Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हाम्रो यात्रामा निरन्तर छ, पाठकको मन जित्नु नै हाम्रो सफलता हो

प्रभातफेरी अनलाइन १३१० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
हाम्रो यात्रामा निरन्तर छ, पाठकको मन जित्नु नै हाम्रो सफलता हो

प्रकाशकीय
आम शुभचिन्तक पाठकहरुको मायाले गर्दा हाम्रो यात्रा निरन्तर रुपमा अघि बढ्न सहज भएको छ । सामाजिक हितको खातिर “सामाजिक सचेतनाको लागि चेतनामुलक अभियान” भन्ने अभियानका साथ १७ बर्ष अगाडी हाम्रो यात्राको शुभारम्भ भएको थियो । आज हाम्रो यात्राको सुरुवाती भएको १७ औं बसन्त पार गर्दै १८ बर्षमा पाईला टेक्दै छौं । यसरी हामीले आफ्नो उद्देश्यलाई निरन्तर रुपमा अगाडी बढाउन सफल हुनुमा हाम्रा शुभचिन्तक पाठकहरुकै कारण हो ।
हाम्रो उद्देश्यलाई आत्मसाथ गर्दै शुभचिन्तक, शुभेच्छुक र बौद्धिक व्यक्तित्वहरुको साथ—सहयोगले गर्दा हामी हाम्रो बाटोमा निरन्तर रुपमा अगाडी बढ्न पाउनु नै हाम्रो गौरवको विषय हो । हाम्रा यति धेरै खुशी दिने आम पाठक बर्ग, शुभचिन्तक, बौद्धिक वर्ग, सहयोगी, बिज्ञापनदाता, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारीहरु, राजनैतिक दलहरु लगायत सम्पुर्णप्रति आभार व्यक्त गर्दछौं । सामाजिक हितको खातिर हामी जुन उद्देश्यले अगाडी बढेका थियौं सो उद्देश्यलाई नविराईकन निरन्तर रुपमा अगाडी बढ्ने बाचा गर्दछौं । हाम्रो अथक प्रयासलाई निरन्तर रुपमा सहयोग गर्ने सम्पुर्ण शुभचिन्तक वर्गले देखाएको बाटोलाई आगामी दिनमा पनि निरन्तर अगाडी बढाउँदै जाने प्रण गर्दछौं ।
हाम्रो उद्देश्य अनुरुप पत्रिका प्रकाशनको शुरुवातबाटै “निष्पक्षताको” जुन कसीका साथ अगाडी बढेका छौं, त्यसलाई निरन्तरता दिँदै जाने छौं । आम पाठक वर्गलाई निष्पक्ष ढंगबाट यथार्थतालाई जस्ताको तस्तै सुचना दिँदै जाने क्रममा बिभिन्न आरोह–अवरोह नआएको होईन । हाम्रो उद्देश्यअनुसार बिगत लामो समयदेखि हामीलाई आम पाठकले जसरी निष्पक्षताको वाटो देखाएका छन् सोही मार्गलाई पहिल्याउंदै आगामी दिनमा पनि निरन्तरता दिने प्रण गर्दछौं ।
हालै निर्वाचित जनप्रतीनिधिले गरेका कार्यलाई नियाल्दै प्राथमिकता दिदै कुनै पनि स्वार्थ रहित ढंगबाट निष्पक्ष रुपबाट निरन्तर अगाडी बढ्ने आम पाठक एवं शुभचिन्तक साथै सहयोगी समक्ष वाचा गर्दछौं । आशा छ, हाम्रो पाईलाहरु अगाडी बढ्दै जाने क्रममा केही कमी कमजोरी हुन गएमा सुझावहरु दिनुहुनेछ । आम नागरिकको हित विपरित जो कोहीले पनि गरेका कमी कमजोरीहरुलाई पाठकसामु पु¥याउने प्रण गर्दछौं, यो पत्रकारिताको धर्म हो ।
हाम्रो यात्राको क्रममा दुई बर्षदेखि विश्वलाई नै आक्रान्त पार्ने कोभिड–१९ ले केही समस्याहरु ननिम्त्याएको होइन । तर पनि त्यस किसिमको चुनौतीलाई सामना गर्दै पाठकसामु हिजो जे थियौं आज पनि सोही निरन्तर रुपमा पस्किँदै आएका छौं । कोभिडको कारणले आम पाठकहरुको चाहना अनुसार हामी विगतको भन्दा अझ फड्को मार्दै अगाडी बढ्नुपर्ने हो तर केही हदमा महांमारीले गर्दा केही समस्या भएकै हो । तर जतिसुकै संकट आएता पनि पाठकहरुको अपार मायाले हामीलाई चुनौतीसँग सामना गर्ने हौसला मिलेको छ ।
हाम्रा कार्यलाई पाठकबाट पक्कै पनि सकारात्मक मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वासका साथ हाम्रो अठारौं वर्षको यात्रा आजबाट सुरु गर्दैछौं । हाम्रो यात्राको सुरुवातीबाटै मुलुकमा विभिन्न खाले परिवर्तनहरु नआएका होईनन् । सो क्रममा हामीमाथी पनि निकै चुनौती पनि आएकै हुन् । तर जे जस्तोसुकै चुनौतीको विचबाट पनि हाम्रो यात्रालाई निरन्तरता दिदै अगाडी बढेका छौं । हालै मात्र सम्पन्न स्थानिय तहको निर्वाचनमा हामीले पस्कन सकेको निश्पक्षताले गर्दा आम पाठकहरुले माया गरेको आभास भएको छ । गणतन्त्रको जननीको रुपमा रहेको सञ्चार क्षेत्रलाई अझै परिष्कृत गर्दै अगाडि जाने उर्जा मिलेको छ । यो उर्जालाई आँच आउन दिइने छैनौं भन्ने प्रतिबद्धता आम पाठकमाझ राख्दछौं ।
आम पाठक तथा शुभचिन्तकहरुको सुझावको साथै सहयोगले गर्दा हामीलाई अगाडी बढ्न थप सहज भएको छ । नजिकिँदै गरेको संघिय निर्वाचनमा पनि निष्पक्ष ढंगबाट अगाडी बढ्ने प्रण गर्दछौं । आगामी दिनहरुमा विगत बर्षहरुको भन्दा पनि थप निखारता, निष्पक्षता, यथार्थता साथै विश्वसनियता लाई मध्यनजर राख्दै अगाडी बढ्दै आम शुभचिन्तक साथै पाठकहरु समक्ष उपस्थित हुने प्रण गर्दछौं । आशा छ हामीले आम पाठकबाट थप माया र हौसला पाउने छौं । आम पाठकको मन जित्न सक्नु नै हाम्रो सफलता ठान्दै अगाडी बढ्ने छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समसामहिक सम्बन्धि थप
  • निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • महिलाहरूको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा सामाजिक पर्व तिज

    महिलाहरूको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा सामाजिक पर्व तिज

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0