Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असारे विकासको अन्त्य गर

प्रभातफेरी अनलाइन १३२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
Post Thumbnail

मुलुकमा धेरै परिवर्तनहरु भए । तर २००७ सालदेखि २०७९ सालसम्म आइपुग्दा पनि पुर्खाको बिँडो छुटेन । यसका पछाडि परिवर्तनका नाममा शुन्यताबाट कहिल्यै पनि शुभारम्भ नभएको पुष्टि गर्दछ । परिवर्तन एक एउटा पुस्तालाई विस्तापित गरेर अर्काे पुस्ताको उदय गराउने भन्दा अरु केही उपलब्धीहरु हाता लागेका छैनन् भन्ने बलियो प्रमाण असारे विकासले देखाएको छ ।
वर्षका ११ महिना यता र उति गिजोलगाजलमै सकिने र असारमा आइसकेपछि बिल भर्पाई मिलाउने नाममा विकासे योजनाहरुको बिर्काे लाउने काम हुनु अत्यन्तै निन्दनीय कार्यको रुपमा नयाँ पुस्ताले महसुस गरिरहेका छन् । नेपाली जनहरुका लागि असार महिना अत्यन्तै महत्वपूर्ण खेतीको महिना मानिन्छ तर गैरजिम्मेवारी बहन गर्ने कर्मचारीतन्त्रका लागि यो महिना ति किसानहरुको भन्दा पनि महत्वपूर्ण हुँदै आएको छ । वर्षको ११ महिना सुख्खा तलबको रुपमा हाटा गर्ने कर्मचारीहरुका लागि असार महिना कमाउ थलोको रुपमा लिने गरिन्छ ।
किसानको लागि चाहिने पानीको लागि मनसुन सुरु भइसक्ने महिना हो यो । जमीन अरु महिनामा बाँझै रहे पनि धान रोप्नका लागि उपयुक्त महिनाका रुपमा लिइन्छ । १२ महिना पाल्ने खेती गर्ने महिनाका रुपमा असारलाई लिइन्छ । जसको कारण असार १५ दही च्युरा खाने दिन, हिलोमा टेक्नुपर्ने दिन अनि धान दिवसको रुपमा पर्व मनाउने परम्पराको विकास हुँदै आएको छ ।
यो महिना खेतीका लागि मात्रै महत्वपूर्ण छैन । यही असार महिनामा फलको राजा मानिने आँप बजारमा आउने र विभिन्न स्वादका आँपहरु चाख्ने महिना पनि हो यो । विद्यार्थीहरुको लागि महत्वपूर्ण ठानिएको एसइइको नतिजा आउने महिना पनि असारमै पर्ने गर्छ ।
प्राकृतिक विपत्ति र प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देशको श्रेणीमा पर्दछ । असार महिनामा नै नदीहरुको स्तर बढेर जलस्तर बढ्छ । यसले बाढी आउने, समुचित ढल निकासको अभावमा वस्तीहरु जलमग्न भई जनता जोखिम मोल्दै विपत्तिको सामना गर्नुपर्ने महिना पनि असार नै हुन गएको छ । पहाडी क्षेत्रमा धेरै पहिरो जाने, जमीन भासिने, कारणले आवत जावतमा ठूलो व्यवधान अवरोध खडा हुने गर्दछ । धेरै दुर्घटना भई धनजनको ठूलो क्षति हुने महिनाको रुपमा असारलाई लिने गरिन्छ ।
व्यवसायिक क्षेत्रमा असार महिना अत्यनत व्यस्त हुने महिना हो । सरकारलाई बुझाउनुपर्ने कर, राजश्व किस्ता बुझाउनुपर्ने महिना पनि हो यो । विकास निर्माण कामको त भेल र बाढी नै आउँछ असार महिनामा । काम नभए पनि प्रगति विवरणमा देखाउनको लागि आर्थिक वर्षको अन्तिम महिना असारमा धेरै खर्च गर्ने गरेको पाइन्छ । पानी निरन्तर परिरहेको बेलामा समेत ठेकेदारहरुले सडक कालोपत्रे गरिने काममा तीव्रता ल्याएको पाइन्छ । खानेपानीका पाइपलाइन पनि यही महिनामा बढी विछ्याइन्छ । ढल निकासको लागि खन्ने काम पनि यही महिनामा हुन्छ ।
मन्त्रालय, विभाग कार्यालयको लागि छुट्याइएको रकम खर्च नगरीकन रहेको अवस्थामा असार महिनामा कसरी खर्च गर्न सकिन्छ भनेर पालो पर्खेर बसेका हुन्छन् । असार महिनाको पत्रपत्रिका वा रेडियो, टेलिभिजन सुन्नु वा हेर्नुभयो भने दैनिक सरकारी गोष्ठी सेमिनार, अभिमुखीकरण, छलफलका दैनिक सयौं कार्यक्रम भइरहेको थाहा पाउन सकिन्छ । यो अवस्थामा एकजना कर्मचारीले १५ ठाउँमा दस्तखत गरेर भत्ता बुझेको अभिलेख पनि पाउन सक्छौं । यसले के पुष्टि गर्दछ भने राज्यको जुन किसिमको विकासे प्रणाली छ, त्यसमा सुधार हुन आवश्यक देखिन्छ । यदि त्यसतर्फ सरोकारवाला गम्भीर हुँदैनन् भने अब त्यसको सामना गर्न तयार हुनुपर्ने अवस्थामा रहन समेत सर्वसाधारणले चुनौती दिँदै आएका छन् । त्यसैले तत्काल यो परम्परालाई नीतिगत हुने भ्रष्टाचार हुने एउटा अंगको रुपमा रहेको छ ।
त्यसैले यस किसिमको संस्कारको अन्त्य गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण होस् भन्ने अपेक्षा हामीले राखेका छौं । आशा छ आगामी वर्ष यस किसिमका अवैध गतिविधिहरुले असार महिनालाई बिटुलो पार्ने छैन भन्ने ठम्याई हाम्रो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0