Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानवीय कार्यका लागि जुनसुकै चुनौतीसँग सामना गर्न तयार छु ः अध्यक्ष मानन्धर

प्रभातफेरी अनलाइन ३८१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
मानवीय कार्यका लागि जुनसुकै चुनौतीसँग सामना गर्न तयार छु ः अध्यक्ष मानन्धर

काभ्रे । जीवित फाउण्डेसनद्वारा आयोजित रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले रक्तदाताहरुलाई सम्बोधन गर्दै मानवीय सेवाको लागि आफू जुनसुकै चुनौतीसँग सामना गर्न तयार भएको बताउनुभएको छ ।


बनेपामा मंगलबार आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष मानन्धरले नीजिस्तरबाट खुलेका स्वास्थ्य संघ संस्थाले नागरिकहरुलाई पु¥याइएको सेवाका बारेमा चर्चा गर्नुहुँदै रक्तदान जीवनदान हो । हाम्रो शरीरबाट अस्वभाविक रुपमा खेर जाने रगतले अरु कसैले पुनर्जीवन प्राप्त गर्छ भने किन नसघाउने ? त्यस किसिमको भावना नागरिक स्तरमा जगाउन आवश्यक रहेको बताउनुभएको छ । आफूले २०औं वर्ष अघि लायन्स र जेसिसको माध्यमबाट रक्तदानका बारेमा नागरिकहरुलाई सुसूचित गरेको स्मरण गराउनुहुँदै त्यतिबेलाका भोगाइहरुलाई सम्बोधनका क्रममा व्यक्त गर्दै आज त्यो अवस्था नरहेको चर्चा गर्नुभएको छ ।
कार्यक्रममा रक्तदाताहरुको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं रक्तदाता नारायणप्रसाद सापकोटाले समाजमा अझै पनि रक्तदान सम्बन्धी संकीर्णता बाँकी रहेको हुँदा जबसम्म ति तत्वहरुलाई चिर्न सकिँदैन तबसम्म रगत नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता रहिरहने बताउनुभएको छ । कार्यक्रममा फाउण्डेसनका तर्फबाट कार्यक्रमको अध्यक्षता गरिरहनुभएका जितेन्द्र कुमार थापाले समाज रुपान्तरण हुन समय लाग्ने प्रतिक्रिया दिनुहुँदै व्यवसाय मात्रै सबैथोक होइन । जब मानव जन्मिसकेपछि समाजले सामाजिक रुपमा जुन ऊप्रति जिम्मेवारी बहन गरेको हुन्छ, त्यसैगरी सामाजिक रुपमा हाम्रो जिम्मेवारी पनि त्यतिकै रहन्छ । सोही अनुरुप “हाम्रो प्रतिबद्धता रगतको कमी हुन नदिने युगको स्थापना” का साथ स्थापना गरिएको जीवित फाउण्डेसनलाई जीवन्त दिनु भनेकै कोहि पनि रगतको अभावमा समस्याग्रस्त नहोस् भन्ने नै हो । सोही उद्देश्य अनुरुप हाम्रो क्षेत्राधिकारभित्र रहेका कुनै पनि बिरामीहरुलाई रगतको अभाव हुन दिने छैनौं भन्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाताहरुलाई सम्मान एवं रक्तदान कार्यक्रम समेत उक्त अवसरमा गरिएको थियो । पछिल्लो समय नीजि स्तरबाट यस किसिमका कार्यक्रमहरु बाक्लिँदै गएको महसुस गर्न सकिने कार्यक्रमका वक्ताहरुले गर्नुभएको थियो ।
कार्यक्रममा १ सय २२ पटक रक्तदान गर्नुहुने रक्तदाता विदुर खड्का, १ सय ५ पटक रक्तदान गर्नुहुने पुण्यवती घले, १ सय १ पटक रक्तदान गर्नुहुने रक्तदाता रघुनाथ हुमागाईं, ९९ पटक रक्तदान गर्नुहुने नारायणप्रसाद सापकोटा, ७० पटक रक्तदान गर्नुहुने प्रल्हाद शर्मा हुमागाईं, ४१ पटक रक्तदान गर्नुहुने केशवराज पौडेल लगायतका रक्तदाताहरुलाई उक्त अवसरमा सम्मान गरिएको छ । सोही अवसरमा १७ प्रिन्ट रगत समेत संकलन गरिएको छ । सो कार्यका लागि नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्राविधिक प्रमुख राधा थापाले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0