Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

प्रभातफेरी अनलाइन १९५१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (३ साल अघि)
प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

काभ्रे । वैशाख ३० गते स्थानीय तहको निर्वाचन छिटफुट घटनाबाहेक सौहार्द वातावरणमा देशैभरि सम्पन्न भयो । जसरी निर्वाचन सम्पन्न भयो, त्यहाँसम्म आइपुग्दा मतदाताहरुलाई प्रभावित पार्न दलका प्रतिनिधिहरु कतिसम्म गिर्दा रहेछन् भन्ने कुराको लेखाजोखा नै गर्न नसकिने अवस्थामा पु¥याएका छन् ।
त्यति गर्दा पनि आफू अनुकूल परिणाम नआउने देखेपछि आफूले थुकेको थुक चाट्न पनि पछि परेनन् नेताहरु । जसको प्रतिदर्शी प्रमाण बन्यो धुलिखेल नगरपालिका । हिजो सर्वदलीय बैठकमा सर्वसम्मत गरिएका निर्णयहरु पुनः विचार गर्नुपर्ने अडान राख्दै मतगणना प्रक्रिया नै प्रभावित पु¥याउने दुस्साहस भएको छ । यस घटनाले पुष्टि गर्छ, नेताहरुले मतदातामाझ कस्तो हर्कत गरे होलान्, सहजै अनुमान लगाउन टाढा जानु परेन । कसैको सुरक्षाको कारण पनि सत्यतथ्य कुरा राख्न नसक्नु पत्रकारिताभित्रको एउटा जिम्मेवारी पनि हो । यो पत्रकारिता भित्रको गोपनीयता पनि हो । मतदान स्थलमा भेटिनुभएकी अन्दाजी ७५ वर्ष आसपासकी हजुरआमाको अभिव्यक्ति थियो– “बाबु मैले त उसैलाई भोट हालें ! हिजो राती आएर बुढेसकालमा मिठो मसिनो खानुस् भन्दै ५ हजार नगद पनि दिए, फेरि महिनैपिच्छे आउने भत्ता पनि उसैले दिएको रहेछ । त्यही भएर छोराछोरी कसैको कुरा सुनिनँ । खुरुक्क आएँ, लाइन बस्नु पनि परेन, त्यही बाबुले परसम्म पु¥याइदियो अनि भोट राखेँ । यसो बुझ्दा उसैको जित हुने देखें ।” अब हामी बुढाबुढीको साहारा बन्यो । यतिकैमा त्यसोभए के आमा छोराछोरीले हेर्दैनन् ? को तत्कालै जवाफ, हेर्छन् त, हेर्छन् नि । फेरि पनि यि यसरी बेलाबेलामा चिया खर्च राखिदिन्छन्, हामी बुढाबुढीलाई अरु के चाहिन्छ र !
यो संवादले के पुष्टि गर्छ भने वृद्ध भत्ता कुनै अमूक पार्टीको कोषबाट वितरण हुन्छ । त्यहाँ कुनै नेपाली नागरिकको लगानी छैन । त्यसैले प्रत्येक नागरिकको करबाट जाने वृद्ध भत्ताका बारेमा सम्बन्धित निकायमा गम्भीर छलफल हुन आवश्यक छ भन्नुहुन्छ शिक्षाविद् प्रेम प्रधान । के नेपाली नागरिक भेडा बाख्रा हुन् ? बिक्रिका लागि बजारमा राखिएको हो ? यस विषयमा सरोकारवाला निकायले गम्भीरतापूर्वक समीक्षा नभएसम्म यो संस्कार चलिरहन्छ । त्यसैले नीति निर्माण तहमा रहने जिम्मेवार व्यक्तिहरुले गम्भीर निचोडमा पुग्न जरुरी छ । कसैको पेवा होइन राज्यकोष । जसको दुरुपयोग आफूखुशी गरियोस् । यस किसिमको जघन्य अपराध गर्ने छुट कसैलाई छैन । यस्ता घटनामा संलग्न जो कोहिलाई कानूनी दायरा ल्याई हदैसम्मको कारवाही हुनुपर्छ । मतदानको अघिल्लो रात जनताद्वारा नियन्त्रणमा लिइएका ति उम्मेदवार र उम्मेदवारका मतियारहरुलाई कानूनले सजायँको भागिदारी नबनाएसम्म यस्ता किसिमका घटनाहरु घटिरहन्छन्, जनताका मत बिकिरहन्छन् ।
यसर्थ फेरि नागरिकले जनताको कठघरामा ति अपराधीहरुलाई उभ्याउने अवस्था नआओस् भन्न पछि पर्नुहुन्न शिक्षाविद् प्रधान । यस किसिमको खरिद बिक्रिको सिकार आफू पनि परेको सञ्चारकर्मी एवं वडा अध्यक्षका उम्मेदवार क्रान्ति दोङको पनि दुखेसो छ । आफ्नो जित सुनिश्चित भयो भनेर ढुक्क अवस्थामा रहँदा आफ्नै टिमको उम्मेदवार मोटै रकममा खरिद बिक्रि भएको घटनाले नेपालको राजनीतिप्रति वितृष्णा मात्र उठेको छैन यो प्रक्रियाको अन्त्यको लागि फेरि पनि बन्दुक बोक्न परे पछि नहट्ने आक्रोश व्यक्त गर्नुहुन्छ नेता दोङ ।
यता धुलिखेल नगरमा मत गणना भइरहँदा नाटकीय रुप प्रवेश गरेको छ । मत गणनालाई एकाएक विवादमा ल्याएर नेताहरुको चरित्र नंग्याउने काम भएको छ । धुलिखेल नगरको वडा नं. १ देखि ८ सम्म आउँदा सर्वदलीय निर्णयलाई अक्षरसतः पालना भयो । जब वडा नं. ९ मा मत गणना सुरु भयो, तब पराजित मानसिकताका सिकारीहरुको लागि त्यो निर्णय पाच्य भएन । सर्वदलीय निर्णयमा सहमत भएको थियो– “यदि प्रमुख पदमा सूर्य र रुखमा छाप लगाएको छ भने त्यहाँ रुखको उम्मेदवार नभएकोले त्यो स्वतः सूर्यमा गणना हुने सहमति अनुसार वडा नं. ८ सम्म तिनै मतहरु सदर भएर आए तर वडा नं. ९ बाट भने ति मतहरु बदर हुनुपर्ने अडान राखेपछि मत गणना प्रक्रिया अवरुद्ध हुन पुग्यो ।” यो समाचार तयार पारुन्जेलसम्म पनि विवादको समाधान नभएको निर्वाचन आयोगले जनाएको छ ।
यस किसिमको तल्लो स्तरका गतिविधिमा संलग्न व्यक्तित्वहरुले आफ्नो ५ वर्षीय कार्यकालमा के–के गरे होलान् त्यसको हिसाबकिताब धुलिखेलवासीले पक्कै खोज्नेछन् भन्न पछि पर्दैनन्, उपप्रमुखका प्रत्यासी निराजन जंगम ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0