logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

सरकार फेरवदलको लागि संविधान संशोधनको एजेण्डा

प्रभातफेरी अनलाइन४०६ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २७, बुधबार(१ साल अघि)
Post Thumbnail

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड) को नेतृत्वमा रहेको सरकार फेरवदलको लागि संविधान सम्सोधनको एजेण्डाको साथ प्रतिनिधि सभाका पहिलो दल नेपाली काँगे्रस र दोस्रो दल नेकपा एमाले तयारीमा जुटेका छन् । सोही क्रममा नेकपा एमालेले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । कागे्रस एमालेको सम्झौता अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने पहिलो नेतृत्व नेकपा एमालेले लिने सहमती अनुसार केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै एमालेका तर्फबाट मन्त्रीहरुले समेत असार १९ गते राजिनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने घोषणा भएको छ । पहिलो र दोस्रो दलको सम्झौतामा कुनै नाटकीय परिवर्तन आएन भने प्रधानमन्त्री दाहाल अल्पमतमा पर्ने निश्चित छ । नेपाली राजनीतिक क्षेत्रमा भएका सम्झौताहरु अक्षरस पालना नभएको विगतलाई नियाल्दै आउदा केपी ओली मुलुकको प्रधानमन्त्री हुनेमा धरमर नै छ । ठुला दुई दलले गरेको सम्झौतामा राजनीतिक वेईमानी नभए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
राजनीतिक सम्झौतालाई बेइमानी नगर्ने र इमान्दारिताका साथ अगाडि बढ्ने हो भने मुलुकले स्थाई सरकार पाउने संभावना प्रवल रहेको छ । प्रतिनिधि सभामा पहिलो र दोस्रो शक्ति रहेका कांग्रेस–एमाले संयुक्त सरकार बनाउन सहमत हुँदा ओलीलाई पहिलो चोटि प्रधानमन्त्री छोड्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका हुन् । सहमति अनुसार, कांग्रेस समर्थनको ओली सरकारले राजनीतिक स्थिरताको जग तयार पार्न संविधान संशोधनको पहल लिनेछ । कांग्रेस र एमालेका नेताहरुले सरकार फेर्नुपर्ने प्रमुख कारण संविधान संशोधन आवश्यक रहेको बताउँदै आएका छन् । तर प्रमुख दुई दलबाट दुईतिहान नपुग्ने हुँदा संविधान संशोधन भनेजस्तो सजिलो छैन ।
नेपाली कांग्रेस र एमालेसँग सरकार बनाउन पर्याप्त संख्या भए पनि संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ छैन । संविधान संशोधन गर्न संसदमा दुई तिहाइ प्रतिनिधिसभामा १८४ सांसद चाहिने हुन्छ । कांग्रेस (८८ सिट) र एमाले (७९ सिट) सँग प्रतिनिधिसभामा १६७ सांसद रहेका छन् । दुई तिहाईको लागि १७ अपुग हुन्छ । सो १७ सांसद पुर्याउनको लागि प्रमुख दुई दलको सम्झौतामा ६ मन्त्रीको सिट सुरक्षीत राखिएको छ । १७ सिटका लागि माओवादी केन्द्र, रास्वपा, राप्रपा वा एकीकृत समाजवादी जस्ता दलहरुकै साथ लिनुपर्ने हुन्छ । संविधान संम्सोधनको एजेण्डेमा सानादलले सहजै साथ दिने संभावना कम रहन्छ । प्रदेश खारेज लगाएतको विभिन्न एजेण्डा लागि रास्वपा तथा राप्रपाको समेतको हो । तर उनिहरुले लिएको सवै एजेण्डा पुरा नभए साथ देलान भन्ने छैन । संविधान सम्सोधनको क्रममा माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा अडान लिन सक्छ । त्यसैगरी रास्वपाले प्रदेश खारेजी साथै राप्रपाले हिन्दू राज्य र राजतन्त्रको पुनर्स्थापनाको लागि अडान राख्ने भएकोले संविधान सम्सोधन त्यति सहज नहोला ।