Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक संस्थाहरुसँग नगरपालिका सहकार्य गर्न तयार छ ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ५२५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
सामाजिक संस्थाहरुसँग नगरपालिका सहकार्य गर्न तयार छ ः प्रमुख भण्डारी

काभ्रे । लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ ले आयोजना गरेको क्याम्प बेड वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले उक्त भनाई राख्नुभएको हो ।
सोमबार पनौती नगरपालिका वडा नं. १२ र नगर स्वास्थ्य शाखाका लागि १÷१ वटा मेडिकल बेड हस्तान्तरण गर्दै पनौती नगरपालिका यस किसिमको मानवीय सेवाका लागि सदैव हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । मानवीय सेवाको सवालमा लायन्स क्लबहरुले अनुकरणीय भूमिका खेल्दै आएको चर्चा गर्नुहुँदै आज जसरी मेडिकल बेडहरु उपलब्ध गराउनुभएको छ, त्यसैगरी ह्विल चियर उपलब्ध हुनेछ भन्ने अपेक्षा समेत नगर प्रमुख भण्डारीले उक्त अवसरमा राख्नुभएको छ । कार्यक्रमका बारेमा वडा नं. १२ का वडा अध्यक्ष जयराम केसीको कथन थियो– आफूले वडाको नेतृत्व ग्रहण पश्चात् प्रत्येक बस्तीमा पुगेर वडावासीका स्वास्थ्यको क्षेत्रमा जुन अवस्था जान्ने मौका मिल्यो, त्यसका लागि यो मेडिकल बेड सञ्जीवनी बन्ने विश्वास लिएको बताउनुभएको छ ।
एक महिने अभियान अन्तर्गत वडावासीका प्रत्येक पीडामा मलमपट्टि लगाउने जमर्काेसहित स्वास्थ्य अभियान लिएर जाने क्रममा भोगेका पीडाहरुलाई लायन्स क्लबले राहत दिने काम गरेको बताउनुभएको छ । जुन समस्याहरुसँग प्रत्यक्ष जोडिने जमर्काे गरियो, त्यसले मुलुकका कुनाकन्दराका पीडाहरु, समस्याहरुका बारेमा जान्ने अवसर पनि मिल्यो । नागरिक स्वास्थ्यको क्षेत्रमा कतिसम्म पिडादायी अवस्था सहेर बस्दा रहेछन् भन्ने प्रत्यक्ष भोगाई लिएर फर्किएको छु । यसबाट भोलिका दिनहरुमा वडाले खेल्नुपर्ने भूमिकाका लागि एउटा चोटिलो पाठ भएको छ । यि समस्याहरु समाधानका लागि वडा अध्यक्षको हैसियतमा कुनै पनि तह र तप्कासँग सम्झौता गर्न पछि पर्ने छैन । जसले समस्याको समाधान खोजोस् भन्ने चाहाना नै रहेको अध्यक्ष केसीको तर्क छ ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ का संस्थापक अध्यक्ष लायन रामकुमार बस्नेतको कथन थियो– स्वास्थ्यको क्षेत्रमा वडा नं. १२ ले खेलेको भूमिकाले जो कोहि मानवीय सेवा गर्नेहरुका लागि एक पटक सोच्न बाध्य बनायो र क्लबले आफ्नो तर्फबाट तत्काल लागि राहत स्वरुप यि बेडहरु उपलब्ध गराएको बताउनुभएको छ ।
त्यसैगरी ०२२–०२३ का अध्यक्ष डायमण्ड थापाको धारणा छ– आफूले जिम्मेवारी बहन गरेपश्चात्को पहिलो सामाजिक दायित्व अन्तर्गत पनौती नगरपालिकाको स्वास्थ्य शाखाका लागि आवश्यक महसुस गरेर यस किसिमका बेडहरु उपलब्ध गराउन पुगेको बताउनुभएको छ । यि बेडहरु अत्यन्तै सरल र सहज रुपमा जुनसुकै स्थानमा उपयोग गर्न सकिने भएकै कारण क्लबको तर्फबाट नगरपालिकालाई उपलब्ध गराउन पुगेको स्मरण गराउनुहुँदै जुन १ महिने अभियानमा वडा नं. १२ का स्वास्थ्यकर्मीहरुले जुन समस्या खेप्नुभयो, त्यसका लागि यि बेडले केही मात्रामा राहत पु¥याउने विश्वास लिएको बताउनुभएको छ ।लायन्स क्लबको तर्फबाट स्वास्थ्य र शिक्षाको क्षेत्रमा हुनसक्ने कुनै पनि सहयोगहरु गर्न आफूहरु पछि नपर्ने समेत अध्यक्ष थापाको दाबी थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले सम्बोधन गर्दै लायन्सले क्याम्प बेड उपलब्ध गराएर स्वास्थ्यको क्षेत्रमा पनौती नगरलाई अनुकरणीय गुण लगाएको चर्चा गर्नुहुँदै तत्काल अन्य क्षेत्रमा पनि सहयोगको आवश्यक रहेको जानकारी गराउनुहुँदै सम्भावना छ भने तत्कालै केही ह्विल चियरहरु उपलब्ध गराइदिन आग्रह समेत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0