गोविन्द गिरी प्रेरणा यस्तै सकारात्मक सोच बोकेर लेखन क्षेत्रमा लागिरहेको देखिन्छ ।
लेखनमा लागिरहने, साहित्यिक गतिविधि गरिरहने, जस्तो आपतविपतमा पनि आफ्नो गन्तव्यबाट विचलित नहुने यिनको स्वभावले प्रेरणा नेपाली साहित्यिक जगत्का एकजना सक्रिय व्यक्ति बने । म लेख्छु र लेखिरहन्छु । मेरो धर्म–कर्म नै लेख्नु हो । यिनको लेखकीय भावनाभित्रको यो अभिव्यक्तिले बताउँछ लेखकको काम लेख्नु नै हो । लेखन शील्प देखाउने हो लेखकले यस्तै भावनामा तरङ्गीत हुँदै सधैं लेखिरहन मन गरे यिनले । स्व. रामबहादुर गिरी र स्व. विष्णुकुमारी गिरीका छोरा भई मकवानपुर जिल्ला अन्तर्गतको भन्सारीमा गोविन्द गिरीको जन्म २०१५ वैशाख ५ गते भएको हो । साधारण निम्न मध्यम वर्गीय परिवारमा जन्मेका यिनले जीवन क्रममा निकै सङ्घर्षका कहरहरू काट्दै जीवन भोगे । पछि जीवनका उकाली–ओरालीमा हिँड्दाहिँड्दै अञ्जु केसीसँग विवाह बन्धनमा मित्रता गाँसेर गोविन्द गिरी प्रेरणाले अनुभव र अनुरोधरूपी जीवनक्रम जन्माए । २५ औं वर्ष त्रिविवि सेवा अन्तर्गतको लेखाशाखामा सेवा गरेर जीवनमा जागीरे जीवनको अनुभव गरे । कुडिरहने यिनको स्वभावले कसैको लागि यिनी प्रतीक भए त कसैका लागि उदाहरणीय व्यक्ति बने । गोविन्द मोटरभन्दा पनि अगाडि कुड्छन् काठमाडौंमा – एकताका यसरी यिनीमाथि टिप्पणी भएको मलाई थाहा छ । साहित्यिक सामिप्यता जोड्न सिपालु भएकै कारणले धेरैथोकमा यिनले आफूलाई पु¥याए । सक्रिय नहुने, आफैमा सीमित हुनेहरूले यिनको सक्रियता हेरेर, यिनको गतिविधि देखेर गोविन्द गिरी प्रेरणालाई आ–आफ्नो ढङ्गले विश्लेषण गरे । तर पनि यिनी कुडिरहे । कसैको कुरासँग मतलब नराखेर कुडिरहन सक्ने यिनको जाँगरले यिनलाई सक्रिय, सबल, सफल साहित्यकार बनाए । यो जस ‘प्रेरणा’लाई मनमा राखेर कुडिरहन रुचाउने गोविन्द गिरीलाई दिनुपर्छ ।
गोविन्द गिरीको साहित्यिक सिर्जनाको मूल आधार सामाजिक विसङ्गति, विपन्नता, समय र परिवेश नै हो । नयाँ–नयाँ खालको साहित्यिक गतिविधि गर्न रुचाउने, नयाँ–नयाँ जानकारी पाठकहरूलाई दिन खोजिरहने, अन्तर्राष्ट्रिय साहित्य प्रतिभाको परिचय दिइरहने यिनको लेखाइको स्वभाव हो । उच्च मान्यता बोकेका उच्च खालको साहित्यकार बन्ने यिनको चाहनाले यिनी उद्देश्यमा हिँडिरहे । थुपै्र ठाउँमा घुमेका, थुप्रै खालका मित्रहरू बनाइसकेका यिनी अमेरिकाजस्तो व्यस्त मुलुकमा नोकरी गरेर पनि सिर्जना, साधना, सम्पादन, गोष्ठीमा सक्रियतासाथ संलग्न रहेका छन् । धेरै लेखे, धेरै गरे तर थोरैमात्र सम्मान प्राप्त गरेका यिनले नारायणी वाङ्मय पुरस्कार २०४६ मा, युवावर्ष मोती पुरस्कार २०५४ मा, शिवप्रसाद उन्नयन पुरस्कार २०५३ मा, प्रतिभा युवा सम्मान २०५६ मात्र प्राप्त गरेका छन् ।
कथाबाट लेखन क्षेत्रमा लागेका यिनले २०४० मा सुतेको समुद्र र २०४६ मा अन्तराल कथासङ्ग्रह प्रकाशित गराएको देखिन्छ । उपन्यासहरूमा उत्खनन, पाखण्ड पर्व, अन्तिम खाडल, महानगरीका सुन्दरीहरू देखापरेका छन् । कवितासङ्ग्रहमा स्वप्नकथा जारी छ पहिलोचोटि प्रकाशित कवितासङ्ग्रह हो । सबै विधामा लेखेर, धेरै खालका कार्यक्रममा संलग्न रहेर पनि एकताका प्रेरणाले सडकदेखि सडकसम्म, रातका बन्द आँखाहरू, हामी वसन्त खोजिरहेका छौं आदिमा अभिनयसमेत गरेका छन् । बीरबलको खिचडीमा अभियन गरेका यिनले ब्रह्मपुर नाटक लेखन तथा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गर्दा यसको निर्देशन पनि यिनैले गरेका हुन् । यस सम्बन्धमा उनले लेखेका छन् – मैले नाटक एवं एकाङ्की पनि लेखेको छु, मैले लेखेको पूर्णाङ्की नाटक ब्रह्मपुर प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा मेरै निर्देशनमा मञ्चन भएको पनि छ । साहित्यिक सिर्जनाका सबै विधामा व्याप्त रहेकै कारणले हो कि कसो धेरै लेखेर पनि यिनी थोरैमा सफल बने । क्रियाशीलता नै यिनको ठूलो त्याग तथा तपस्या हो भन्नुपर्छ । सक्रियता यिनको स्वभाव । लेखन यिनको धर्म र कर्म ।
नेपाली साहित्यका बहुमुखी व्यक्तित्वका रूपमा गोविन्द गिरी प्रेरणालाई लिइन्छ । यिनी स्रष्टा पनि हुन्, यिनी त्यस्तै सक्रिय द्रष्टा पनि हुन् । लेखनलाई जीवनको एउटा कर्म सम्झ्ेर यस क्षेत्रमा लागिरहेका प्रेरणाले नेपाली साहित्यको उत्थानमा योगदान पु¥याउँदै आएको देखिन्छ । नेपाली साहित्यलाई विदेशमा पु¥याएर, विदेशी साहित्यलाई नेपालमा प्रचार गरेर यिनले महत्वपूर्ण योगदान गरेका छन् । योगदानको कदर गर्न नरुचाउनेहरूले सबैलाई अन्तसन्त भनेर पन्छाउने गर्छन् । यस्तै क्रममा राखेर गोविन्द गिरीको कटाक्ष गर्नेहरू पनि छन् । तर मेरो आफ्नो मूल्याङ्कन र दृष्टिमा गोविन्द गिरीहरू साहित्यिक जगतका लागि एकखालका उल्लेख गर्नुपर्ने प्रतिभाहरू हुन् । प्रेरणाले सिर्जना गरेका थुप्रै साहित्यिक आलेखहरू, थुप्रै पत्र पत्रिकाहरू, धेरै खालका साहित्यिक गतिविधिहरू उल्लेखयोग्य छन् ।
साहित्यको सबैजसो विधा लेखेर, छपाएर आफूलाई देखाइरहन रुचाउने यिनले सबैजसो विधाका साहित्यबारे आफ्नो दृष्टि पनि फुकाएका छन् । जसले जेसुकै भनून् यिनी परवाह गर्दैनन् । यिनको विशेषता भनूँ नै आफूले कल्पेको उद्देश्यमा पुगिछाड्ने हो । यिनी सधैं भन्छन् – म लेखिरहन्छु । कवितामा आफ्नो दृष्टि बिम्ब राखेर कविता लेख्न सिपालु यिनले कवितालाई मनको उद्वेग सम्झ्न्छिन् । मस्तिष्कको मन्थनबाट मात्र उत्कृष्ट कविता सिर्जना हुन्छ भन्छन् । कविता सौन्दर्य हो – यिनको परिभाषा छ । कविता जीवन हो, कविता जगत हो – यिनको ठम्याइ छ । सुख, दुःख, हाँसो आँसुकै अनुभूति बन्न सक्छ कविता – यिनी चर्चा गर्छन् ।
सङ्क्षेपमा भन्नुपर्दा भन्न सकिन्छ – गोविन्द गिरी प्रेरणा साहित्यिक जगत्का निरन्तर प्रयत्नरत् योद्धा हुन् । साहित्यिक जगत्लाई मन पराएर साहित्यमा दुःख–सुख बाँड्न सिपालु यात्री हुन् । सिर्जनामा मन खोपिरहन सक्ने एकखालका शिल्पी हुन् । साहित्यलाई सबै विधामा व्याप्त बनाएर नेपाली साहित्यको ढुकुटी भर्न सिपालु एकजना कार्यकर्ता हुन् । नेपाली साहित्यमा आफ्नै ढङ्गको सेवा, समर्पण, सिर्जनामा सक्रिय गोविन्द गिरी प्रेरणा धेरै थोकमा विभाजित जस्तो देखिए पनि मूलमा एकजना सक्रिय साहित्यकार हुन् । अमेरिकामा रहेर पनि नेपालीमाझ् साहित्य फिँजाइरहन मन गर्ने प्रेरणा नेपालीहरूका भरोसालाग्दो मित्र भई सेवारत रहन सकोस् । अमेरिकी र नेपालीहरूका कोरा मन र चोखा आँखाहरूका समन्वयकर्ता बन्न सकोस् । साहित्य उत्थान, सिर्जनामा सधैं–सधैं, सबै–सबैको प्रेरणा बनिरहन सकोस् । झ्ुठ, फरेब, षड्यन्त्र, गुटबाजीरूपी जञ्जालभित्र कैद भइरहन चाहनेहरूका विरोधमा साहित्यिक प्रेरणा बन्न सकोस् – शुभकामना छ ।
०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0