काभ्रे । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप ४ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो ।
बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मृत्यु हुने मा समरिता तामाङ वर्ष २६ सुनापति ४, ठुला तमाङ बर्ष ६० सुनापति ५, ढुकुरे भन्ने खडक वि क सुनापति ५, कमला तामाङ रोशि गा.पा. काभ्रे, सुदिप गजमेर काभ्रे, विपना तामाङ बर्ष २२ सुनापति ५, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर बर्ष ३६ सुनापति ४ र अन्यको सनाखत हुन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |