मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
सेतो बाघ उपन्यासका लेखक डायमन शमशेर राणाले आफ्नो बुढ्यौली उमेरमा आएर पनि साहित्य लेखनबाट नै आफूलाई सन्तुष्टि मिलेको कुरा सगौरव बताउँछन् । सेनामा रहेर देशको सेवा पु¥याउँदै रहँदाको त्रासदीपूर्ण क्षणहरु, राजनीतिमा लागेबापत दण्ड सजाय भोग्दाका प्रसङ्गहरु उनी किंवदन्तीजस्तै सुनाउने गर्छन् । आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउने उनी देशमा प्रजातान्त्रिक वातावरण आएकोमा खुसी छन् । तर उनका भावनामा पनि प्रजातन्त्र बेथितिमा रम्न खोज्दा र नेताहरुले कुव्यवस्था सिर्जना गरिदिँदा चोट पु¥याइदिँदा रहेछन् । त्यसैले त सन्दर्भमा उनी लेख्ने गर्छन् – अहिले त त्याग, तपस्या, विद्वता, इमान्दारिताभन्दा पद, पैसा, चाकडी बेइमानी पो ठूलो ठानिन थालेको छ ।
राणा खलकमा जन्मेर पनि राणा शासनकै विरुद्धमा भएको आन्दोलनमा साथ दिएवापत पटक पटक जेल जीवन गुजारेका उनलाई २०१७ सालदेखि २०२३ सालसम्म पञ्चायती कालरात्रीमा बन्दी तुल्याएको थियो । ६ वर्षको जेल जीवनमा रहँदा नै उनले सेतो बाघ जस्तो ऐतिहासिक सिर्जना गरेका हुन् । यही सेतो बाघकै सिर्जनाबाट उनले छुट्टै पहिचान साहित्यिक क्षेत्रमा स्थापित भएको देखिन्छ । यस कृतिले उनको नाम मात्र स्थापित गरेन, जीवन गुजारा गर्नसमेत निकै सघाउ पु¥याइदियो । पहिलोचोटि साझा प्रकाशनबाट प्रकाशित उक्त उपन्यासको विक्री निस्फिक्री भयो । सिनेमाको टिकटझैं कालोबजारमा पुस्तक विक्री भयो, ग्राहकहरुको चाहनाबमोजिम पुस्तक पूर्ति साझा प्रकाशनले गर्न सकेन । पुस्तक विक्रीमा रेकर्ड राखेको उक्त पुस्तकको जिम्मा उनलाई नै फिर्ता दिइयो । यस पुस्तकको अनुवाद धेरै विदेशी भाषामा मात्र भएनन्, यस उपन्यासलाई चलचित्रमा रेखाङ्कन गर्न एक लाख चालिस हजार पेश्कीस्वरुप रुपियाँसमेत निर्देशक निर्माताहरुसँग लिएर उनले सम्झौता गरे । यसैले त उनी भन्छन् – साहित्य साधना गरेर पनि घर आँगनमा लक्ष्मी नचाउन सकिन्छ । मैले त लक्ष्मीलाई छमछम नचाए“ ।
वि.सं. १९७५ असार २१ गते पाल्पा ठूटे पिपल गाउँम पिता बुद्धशमशेर राणा र माता मोहनकुमारी राणाको कोखबाट जन्मेका डायमन शमशेर राणा हाल जीवनसंगिनी बालिका राणासँग मायाप्रिती साटासाट गरेर कोपुण्डोलस्थित आफ्नै निवासमा बसोबास गर्दै आएका छन् । १ छोरा र १ छोरीका पिता डायमन शमशेर राणाले औपचारिक शिक्षा प्राप्त गरेको नदेखिए तापनि सेनामा सेकेण्ड लेफ्टिनेन्टसम्म रहेर सेवा पु¥याएको देखिन्छ । राणाशासनमै कांग्रेससँग नजिक भएर राणा विरोधी आन्दोलनको नेतृत्व गरेर मृत्युदण्डसम्मको सजाय पाइसकेका उनलाई सेनाहरुले नै साथ दिएर जीवनदान पाएको भनिन्छ । सेनाहरुकै विद्रोहले जीवनदान प्राप्त गरेका उनी राणाशासनपछि मात्र श्री ५ त्रिभुवनले डाकेर पुनः सेनामा पछि भर्ति भएर नोकरी गरेको सन्दर्भ सुनाउने गर्छन् ।
फरासिलो स्वभावका धनी लेखक डायमन शमशेरले आफ्नो परिभाषामा साहित्यलाई यसरी अथ्र्याएका छन् – साहित्य सत्यम्, शिवम् र सुन्दरम् हो । नीलो रङ्ग मन परेको बताउने उनी नेवारहरुको खाना अति स्वादिष्ट रहेको बताउने गर्छन् । बूढो भएर पनि बूढोजस्तै नदेखिने डायमन शमशेर राणा आफ्नो अन्तिम उपन्यास सिध्याएर जाने धोको फुकाउने गर्छन् । शाही सेनामा दीर्घसेवा पु¥याएका राणाल आफूलाई मनपर्ने स्वदेशी साहित्यकारहरुमा देवकोटा, लेखनाथ र समका नाम उल्लेख गर्ने गर्छन् भने विदेशी लेखकहरुमा सेक्सपियर, शेली र किट्स हुन् भनी बताउँछन् ।
फ्रान्स, बेलायत, जर्मन, पोर्चुगल, बैंकक आदि ठाउँमा पटक पटक पुगिसकेका डायमन शमशेरले फ्रान्समा पुग्दा उनलाई स्वागत गर्दाको क्षणलाई कहिल्यै बिर्सन नसकिने क्षणका रुपमा स्वीकार्ने गर्छन् । युरोपमा लेखकहरुप्रति हुने सम्मान र त्यहाँका मान्छेहरुले लेखक भएकै कारणले उनलाई दिएको सत्कारबाट उनी धेरै प्रभावित छन् । फ्रान्समा त उनलाई त्यतै घर किनेर बसिदिन अनुरोध गरेका रहेछन् । घर किन्नलाई उनकै उपन्यासबाट आउने लेखकत्वबाट प्राप्त हुने रकमले पुग्छ भनी उनलाई हौसल्याएको कुरा उनी गौरवसाथ बताउने गर्छन् ।
भारती खरेल पुरस्कार, हाउस अफ राजकर्णिकार लगायत प्रतिभा समूह बानेश्वरबाट सम्मानित भइसकेका उपन्यासकार डायमन शमशेरका प्रकाशित उपन्यासहरुमा वसन्ती, सेतो बाघ, प्रतिबद्ध, सत्प्रयास, अनिता र धनको धब्बा छन् । इतिहासलाई आधार बनाई लेखिएको उनका उपन्यासहरुमा स्वाभाविक विषयवस्तु चयन भएको जस्तो प्रतीत हुन्छ । त्यसैले त उनका उपन्यासहरु धेरैले रुचाएका पनि छन् । वि.संं २००६ सालमा नै वसन्ती उपन्यास लेखेर राणा शासनको कोप खपिसकेका डायमन शमशेरले हालसम्म पनि आँखा कमजोर रहँदारहँदै पनि उपन्यास लेख्न कम्मर कसेर लागिरहेका छन् । समाज भडुवा कपुत राणाको विशेषता पाएका उनले राणाविरोधी अभियानमा सक्दो सहयोग र क्रियाकलाप पु¥याएको देखिन्छ ।
उपन्यासकार डायमन शमशेर राणाको दृष्टिमा यस देशमा साहित्यकारहरुप्रति उचित व्यवहार र सम्मान भएको छैन । त्यसैले त उनी असन्तोष व्यक्त गर्छन् । साहित्यलाई असाहित्यले कुल्चिराखेको छ । यस स्थितिबाट देशलाई मुक्त नराखेसम्म देशको प्रगति सम्भव छैन उनी गुनासो पोख्ने गर्छन् । साहित्यको उन्नति भएपछि देशको उन्तति स्वतः भएको मानिन्छ । किनभने साहित्यकारहरुकै अभिव्यक्तिबाट नै राष्ट्रको प्रगतिको ढोका खुल्छ उनी भन्न रुचाउँछन् – साहित्य भनेको स्वच्छ ह्दयको एउटा जीवन्त अभिव्यक्ति हो । ह्दयको अभिव्यक्तिलाई नै उत्कृष्ट साहित्य मान्दछु । उनी साहित्यप्रतिको आफ्नो दृष्टि पोख्छन् ।
राजनीतिबाट प्रभावित हुँदै लेखक हुन पुगेका उनले जनजीवनबाट नै साहित्य लेख्न सुरु गरेको हो । लघुकथाबाट साहित्य लेखन सुरु गरेका डायमन शमशेर राणाको कथा वि.सं. १९९८ सालतिर शारदा साहित्यिक पत्रिकामा पहिलोचोटि प्रकाशित भएको थियो । राष्ट्रिय रुपमा सरकारका तर्फबाट आफ्नो सम्मान नभएकोमा उनी गुनासो पोख्ने गर्दैनन् । जनताबाट ठूलो सम्मान प्राप्त भएको छ, उनी आफ्ना पुस्तकहरु विक्री भएकोमा खुसी व्यक्त गर्छन् । अन्तर्राष्ट्रियस्तरमा पनि उनको उपन्यासले बजार लिएकोमा उनी खुसी व्यक्त गर्छन् ।
प्रजातान्त्रिक व्यवस्थामा साहित्यकारहरुलाई ओझेलमा राख्न खोज्दा देशको प्रगति होइन दुर्गति बढ्छ । प्रजातान्त्रिक राष्ट्रका लागि साहित्यको महत्व ज्यादै हुन्छ । साहित्य र राजनीतिको सम्बनधले नै देशलाई उ“भो गतिमा पु¥याउ“छ । यस्तै खालको भावना राख्दै साहित्य सिर्जनामा लागिपरेका उनले आफ्नो राजनीति संलग्नत सम्बन्धमा यस्तो विचार राखे – म अहिले कुनै पार्टी विशेषमा संलग्न छैन तर म प्रजातान्त्रिक संसदीय व्यवस्थामा आस्था राख्छु । साहित्यको मूल जरो प्रजातन्त्र हो र प्रजातन्त्रको मूल आधार साहित्य हो ।
ललितपुर कांग्रेसको अध्यक्षसमेत भइसकेका राणाले राजनीतिमा लागेर थुप्रै धनसम्पत्ति स्वाहा पारे र २०१७ सालको दमन काण्डमा पक्राउ परी नख्खु जेल मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मदनमणि दीक्षितसँग ६ वर्ष जेलजीवन बिताए । जेलबाट छुटेपछि साहित्य साधना र प्रकाशनमा सक्रियता देखाउँदै आएका उनले सबैजसो ऐतिहासिक उपन्यासहरुमा आदर्श राज्य व्यवस्थाको परिकल्पना गरेर बहुदल व्यवस्थाकै लागि विचार सम्प्रेषण गर्न खोजेका छन् । राजनीतिक सन्देश दिन सिपालु उपन्यासकार राणाले राजनीतिक व्यवस्थालाई राम्रो पार्नका निम्ति साहित्यलाई अँगाल्न पुगेको कुरा सुनाउने गर्छन् र उनी यसरी लेख्ने गर्छन् – राजनीति गर्नका लागि मैले साहित्य लेख्नुप¥यो । रोचक साहित्य बनाएपछि सबैले पढ्लान् । त्यहा“बाट तिनीहरुको दृष्टि एकतन्त्री शासनको खराबीकै पक्षमा जाला भनेर मैले साहित्य त्यहा“ हाल्न परेको हो । इतिहासमात्र भनेको खण्डमा रोचक हु“दैन भनेर मैले साहित्यलाई अंगालेको हु“ । यही भनाइलाई आधार बनाएर उनले ऐतिहासिक उपन्यास लेखे ।
सेनामा छँदाछँदै बनारसमा पुस्तक छाप्न जाँदा मिलीटरी क्याम्पमा आफ्नो परिचयमा लेखक लेख्दा बास बस्न नपाएका मेजर साहित्यकार डायमन शमशेर राणा हाल आफूलाई लेखक भन्न पाउँदा गौरव गर्छन् । प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा उनले लेखक कलाकारहरुकै संस्था जस्तो हुनुपर्छ, लेखकहरुबाट नै कुलपति, सह कुलपतिको चयन हुनुपर्छ भन्ने आफ्ना भावना नलुकाइकन भन्ने गर्छन् ।
लेखक हुन भनेको चानचुने कुरा हुनु होइन, लेखकमा लगनशीलता, इमान्दारीता नभई हु“दैन । अध्ययन जति आवश्यक छ, अध्ययन भएन भने खोक्रो होइन्छ । विश्व साहित्यकै अध्ययन जरुरी छ । उनले आफ्नो भनाई यसरी राख्ने गर्छन् । राणाकालमा लेख्नु भनेका आगोमा त्यसै त्यसै होम्नुजस्तै हो । उनले राणाहरुकै बारेमा उपन्यासहरु लेखे । सेनाकै जवान भएर पनि साहित्यमा आफ्नो सम्बन्ध देखाई निरन्तर लेखनमा लाग्न खोज्नु कम महत्वपूर्ण कुरा थिएन । सेनामा सेवारत हुँदाहुँदै प्रजातान्त्रिक आन्दोलनमा सहभागित जनाउनु उनको उल्लेखयोग्य कार्यहरुमध्ये अति महत्वपूर्ण कार्य हुन गएको देखिन्छ । लागेको कुरा स्पष्ट भनिहाल्ने, मन परेको कार्य चटक्कै गरिहाल्ने उनको स्वभावले गर्दा नै राजनीतिमा पनि उनले आफ्नो कार्यक्षमता र समर्पण देखाइदिएका छन् ।
वसन्ती उपन्यासले उजिल्याई दिएको उनको साहित्यिक व्यक्तित्वलाई सेतो बाघ उपन्यासले चुलीमा पु¥याइदिएको देखिन्छ । धनको धब्बा सबभन्दा पछिल्लो प्रकाशनमा आएको उनलाई मनपरेको उपन्यास भएतापनि पाठकहरुले त्यति मन पराएर चर्चामा ल्याइदिएनन् । अर्थात् त्यति विक्रीमा पनि गएनन् । लेखकीय धर्म बोकेका तर राणाखलकमा जन्मेका डायमन शमशेर राणालाई आफ्नो उपन्यास वसन्तीमार्फत् राणाशासकहरुको विरोधमा लेखेबापत राणाशासकहरुबाट अलग्याइदियो । त्यही उपन्यासकै कारणबाट उनको सम्पर्क राणाविरोधीहरुसँग नजिक पर्न गयो र पछि राणाविरोधी बैठक, सभा समारोहमा लाग्दालाग्दै उनको नेतृत्वमा राणाविरोधी आन्दोलन सञ्चालन भयो । सैनिक सेवामा रहँदारहँदै उनले गरेको यस्तो राजनीतिक क्रियाकलाप देखेर त्यसबेला उनीसँग सबै छक्क पर्ने गर्छन् ।
मोहन शमशेर होशियार, त्रिभुवनलाई फिर्ता गर, यस्तो खालको नारा लगाउँदै इन्द्रचोकबाट बढ्न खोज्दाखोज्दै उनलाई गिरफ्तार गरेर सिंहदरबार पु¥याइयो । अनि तत्कालै कोर्टमार्शलको सजाय सुनाएर उनलाई थुनियो । यस खालको सजायले सेनामा हल्लीखल्ली मचाइदियो । थुप्रै सेनाका जवानहरुले अन्याय भयो भनी राजीनामा दिए, जसले गर्दा उनलाई तत्काल झुण्ड्याउन सकेनन् । पछि २००७ सालको क्रान्ति सफल भएपछि उनलाई श्री ५ त्रिभुवनबाट बडाहाकिममा नियुक्त गरे ।
८३ वर्षको उमेरमा पनि आँखामा, मनमा र तनमा शक्ति बोकेर जीवन क्रमहरु गुजार्दै रहेका उपन्यासकार डायमन शमशेरले प्रजातन्त्रलाई जोगाउनुपर्छ र प्रयोग गर्न सिक्नुपर्छ भन्न गर्छन् । प्रजातान्त्रिक संसदीय व्यवस्थाबाट नै मान्छेको मुक्ति सम्भव छ । त्यसैले यस खालको व्यवस्थालाई टेकाउनका लागि कम्मर कसेर सबैले साथ दिनुपछ भनी उनी भन्छन् । प्रजातन्त्रवादी आफूलाई भन्न पाउँदा ज्यादै गौरव गर्नुहुने डायमन शमशेरले प्रजातन्त्र प्राप्तिपछि पनि साहित्यको विकास नभएको देशको थिति हेरेर विस्मात व्यक्त गर्ने गर्छन् । प्रजातान्त्रिक व्यवस्थामा साहित्यको विकास निर्विवाद हुनुपर्छ किन यसतर्फ सोचाइ भइरहेको छैन, उनी आश्चर्य प्रकट गर्छन् । सरकारका तर्फबाट साहित्यको विकासमा केही लगानी किन भइरहेको छैन उनी आश्चर्य प्रकट गर्छन् । २०४६ सालको जनआन्दोलनपश्चात प्राप्त सरकारबाट पनि साहित्यको विकासमा ठोस योगदान नपु¥याइरहेकोमा उनी छक्क पर्छन् । प्रजातन्त्र सबैको योगदान र समर्पणबाट प्राप्त भएको सम्पूर्ण जनताको राज्य व्यवस्था हो । डायमन शमशेर राणाहरुजस्ता थुपै्र साहित्यकार, बुद्धिजीवीलगायत कलाकारहरुसमेतको श्रम, रगतले ल्याइपु¥याएको प्रजातान्त्रिक व्यवस्थामा किन विवेक पु¥याइरहेको छैन, यसरी उनी आफ्नो प्रश्न राख्छन् – सत्तामा पुग्नेले साहित्यमा राम्रो विवेक पु¥याइरहेको छैन । साहित्य उत्थानका निम्ति दान पुरस्कारसमेत आफ्ना वरिपरि रहने चाकडी, खुशामद गर्नेहरुलाई थमाएर सम्मान दुरुपयोग गरिरहेका छन् । देशले खास कवि, साहित्यकार, चित्रकारलाई चिन्न सकेनन् । जनताले योगदान गरेको कुरामा पनि धा“धली हुने गरेका छन् । राजनीतिक पार्टी र सरकारी नेताहरुले साहित्यमा देखाइरहेको उपेक्षाभावले के त देशको प्रजातान्त्रिक अर्थ र गौरवमा खिया पार्दैन र ? डायमन शमशेरहरु उपेक्षाभावले प्रश्नहरु गरिरहन्छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |